Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

अख्तियार आयुक्तको दबाबमा डिन नियुक्त

विराटनगर, ३ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकको ठाडो आदेशमा शुभनारायण पाठकलाई पूर्वाञ्चल विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायको डिन बनाइएको पाइएको छ । कात्तिक १९ गते चारवर्षीय कार्यकाल पुरा गरेका पाठकले त्यसै दिन पुनः चार वर्षका लागि डिनमा नियुक्ति पाएका हुन् । उनी आयुक्त पाठकका सहोदर भाइ हुन् । आजको कान्तिपुरमा खबर छ– विश्वविद्यालय स्रोतका अनुसार आयुक्तले उपकुलपति घनश्यामलाल दासलाई फोन गरेर सुभनारायणलाई डिन बनाउन दबाब दिएका थिए । गत वैशाखमा कला, कानुन र शिक्षा संकायका डिन शम्भु कोइरालालाई पुनः डिनमा नियुक्ति गर्न पनि पाठकले उपकुलपतिलाई दबाब दिएका थिए । स्रोतका अनुसार आयुक्त पाठक, उपकुलपति दास, डिन पाठक, सहडिन राजेश झा र अर्का डिन कोइरालावीच आ–आफनो अनुकुल पदाधिकारी नियुक्त गर्ने मौखिक सहमति थियो । वैशाखमा शिक्षा संकायमा कोइरालालाई पुनः डिन नियुक्त गर्दा पाठकलाई कात्तिकमा विज्ञान संकाय र सहडिन झालाई मंसिर अन्तिममा खाली हुने रजिस्ट्रार पदमा नियुक्त गर्ने सहमति थियो । त्यही सहमतिअनुसार झा अहिले आफूलाई भावि रजिस्ट्रारका रूपमा प्रस्तुत गरिरहेका छन् । उपकुलपति दासले भने पाठकलाई उनकै दक्षताका आधारमा पुनस् डिन बनाइएको दाबी गरे । ‘अख्तियार आयुक्तसँग डिन पाठकको नातागोता पर्ला, बेग्लै पाटो हो,’ उनले भने, ‘कसैको दबाबमा नपरी उनकै दक्षता र कामको मूल्यांकनका आधारमा नियुक्ती दिएको हुँ ।’ उनले शिक्षा संकायको डिन नियुक्त गर्दा सूर्य संग्रौलाको नाम आएको स्विकार्दै पुरानै डिन कोइरालालाई पुनः नियुक्ती दिएको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending