Khabar Dabali १ बैशाख २०८३ मंगलवार | 14th April, 2026 Tue

चेपुवामा पर्दै एमाले, सरकारको दुई तिहाई पुग्दै

\"uml-cc-meeting-750\"काठमाडौं, २ मंसिर । संविधान संशोधनका विषयमा बालहठ राख्दै आएको एमाले राप्रपाहरुबिचको एकता र सरकारमा सहभागीता सँगै चेपुवामा पर्न थालेको छ । मधेसी मोर्चाको संविधान संशोधन नगरी चुनावमा नजाने अडान र संशोधन गर्नै नहुने प्रतिपक्षी एमालेको अडानले संकटमा परिरहेको प्रचण्ड सरकारलाई समेत राप्रपाको एकताले राहत दिएको छ । संसदको हाल कायम संख्या ५९५ मध्य ३६३ मतसहितको प्रचण्ड सरकारका पक्षमा ३६६ मत यसअघि नै थियो । उतिबेला सरकारको विपक्षमा मतदान गरेको कमल थापा नेतृत्वको राप्रपा नेपालको २५ मत एकतासँगै सरकारलाई थपिदा सरकारसँग ३९१ मत हुन जान्छ । दुईतिहाई मतका लागी सरकारसँग अपुग ५ मत मात्रै हो । १/१ सिट भएका साना दूई दल अझै अनिर्णित अवस्थामा छन् भने संविधान संशोधनमार्फत जायज मागहरु सम्बोधन गर्न सरकारले मेहेनत गर्ने भने ५ मत थप्न सरकारलाई कुनै अप्ठ्यारो नपर्ने सत्तापक्षीय नेताहरु बताउँछन् । तर प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पूष्पकमल दाहाल प्रचण्ड नै एमाले सहितको सहमतिमा संशोधन गर्ने प्रयत्नमा छन् । माओवादी केन्द्रका एक नेताले भने –पहिला मधेस असहमत अहिले एमाले असहमत भएर संविधान कार्यान्वयन हुँदैन । उनका अनुसार दुईतिहाईको बाटो रोज्ने अन्तिम अवस्थामा हो । जे भए पनि राप्रपाबिचको एकता र सरकारमा सहभागी हुने अवस्थाले प्रतिपक्षी एमाले भने चेपुवामा परेको छ ।   सरकारपक्ष नेपाली कांग्रेस–२०७ नेकपा माओवादी केन्द्र–८१ (राप्रपा–राप्रपा नेपाल)–३७ संघीय समाजवादी फोरम नेपाल–१५ मधेशी जनाधिकार फोरम लोकतान्त्रिक–१४ तमलोपा–११ सद्भावना–५ तमसपा–३ रामसपा–३ मधेशी जनाधिकार फोरम गणतान्त्रिक–१ संघीय सद्भावना–१ थरुहट तराई पार्टी–२ नेपा पार्टी–१ नेकपा संयुक्त–३ अखण्ड नेपाल–१ खम्बुवान नेपाल–१ जनजागरण पार्टी–१ समाजवादी जनता दल–१ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च–१ दलित जनजाति पार्टी(लोकतान्त्रिक)–१ एक स्वतन्त्र–१ जम्माः ३९१ प्रतिपक्ष नेकपा एमाले–१८२ नेकपा माले–५ नेमकिपा–४ राष्ट्रिय जनमोर्चा–३ राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिक–२ नेपाल परिवार दल–२ मधेश समाता पार्टी नेपाल–१ जम्माः १९९
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending