Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

युद्धस्तरमा काम गर्न कृषिमन्त्रीलाई प्रचण्डको निर्देशन

\"prachanda-750\"काठमाडौं, ३० कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषिमन्त्री गौरीशंकर चौधरीलाई बोलाएर प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लगायत कृषि मन्त्रालयका कामलाई युद्धस्तरमा सञ्चालन गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री प्रचण्डले मन्त्री चौधरीलाई मंगलबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बोलाएर कृषि मन्त्रालयका कामलाई प्रभावकारी बनाउन निर्देशन दिएका हुन् । प्रचण्डले प्रत्येक प्रदेशमा एक/एक वटा सुपरजोन बनाएर कार्यक्रम कार्यान्वयन गर्न निर्देशन दिए । उनले झापामा धान, बारामा माछा, काभ्रेमा आलु, कास्कीमा तरकारी, दाङमा मकै, जुम्लामा स्याउ र कैलालीमा गहुँ खेतीका लागि सुपरजोन क्षेत्र बनाएर डेढ महिनाभित्र उद्घाटन गर्ने व्यवस्था मिलाउन पनि कृषिमन्त्रीलाई निर्देशन दिए । उनले परियोजनामा सञ्चालन हुने कार्यक्रमहरुबारे जनस्तरमा व्यापक प्रचार–प्रसार गर्ने, जनस्वास्थ्यमा ध्यान दिँदै परियोजनाबाट बितरण गरिने मलमा आधा रासायनिक मल र आधा कम्पोष्ट मलको प्रतिस्पर्धाको आधारमा बितरण गर्न, परियोजना सञ्चालन गर्न सिंचाई, पूँजी सुधार, ग्रामिण विद्युतीकरण, कृषि सडक, कृषि ऋण उपलब्ध गराउने निकायसँग समन्वय गर्न निर्देशन दिएका थिए । प्रधानमन्त्री प्रचण्डले जनता पेन्सन कार्यक्रमलाई छाताको रुपमा लिएर त्यसअन्तर्गत कृषक सुरक्षा भत्ता थालनी गर्न भन्दै मजदुरी गर्ने किसान, साना र सीमान्त किसान, मझौला वा अर्धव्यवसायिक किसान र व्यवसायिक किसानको वर्गीकरण गरी निम्न स्तरका किसानका लागि पहिलो चरणमा किसान सुरक्षा भत्ता उपलब्ध गराउने तयारी गर्न पनि निर्देशन दिएका छन् । प्रधानमन्त्रीले कृषि विकास रणनीतिमा व्यवस्था भएअनुसार किसान आयोगको गठन गरिने जानकारी गराउँदै देशभरिको बाँझो जमिनको सदुपयोग गर्ने, द्धन्द्धपीडित, वैदेशिक रोजगारीमा गएर फर्किएका महिला लक्षित विशेष कार्यक्रम सञ्चालनका लागि मन्त्रालयले आवश्यक व्यवस्था गर्न पनि मन्त्री चौधरीलाई निर्देशन दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending