Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

नेपालबाट भारतीय नोट नसाट्ने यस्तो प्रपञ्च

\"india-currency\" काठमाडौं, १ मंसिर । भारतमा प्रतिबन्ध लगाइएको भारतीय एक हजार र पाँच सय रुपैयाँको नोट नेपालबाट नसाटिने संकेत भारतले गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालीसँग रहेको भारतीय नोट साट्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आग्रह गरेको भोलिपल्ट भारतले यस्तो संकेत गरेको हो । पाकिस्तानी गुप्तचर एजेन्सी आईएसआईले भारतीय जाली नोट साट्न नेपालको बाटो प्रयोग गरेको आरोप लगाउँदै नेपाल–भारत सीमावर्ती क्षेत्रमा कडाइ गरेको छ । आईएसआईले भारतीय नोट साट्न नेपालको बाटो प्रयोग गरेको खबर भारतीय मिडियाहरुले सम्प्रेषण गरिरहेका छन् । सूत्रलाई हवाला दिँदै भारतीय मिडिया आजतकले पाकिस्तानी गुप्तचर एजेन्सी आईएसआई भारतीय नक्कली नोटको लागत निकाल्न जुटेको जनाएको छ । त्यसका लागि आतंकवादी संगठन, नक्कली नोटका सप्लायर तथा एजेण्टहरुलाई निर्देशन दिएको बताइएको छ । आईएसआईले पहिले नै छापेको नक्कली नोट भारतले खपत गर्न जुटेको उसको आरोप छ । पाकिस्तानबाट नेपालको बाटो भएर नक्कली नोट भित्रिन नदिन भारतले ४८ घण्टासम्म कडा निगरानी गर्न निर्देशन दिएको पनि भारतीय मिडियाहरुले जनाएका छन् । पाकिस्तानमा छापिएका नक्कली नोट नेपालको बाटो कम पैसामा सहटी गरी भारतमै डम्पिङ गर्न खोजेको भारतीयको आरोप छ । भारतीय गुप्चतर विभागले दिएको नयाँ सतर्कतापछि प्रहरी तथा एसएसबीको नेपाली सीमामा एकदमै कडाइ गरिएको अाजतकले जनाएको छ । आईएसआईको बाहनामा सीमामा कडाइ गरी नेपालीलाई दुःख दिने काम भइरहेको छ । आईएसआईका एजेन्टले भारतीय नक्कली नोट कम रुपैयाँमा विक्री गरिरहेको समेत भारतीय मिडियाहरुले खबर प्रकाशन प्रशारण गरेका छन् । आईएसआईको पाकिस्तानमै छापिएका भारतीय नक्कली नोटमा ३० देखि ४० प्रतिशत मुनाफा पाउने गरेका थिए । जसमा ५ सय र एक हजारको नोट सबैभन्दा बढी थियो । आईएसआईले नेपालको सीमाबाट भारतमा आफ्नो एजेन्ट पठाएर बैंकिङ सिष्टममा चलाउने प्रयासमा लागेको दाबी गरेको छ । भारतले जाली नोटको कारोबारी बढेको भन्दै त्यसलाई नियन्त्रण गर्न भन्दै ५ सय र एक हजारको नोटमा प्रतिबन्ध लगाएको छ । भारतमा प्रतिबन्धित भारतीय नाेट साटिने नसाटिने चिन्ता भइरहेकाबेला भारतले पाकिस्तानी गुप्तचर संस्थासँग जाेड्ने नेपाली नाेट नसाट्ने भारतले प्रपन्च गरिरहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending