Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

नेपालबाट भारतीय नोट नसाट्ने यस्तो प्रपञ्च

\"india-currency\" काठमाडौं, १ मंसिर । भारतमा प्रतिबन्ध लगाइएको भारतीय एक हजार र पाँच सय रुपैयाँको नोट नेपालबाट नसाटिने संकेत भारतले गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालीसँग रहेको भारतीय नोट साट्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आग्रह गरेको भोलिपल्ट भारतले यस्तो संकेत गरेको हो । पाकिस्तानी गुप्तचर एजेन्सी आईएसआईले भारतीय जाली नोट साट्न नेपालको बाटो प्रयोग गरेको आरोप लगाउँदै नेपाल–भारत सीमावर्ती क्षेत्रमा कडाइ गरेको छ । आईएसआईले भारतीय नोट साट्न नेपालको बाटो प्रयोग गरेको खबर भारतीय मिडियाहरुले सम्प्रेषण गरिरहेका छन् । सूत्रलाई हवाला दिँदै भारतीय मिडिया आजतकले पाकिस्तानी गुप्तचर एजेन्सी आईएसआई भारतीय नक्कली नोटको लागत निकाल्न जुटेको जनाएको छ । त्यसका लागि आतंकवादी संगठन, नक्कली नोटका सप्लायर तथा एजेण्टहरुलाई निर्देशन दिएको बताइएको छ । आईएसआईले पहिले नै छापेको नक्कली नोट भारतले खपत गर्न जुटेको उसको आरोप छ । पाकिस्तानबाट नेपालको बाटो भएर नक्कली नोट भित्रिन नदिन भारतले ४८ घण्टासम्म कडा निगरानी गर्न निर्देशन दिएको पनि भारतीय मिडियाहरुले जनाएका छन् । पाकिस्तानमा छापिएका नक्कली नोट नेपालको बाटो कम पैसामा सहटी गरी भारतमै डम्पिङ गर्न खोजेको भारतीयको आरोप छ । भारतीय गुप्चतर विभागले दिएको नयाँ सतर्कतापछि प्रहरी तथा एसएसबीको नेपाली सीमामा एकदमै कडाइ गरिएको अाजतकले जनाएको छ । आईएसआईको बाहनामा सीमामा कडाइ गरी नेपालीलाई दुःख दिने काम भइरहेको छ । आईएसआईका एजेन्टले भारतीय नक्कली नोट कम रुपैयाँमा विक्री गरिरहेको समेत भारतीय मिडियाहरुले खबर प्रकाशन प्रशारण गरेका छन् । आईएसआईको पाकिस्तानमै छापिएका भारतीय नक्कली नोटमा ३० देखि ४० प्रतिशत मुनाफा पाउने गरेका थिए । जसमा ५ सय र एक हजारको नोट सबैभन्दा बढी थियो । आईएसआईले नेपालको सीमाबाट भारतमा आफ्नो एजेन्ट पठाएर बैंकिङ सिष्टममा चलाउने प्रयासमा लागेको दाबी गरेको छ । भारतले जाली नोटको कारोबारी बढेको भन्दै त्यसलाई नियन्त्रण गर्न भन्दै ५ सय र एक हजारको नोटमा प्रतिबन्ध लगाएको छ । भारतमा प्रतिबन्धित भारतीय नाेट साटिने नसाटिने चिन्ता भइरहेकाबेला भारतले पाकिस्तानी गुप्तचर संस्थासँग जाेड्ने नेपाली नाेट नसाट्ने भारतले प्रपन्च गरिरहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending