Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

खुसी ‘खुशी’ मै, ‘शहीद’ बच्यो

\"pragya-750\"काठमाडौं, ३ मंसिर । नेपाल प्रज्ञाप्रतिष्ठानले नेपाली बृहत् शब्दकोश (२०७२)का वर्णविन्याससम्बन्धी गल्ती कमजोरीलाई सच्याउने निर्णय गरेको छ । यो निर्णयसँगै लामो समयदेखि जारी नेपाली वर्णविन्यासको विवाद अन्त्य हुने भएको छ । आजको राजधानी दैनिकमा खबर छ– प्रतिष्ठानको ३० कात्तिकमा बसेको प्राज्ञसभाले सर्वसम्मत रूपमा शब्दकोशको नवौं संस्करणमा भएका गल्ती÷कमजोरी सच्याउने निर्णय गरेको हो । पछिल्लो समय प्रज्ञाप्रतिष्ठान र केही व्यक्तिबाट नेपाली भाषामा भाँडभैलो भएको, केही सीमित व्यक्तिको लहडमा प्रचलित भाषा/वर्णविन्यासमा विचलन गराइएको एवं समग्र नेपाली भाषिक सभ्यतामाथि प्रहार गरिएको आरोप लाग्दै आएको थियो । नेपाली भाषा बचाउने अभियान र आन्दोलन चर्किएपछि प्रतिष्ठान गल्ती सच्याउने निर्णयमा पुगेको हो । शिक्षा मन्त्रालयले २०६९ सालमा मन्त्रीस्तरीय निर्णयमार्फत नेपाली वर्णविन्यासका नियम परिवर्तन गर्ने निर्णय गरेपछि सोका आधारमा प्रतिष्ठानले परिवर्तित नियमअनुसार शब्दकोश प्रकाशन गरेको थियो । नयाँ नियमअनुसार प्रकाशित सो शब्दकोशअनुसार विद्यालय र उच्चमाविका पाठ्यपुस्तकसमेत लागू भइसकेका छन् । प्रतिष्ठानले शब्दकोशमा गरिएको वर्णविन्यास परिवर्तनलाई सच्याए पनि शिक्षा मन्त्रालयले गरेको निर्णय र विद्यालय तथा उच्चमाविका पाठ्यपुस्तकमा गरिएको परिवर्तनलाई भने सच्याउन बाँकी नै छ । नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती आफ्नै संयोजकत्वमा गठन हुने पाँच सदस्यीय समितिले केही समयभित्रै नेपाली बृहत् शब्दकोश (२०७२) संशोधन गरी पुनर्मुद्रण गरिने बताउँछन् । ‘यो झट्ट भइहाल्ने काम होइन,’ उप्रेती भन्छन्, ‘केही समय अवश्य लाग्छ, तर सकेसम्म छिटो यो काम सम्पन्न गर्नेछौं ।’ उनले नवौं संस्करणको अनलाइन तुरुन्त बन्द गरी यथाशीघ्र संशोधित शब्दकोश अनलाइन संस्करणचाहिँ राख्न सकिने बताए । सच्याइएको नियमअनुसार अब ‘खुशी’, ‘शहीद’जस्ता आगन्तुक शब्दलाई प्रयोक्ताले ‘खुशी’ खुसी’, ‘शहीद’ ‘सहिद’ दुवै रूपमा प्रयोग गर्न सक्नेछन् । यस्ता शब्दका दुवै रूप नयाँ संशोधित शब्दकोशमा रहनेछन् । अथवा यसो भनौं, ‘खुसी खुशी मै, शहीद बच्यो ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending