Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

मानहानीको अभियोगमा सांसदलाई डेढ वर्षको जेल सजाय

\"Jail-Conviction\"न्होमपेन, ३ मङ्सिर । प्रधानमन्त्रीको मानहानी गरेको अभियोगमा कम्बोडियाका एकजना महिला सांसद (सिनेटर) लाई स्थानीय अदालतले १८ महिना कारावासको सजाय सुनाएको छ । प्रधानमन्त्री हुन सेनले महिला सिनेटर थाक लेनीविरुद्ध न्होमपेन अदालतमा गतः अगस्ट महिनामा दायर गरेको मानहानी मुद्दामा बिहीबार सो अदालतले फैसला सुनाउँदै १८ महिना कारावासको सजाय तोकेको हो । गत जुलाई महिनामा, हुन सेन सरकारका प्रखर आलोचक राजनीतिक नेता किम लेको राजधानी न्होमपेनमा दिन दहाडै हत्या भएको थियो । प्रधानमन्त्री हुन सेनलाई यस हत्या काण्डमा मुछ्दै सिनेटर थाक लेनीले ठाउँठाउँमा सार्वजनिक अभिव्यक्ति दिएकी थिइन् । यिनै अभिव्यक्तिका भिडियो क्लिपलाई प्रमाण बनाई प्रधानमन्त्री हुन सेनले सिनेटर लेनी विरुद्ध अदालतमा मानहानी मुद्दा दायर गरेका थिए । आफूविरुद्ध अदालतमा मुद्दा दर्ता भएको केही दिनमै सिनेटर लेनी बेपत्ता भएकीले उनी देश छाडी फरार भइन् भन्ने हल्ला चलेको थियो । हाल अदालतले “पक्राउ परे पछि थुनामा राख्ने” फैसला गरी प्रतिबादीको उपस्थितिबिना नै मुद्दाको टुङ्गो लगाइ दिएको छ । यता, किमले हत्या काण्डमा एकजना भूतपूर्व सैनिकलाई कम्बोडियाली प्रहरीले गिरफ्तार गरी अभियोग लगाएको छ । यसबारे थप विवरण र प्रतिक्रिया लिन खोज्दा आफ्नो अनुसन्धानका सम्बन्धमा कम्बोडियाली प्रहरीले एकदमै मौन बस्दै कुनै पनि सूचना दिन नमानेको जनाइन्छ । कम्बोडियामा विगत ३१ वर्षदेखि प्रधानमन्त्री हुन सेनको सरकारले लगातार राज्य गर्दै आइरहेको छ । सन् २०१८ मा कम्बोडियामा आम निर्वाचन हुन गइरहेको छ । निर्वाचन हुनुअघि प्रधानमन्त्री हुन सेनले आफ्ना आलोचक, विपक्षी र प्रतिद्वन्द्वीहरूलाई तह लगाउन युद्धस्तरमा, ठूलो परिमाणमा विभिन्न उपाय अवलम्बन गर्दैछन् भन्ने आरोप लाग्दै आएको छ । सर्वशक्तिमान प्रधानमन्त्रीले आफ्ना आलोचक, विपक्षी तथा प्रतिद्वन्द्वीहरूलाई कानूनी मार्गबाट एक÷एक जना गर्दै सहज ढङगबाट तह लगाउन मिल्ने गरी पहिलेदेखि नै न्यायिक संरचना तयार पारिसकेकाले सिनेटर थाक लेनी विरुद्धको सजायलाई राजनीतिक ब्यक्तित्वसँग बदला लिने पहिलो कदम भनी कम्बोडियाका मानव अधिकारकर्मीहरूले टिप्पणी गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending