Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

अन्तर्राष्ट्रिय युवा सम्मेलनमा सहभागी हुन नेपाली टोली ढाका प्रस्थान

\"yuva-750\"काठमाडौं, २ मंसिर ।  ‘दिगो युवा विकासका लागि दक्ष युवाशक्ति’ भन्ने नाराका साथ बंगलादेशको राजधानी ढाकामा सम्पन्न हुन लागेको अन्तर्राष्ट्रिय युवा सम्मेलनमा सहभागी हुन १४ सदस्यीय टोली बिहिबार ढाका प्रस्थान गरेको छ । बिहिबारदेखि ३ दिनसम्म जारी रहने सम्मेलनमा सहभागी हुने नेपाली टोलीलाई काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमका बीच राष्ट्रिय युवा परिषदका केन्द्रीय उपाध्यक्ष माधव ढुंगेलले विदाई गरेका थिए । सम्मेलनमा सहभागी हुनका लागि सुवास मल्लको नेतृत्वमा गोविन्द गिरी, शकुन्तला शर्मा, विश्वदर्शन पराजुली, अमृत सुवेदी, दुर्गाराज पाण्डे र प्रभा भुजेलले सहभागिता जनाउनेछन् । त्यसै गरी उक्त सम्मेलनमा सुजन पौडेल, भानु पौडेल, रमेश सिंह, रविन्द्रराज पौडेल, दीपक तिवारी, धर्मदत्त पौडेल र पोमलाल गिरी पनि सहभागी हुने आयोजकहरुले जनाएका छन् । विदाई कार्यक्रममा बोल्दै ढुंगेलले सगरमाथा र गौैतम बुद्धको भरमा मात्र नेपालको गौरव जोडिने अवस्थाको अन्त्य युवाहरुले मात्र गर्न सक्नेमा जोड दिए । नेशनल एकेडेमी अफ मेडिकल साइन्सेस (न्याम्स) कलेज, काठमाडौंमा आयोजित कार्यक्रममा उनले अगाडी भने,“उर्जा र कृषि मार्फत देशको विकास गर्न सके सस्तो श्रम बेचेर गुजारा गर्ने युगको अन्त्य हुन्छ ।” त्यसै गरी सम्मेलनमा सहभागी नेपाली टोलीका प्रमुख सुवास मल्लले सम्मेलनमार्फत नेपाल जस्ता अल्पविकशित देशका युवाहरुको साझा समस्याहरुमा छलफल गरी समाधानको बाटो खोज्ने बताए । उक्त अवसरमा नेपालजस्ता अल्पविकशित तथा विकाशशिल देशहरुमा व्याप्त युवा रोजगारीको समस्या, समाधान तथा विदेश पलायनका विविध आयामहरुको बारेमा छलफल हुनेछ । कार्यक्रमका विभिन्न सत्रहरुमा बेरोजगारी, युवा नेतृत्व विकास, युवा सशक्तिकरण, स्वयंसेवा तथा दक्ष रोजगारी लगायतका विषयहरुमा छलफल गरिने छ । तीन दिन सम्म चल्ने उक्त सम्मेलनमा नेपालसहित १५ बढी राष्ट्रका करिब ५०० युवा प्रतिनिधीहरुले भाग लिने छन् । बंगलादेशका विभिन्न संस्थाहरु स्टेप अप फाउण्डेसन, लाइफ एण्ड स्किल डेभलोप्मेण्ट क्लब, होप’८७ तथा न्युजिल्याण्डका संस्थाहरु बाज्डा र लाइफ स्किल कोचिङ्गको संयुक्त आयोजनामा हुन लागेको उक्त कार्यक्रममा नेपाली टोलीको व्यवस्थापन पोखराको गुरुचेला एजुकेशनले गरेको हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending