Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

कृषि र भेटेरिनरी पढ्दा गाउँमै राेजगारी

चितवन, १ मङ्सिर । खाद्य उत्पादनको महत्व बढ्दै जाँदा कृषि र भेटेरिनरी विज्ञान अध्ययन गर्न चाहने विद्यार्थीको सङ्ख्या बढ्दै गएको छ । स्वदेश तथा विदेशमा सहज रोजगारीको अवसरसँगै व्यवसायसमेत गर्न सहज हुने भएपछि कृषि र भेटेरिनरी शिक्षामा विद्यार्थीको आकर्षण बढेको हो । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको कृषि सङ्कायको स्नातक तहमा तीन हजार नौ सय चारजनाले प्रवेश परीक्षा दिएका थिए । सङ्कायका सहायक डिन विष्णु ओझाका अनुसार सो सङ्कायमा रामपुरमा एक सय ६५ र कास्कीको पुरनचौरमा ५० जनाले मात्र अध्ययन गर्न पाउने छन् । गत वर्ष कृषि सङ्कायमा तीन हजार जनाले प्रवेश परीक्षा दिएका थिए । बर्सेनि कृषि पढ्न चाहनेको सङ्ख्या बढ्दो छ । त्यस्तै भेटेरिनरी र मत्स्य विज्ञानमा दुई हजार दुई सय ३५ जनाले आवेदन दिएकामा एक हजार सात सय ४७ जनाले प्रवेश परीक्षा दिएका छन् । जसमध्ये ५० ले भेटेरिनरीमा र १६ जनाले मत्स्य विज्ञानमा अध्ययन गर्न पाउने छन् । गत वर्ष ती दुवैमा एक हजार दुई सय ५० जनाले आवेदन दिएकामा एक हजार एक सय ८५ जनाले प्रबेश परीक्षा दिएका थिए । सो सङ्कायकी डिन डा शारदा थपलिया कृषि शिक्षाको महत्व बढ्दै जाँदा अध्ययनका लागि विद्यार्थीको चाप थपिँदै गएको बताउनुहुन्छ । विज्ञान विषयमा दश जोड दुई उत्तीर्ण गरी राम्रो अङ्क ल्याएका अधिकांशको चाहना कृषि र भेटेरिनरी शिक्षा बनेको छ । थपलियाका अनुसार प्रवेशिका परीक्षामा ८५ प्रतिशत र दश जोड दुईमा ७५ प्रतिशतभन्दा कम अङ्क ल्याएका विद्यार्थी उत्तीर्ण हुन सकेका छैनन् । कृषि र भेटेरिनरीमा उच्च शिक्षा सकेपछि स्वदेशमा नै रोजगार र व्यवसाय गर्ने प्रशस्त अवसर रहेको छ । विदेशका लागि पनि सहज अवसर हुन्छ । सोही विश्वविद्यालयका प्राध्यापक एवम् पूर्वरजिस्टार डा सूर्यकान्त घिमिरे विश्वका अधिकांश देशले भविष्यमा कसरी खाद्यान्न पु¥याउने भन्ने विषयमा चिन्तन थालेकाले कृषि शिक्षाको महत्व दिनानुदिन बढ्दै गएको बताउँछन ।  यी बिषय पढ्दा गाउँमै राेजगारी पाइन्छ । कृषि शिक्षा अध्ययन गरेका जो कोही पनि बेरोजगार नरहेको भन्दै उहाँले आवश्यक जनशक्ति पूर्ति हुन नसकेको बताए । स्वास्थ्य विज्ञान शिक्षा महँगो भएकाले पनि कृषि शिक्षातर्फ विद्यार्थीको आकर्षण बढेको बताइन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending