Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

सालझण्डी– सन्धिखर्क ढोरपाटन सडकको काम अलपत्र

अर्घाखाँची, २ मंसिर । सालझण्डी–सन्धिखर्क ढोरपाटन सडकको ट्रयाक खोल्ने विषयमा भएको विरोधको समाधान गर्न सबै एकजुट हुनुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । रिपोर्टर्स क्लव नेपाल अर्घाखाँचीले सन्धिखर्कमा गरेको साक्षात्कारमा उनीहरुले सालझण्डीदेखि ढोरपाटन सम्मका सबै ठाउँमा सडकको ट्रयाक खोल्ने काम सम्पन्न भएपनि सन्धिखर्कको चुत्रावेशी करिव एक किलोमिटर सडकको ट्रयाक खोल्ने विषयमा विवाद गरेर सडकको कामलाई अलपत्र राख्न नहुने बताए । स्थानीयले चुत्रावेशी बजारबाट सडक लैजाँदा आफूहरुको उठीबास लाग्ने भन्दै पाँच वर्ष देखि बिरोध जनाइरहेका छन् । चुत्रावेशीको मोटररेवल पुल सम्म आएको सडक त्यस ठाउँबाट रुव्दी जोड्नका लागि स्थानीयको अबरोध रहँदै आएको छ । नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझी भौतिक योजना तथा निर्माण मन्त्री हुँदा उनले सडकको निर्माण कार्य सुरु गरेका थिए । साक्षात्कारमा नेता नेता रायमाझीले यो सडकले भविश्यमा ठूलो संभावना बोकेको भन्दै सबै मिलेर सडकको ट्रयाक खोलिनुपर्ने बताए । लुम्बिनी आएका पर्यटक अर्घाखाँची हुँदै वाग्लुङ्गको ढोरपाटन सम्म पुग्ने भन्दै उनले त्यसबाट जिल्लाले धेरै लाभ लिने विश्वास व्यक्त गरे । रायमाझीले सडकको ट्रयाक खोल्ने विषयमा बिवाद सिर्जना गराएर केहि व्यक्तिहरुले राजनीति गर्न खोजेको अरोप लगाए । ‘जस्को क्षति हुने हो उसले बिरोध गर्नु जायस हो’ उनले भने, ‘अन्य व्यक्तिहरुले धेरै चाँसो दिनु ठिक भएन ।’ उनले चुत्रावेशीबाट सडक लैजाँदा प्राविधिक दृष्टिले उत्तम हुने भन्दै सडकलाई चुत्रावेशी बजारबाटै लैजानुपर्नेमा जोड दिए । नेता रायमाझीले चुत्रावेशी बजारबाट सडक लैजाँदा क्याविनेटबाट १२ मिटर सडक कायम गर्ने सहमति गराउने भन्दै धेरै क्षति नहुने विषयमा निश्चिन्त हुन स्थानीयलाई आग्रह गरे । संघर्ष समितिका अध्यक्ष रामहरि भुसालले चुत्रावेशीबाट सडक लैजाँदा धेरै ठूलो क्षति हुने बताउँदै विकल्प खोज्नु पर्ने बताए । चुत्रावेशीबाट सडक निर्माण गर्ने प्रस्ताव गरिएको क्षेत्रमा पनि थुप्रै घरहरु सार्वजनिक जग्गामा निर्माण भएका छन् । विगत द्वन्द्वकालमा माओवादी आक्रमणमा नापी कार्यलयमा रहेका नक्सा र फिल्डवुक जलेपछि त्यसको मौका छोपेर सार्वजनिक जग्गा अतिक्रमण गरि घर निर्माण गर्नेको होडबाजी चलेको हो । विगत चार वर्ष देखि जिल्लामा विशेष नापी कार्यालयको स्थापना गरि पुर्ननापी गर्ने काम भइरहेको छ । विशेष नापीले सन्धिखर्क बजारमा डिजिटल प्रविधिबाट जग्गाको पुर्ननापजाँच गर्ने काम गरिरहेको छ । उक्त कार्यक्रममा विशेष नापी कार्यालयका प्रमुख मोहम्मद साविर हुसैनले सडकका लागि प्रस्ताव गरिएको क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरि बनाइएका घरहरु नक्सा मार्फत देखाएका थिए । ०४२ सालको नापीलाई आधार बनाएर उनले नक्सा देखाएको बताए । बार ऐसोसियसनका अध्यक्ष केवि भुसालले ०४२ सालको नापीलाई आधार बनाएर जग्गा छुट्टाएमा स्वीकार नगरिने बताए । अधिवक्ता जगन्नाथ भुसालले कम क्षति हुने किसिमले सडकलाई सन्धिखर्क क्षेत्रबाटै लैजानु पर्ने सुझाव दिए । सालझण्डी सन्धिखर्क ढोरपाटन सडक आयोजनाका प्रमुख सुरेस पौडेलले प्राविधिक दृष्टिले चुत्रावेशीबाट ट्रयाक खोल्न उपयुक्त भएपनि स्थानीयको बिरोधका कारण सडकको ट्रयाक खोल्न नसकिएको बताए । ‘राजनीतिक क्षेत्रबाट प्रयाप्त सहजीकरण हुन नसक्दा सडकको ट्रयाक खोल्न सकिएको छैन उनले भने, कार्यालय एक्लैले चाहेर मात्र ट्रयाक खोल्न संभव हुँदैन ।’ पौडेलले राजनीतिक दलहरुको साथ र सहयोग रहे कार्यालयको कुनै कमीकमजोरी हुन नदिने प्रतिवद्धता जनाए । प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटवालले सडकको ट्रयाक खोल्ने विषयमा छिट्टै उचित निकास दिने बताए । उनले सबै पक्षको सहयोग लिएर सडकको ट्रयाक खोल्ने काम गर्ने बताए । प्रजिअ कटवालले स्थानीयलाई धेरै मर्का हुने कामबाट बचाउन आफूले पहल गर्ने बताए । उनले सार्वजनिक जग्गा अतिक्रमण गर्नेलाई कानून बमोजिम कारवाही गरिने बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending