Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

राष्ट्रिय सहरी नीति आउँदै

विराटनगर, ३० कात्तिक । सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले पाँच वर्षअघि नगरमा बसोवासको दर १९ प्रतिशत भएपनि यतिखेर ४२ प्रतिशत पुगी जनताले नगरको न्यूनतम सुविधा पाउन नसकेकाले सरकार ‘राष्ट्रिय सहरी नीति’ तयार पार्ने कार्यमा जुटेको बताएका छन् । नेपाल प्रेस युनियन मोरङद्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले मुलुकको तल्लोस्तरमा उपेक्षित समुदायका लागि २० हजार भवन निर्माणका लागि ‘जनताको आवास कार्यक्रम’ ल्याउन लागिएको पनि जानकारी गराए । अर्को प्रसङ्गमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य केसीले काँग्रेसले राष्ट्रको अस्मिता, स्वाधीनता र मुलुकको हित विपरीत कुनै पनि निर्णय नगर्ने प्रतिबद्धता व्यक्त गर्दै अङ्गीकृत नागरिकताका सम्बन्धमा भ्रम फैलाउने काम गरिएको विचार व्यक्त गरे । नागरिकता सम्बन्धी अन्तरिम संविधानमा गरिएको व्यवस्थाको सेरोफेरोमा बसेर संविधानको संशोधन गरी छुटेको विषयलाई समायोजन गर्ने पक्षमा काँग्रेस रहेको उनले जानकारी दिए । संविधान कार्यान्यनका लागि निर्धारित समयमै तीन तहको निर्वाचन गराउनुपर्ने बताउँदै मन्त्री केसीले भने, “सीमाङ्कनमा सामान्य हेरफेर र राष्ट्रियसभामा जनसङ्ख्याको आधारमा प्रदेशको प्रतिनिधित्व गराउने विषयमा मुख्य राजनीतिक दलहरुका साथै मधेसी मोर्चासँग छलफल भइरहेको छ, सबै दललाई स्वीकार हुने गरी संविधानको संशोधन गरी कार्यान्वयनतर्फ लाग्नुपर्छ ।”
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending