Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

गगन थापाको निर्देशनमा १३ क्लिनिकमा तालाबन्दी, अनुगमन तीब्र

\"gagan काठमाडौं, १ मंसिर । स्वास्थ्यमन्त्री गगन थापाको निर्देशनमा राजधानीा १३ क्लिनिक अवैध रहेको भन्दै तालाबन्दी गरिएको छ । काठमाडौ उपत्यकाका धेरै क्लिनीकहरु अवैध रहेको गुनासो आएको भन्दैस्वास्थ्य मन्त्री थापाले अनुगमन टोली खटाएका थिए । टोलीले अधिकांश क्लिनिकहरु अवैध रहेको भेटेको जनाएको छ । स्वास्थ्य मन्त्रालयल, स्वास्थ्य सेवा विभाग, जिल्ला जनस्वास्थ्य कार्यालय, प्रहरी लगायतको टोलीले मंगलबार गरेको अनुगमनका क्रममा काठमाडौका ४ र ललितपुरका ४ ओटा क्लिनिकहरुमा तालाबन्दी गरिदिएको स्वास्थ्य मन्त्री थापाका प्रेस संयोजक जीवन भण्डारीले बताए । टोलीले यसअघि सोमबार पनि काठमाडौका ४ र ललितपुरको एउटामा तालाबन्दी गरिदिएको थियो । दुई दिनमा कुल १३ ओटामा तालाबन्दी भएकोमा ती सवै क्लिनिक रहेका छन् । दुवै टोलीले सोमबार र मंगलबार गरी दुवै दिन क्लिनीक तथा फार्मेसीहरुमा अनुगमन गरेको थियो । अनुगमन गरेका फार्मेसीहरुमा भने अवैध नदेखिएपनि पर्याप्त जनशक्तिको व्यवस्था नगरेको, फार्मेसी नबढेकाले पनि औषधी विक्री गरेको लगायतका कमजोरी देखिएकाले उनीहरुलाई आवश्यक निर्देशन दिनुका साथै स्पष्टीकरण मागिएको काठमाडौको अनुगमन टोलीको नेतृत्व गरेका व्यवस्थापन महाशाखाका डा. हेमन्त ओझाले जानकारी दिए । काठमाडौको चावहिलका शाह पेथोलोजी, रेशा क्लिनीक, विराज डेण्टल प्राली र ओम समाज डेण्टल प्रालिमा तालाबन्दी गरिएको छ । तालाबन्दी गरिएका मध्ये ओमसमाज डेण्टलमा विरामीहरु धेरै भएकाले उनीहरुलाई २४ घण्टा भित्रमा हटाउन निर्देशन दिइएको पनि डा ओझाले जानकारी दिए । त्यसैगरी ललितपुरमा खटिएको टोलीले कागजपत्र देखाउन सोमबार २४ घण्टे अल्टीमेटम दिँदा पनि दर्ता कागजपत्र देखाउन नसकेको जाउलाखेलको लेजर थेरापीसहित चार ओटामा मंगलबार तालाबन्दी गरेको छ । स्वास्थ्य मन्त्रालयको चिकित्सा महाशाखाका प्रमुख डा भोलाराम श्रेष्ठको नेतृत्वको टोलीले भैसेपाटीमा रहेका शुभेक्ता क्लिनिक एण्ड रिसर्च सेण्टर, ओमशान्ति सामाजिक संस्थाद्धारा सञ्चालित संपूर्ण सुरक्षित गर्भपतन सेवा र शम्भू फर्मा इन फोकस अप्टीकल एण्ड क्लिनीकमा पनि मंगलबार तालाबन्दी गरिदिएको हो । सो टोलीले सोमबार जाउलाखेलमा रहेको गुहेश्वरी डेण्टल मल्टी स्पेर्यालिटीमा तालाबन्दी गरिदिएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending