Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

सरकार परिवर्तनको चलखेल सुरु : बिजुक्छें

\"narayanman-bijukchhe-750\"भक्तपुर, ३० कात्तिक । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले अब छिट्टै सरकार परिवर्तन हुने बताएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा बिजुक्छेंले भारतकै इशारामा संविधान संशोधनका लागि वर्तमान नेतृत्वको सरकार निर्माण भएको भन्दै अब नयाँ सत्ता समिकरणमा काँग्रेस लागेको र काँग्रेसले नेतृत्व नलिए एमालेको नयाँ नेतृत्वमा बामदेमलाई अघि सार्दे सरकार निर्माण हुने बताए । संविधान संशोधनलाई जसरी पनि सफल पार्न भारतले लोकमान प्रकरणलाई चालको रुपमा प्रयोग गरेकोे आरोप लगाउँदै केही ठूला राजनीतिक दलका पदाधिकारी जेल जान सक्ने अवस्था देखा परेपछि लोकमान प्रकरण बाहिर आएको उनले बताए । उनले जसको गल्ती छ त्यसलाई कानुनी दायरामा ल्याएर कारवाही गर्नु आवश्यक रहेको समेत बताए । हरेक प्रधानमन्त्रीको परिवर्तनसँगै भारतीय नागरिकले नागरिकता पाउने परम्परा रहेको र यसबाट प्रचण्ड समेत अछुतो रहन नसकेका भन्दै संविधान संशोधन गरि अंगिकृत नागरिकलाई देशको प्रमुख पदको जिम्मेवारी सुम्पने योजना बिफल हुने र संबिधान संशोधन तत्काल हुन नसक्ने उनको भनाई छ । उनले मधेश आन्दोलनका नेतृत्वको वास्तविक माग थाहा पाएका मधेशका जनता समेत नागरिकताको सवालमा संविधान संशोधन नगर्ने पक्षमा रहेको दावी गरे । बिजुक्छेंले स्थानीय निकायको निर्वाचन पुनःसंरचना अनुसार तत्काल गर्न नसकिने भएकाले निवार्चन नगर्ने पक्षमा रहेकाले पुरानै संरचना तत्काल निर्वाचन गरि अन्य प्रक्रियालाई अघि बढाउन सकिने बताए । उनले स्थानिय निकायको निर्वाचन नगराउने चलखेल समेत सुरु भएको बताए । नेपालको कुटनीतिक पक्ष इतिहासमै कम्जोर रहेको भन्दै बिजुक्छेंले भारतका लागि राजदुत नियुक्ति गरिएका ब्यक्ति गलत रहेको र केही दिन अघि आएको अभिब्यक्ति कुटनीतिक मर्यादा भन्दा बाहिर रहेको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending