Khabar Dabali ४ बैशाख २०८३ शुक्रबार | 17th April, 2026 Fri

कोटेश्वर–कलङ्की सडक निर्माण नसकिँदा स्थानीय हैरान

\"koteshower-kalanki-sadak-750\"ललितपुर, ३० कात्तिक । बिरामी छोरीलाई जचाउन पाटन अस्पताल लैजान लागेकी जडीबुटीकी सीता न्यौपाने झन्डै डेढ घन्टासम्म बालकुमारीमा ट्राफिक जाममा परिन् । कोटेश्वरस्थित कार्यालय जानका लागि दैनिक माइतीघर घुम्ने गरेको सातदोबाटोका प्रकाश रानाले भने,, ‘एकातिर जाममापर्ने चिन्ता र अर्कातिर चक्रपथमा उड्ने धुलोका कारण म दोब्बर लामो बाटो हुँदै दैनिक कार्यालय पुग्छु’ । झन्डै चारवर्ष पहिले सुरु भएको चक्रपथ अन्तर्गतको कोटेश्वर–कलङ्की सडक निर्माण नसकिँदा सीता र प्रकाश जस्तै धेरै स्थानीयवासी हैरान भएका छन् । काठमाडौँ र ललितपुर जिल्लालाई समेटेको चक्रपथको बढी भाग ललितपुर जिल्लामा पर्छ । ललितपुर जिल्लामा चक्रपथ अन्तर्गतपर्ने पूरै सडक अहिले अस्तव्यवस्त छ । बिहानदेखि बेलुका जुनसुकै समयमा आवतजावत गर्न गाह्रो भए पनि कार्यलय समयमा सडक अस्तव्यस्त हुने राना बताउँछन् । मोटरसाइकल चालकलाई धुलोका कारण ओहोरदोहोर गर्न समेत कठीन छ । उनी भन्छन्, ‘सवारी चाप अति भएको सडक भए पनि सडक चिन्ह नहुँदा दुर्घटनाको समेत उतिकै डर छ ।’ सातदोबाटोबाट कोटेश्वर जान वैकल्पिक सडकका रुपमा जावलाखेल–माइतीघर सडक छ । यो सडक लामोहुनुका साथै थापाथलीमा पनि दैनिक जाम हुने समस्या छ । निर्माणाधीन यही सडक अन्तर्गत बल्खु क्षेत्रमा समेत दैनिक जाम हुने गरेको छ । ठीक समयमा निस्कदा कलेज नै ढिला पुगेको अनुभव पाटन क्याम्पसमा अध्ययनरत कलङ्कीकी विद्या महतले सुनाइन् । उनले भनिन्, ‘कलङ्कीबाट लगनखेल पुग्न पनि डेढदुुई घन्टा पहिले निस्कनुपर्ने अवस्था छ ।’ पूर्व जाने ठूला बस यही सडक हुँदै जाने भएकाले साँझको समयमा दैनिक जाम हुने गरेको छ । ‘सडकका कारणले नागरिक मात्रै नभएर ट्राफिक प्रहरी समेत पीडित छन्।’ महानगरीय ट्राफिक प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी निरीक्षक सीताराम हाछेथु भने, ‘यो सडकखण्डमा धुवाँ र धुलोले गर्दा काममा खटिएका टाफिक प्रहरी समेत हैरान भएका छन् ।’ काममा निस्कँदा सुकिलो लुगा लगाएर चिटिक्क परेको प्रहरी जवान बेलुका फर्कदासम्म चिन्नै नसक्ने अवस्थामा पुग्छ । धुलोले गर्दा ट्राफिक प्रहरीमा धेरै खालका स्वास्थ्य समस्या समेत देखिन थालेको छ । दैनिक झन्डै दुईजना ट्राफिक प्रहरी प्रदुषणका कारणले बिरामी परिरहेको उनले बताए । काठमाडौँ चक्रपथ सुधार आयोजनाले कलङ्की– कोटेश्वर सडक निर्माणको झन्डै ४८ प्रतिशत काम सकिएको बताएको छ । आयोजनाका इञ्जिनियर रमेश दृष्टिले सन् २०१७ को जुलाइसम्ममा सडक सम्पन्न लक्ष्य रहेको जानकारी दिए । चिनियाँ सहयोगमा निर्माण भइरहेको यो सडक पहिले सन् २०१६ को जनवरीसम्म सक्ने गरी सम्झौता भएको थियो । भूकम्प, नाकाबन्दी र इन्धन अभावले गर्दा केही समय ढिलाइ भएको उनले बताए । आगामी वर्षको वर्षा पहिले पाँच किलोमिटर सडक कालोपत्रे हुने गरेर काम भइरहेको छ । अझै पनि कतिपय कार्यलयसँग समन्वय हुननसक्दा काममा ढिलाइ भएको छ । उनले भने, ‘बिजुलीको खम्बा हटाउन हामीले पटक÷पटक पत्राचार गरेका छौं, तर काम भएको छैन ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending