Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

संविधान संशोधन प्रस्ताव दर्ता गराउने सरकारको तयारी

\"sambidhan-samsodhan-750\"काठमाडौं, ३० कात्तिक । मधेसी, थारु तथा जनजातिको माग सम्बोधन गर्ने गरी सरकारले संविधान संशोधन प्रस्ताव ब्यवस्थापिका संसदमा दर्ता गराउने तयारी गरेको छ । प्रमुख प्रतिपक्षी दल एमालेको समेत सहमतिमा संशोधन प्रस्ताव अघि बढाउने प्रयास सफल हुन नसकेपछि सरकारले एकतर्फी रुपमै भए पनि संशोधन प्रस्ताव दर्ता गराउने तयारी गरेको हो । सरकारमा रहेका दलहरुले नै संशोधन गर्न नचाहेको मोर्चाले आरोप लगाएपछि नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्ड संशोधन प्रस्ताव दर्ता गराउने तयारीमा लागेका हुन् । संविधान संशोधनमा सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेस सहमत भए पनि उसले सीमांकनको विषयमा अर्को किचलो हुन सक्ने भन्दै अग्रसरता नलिने देखिएको छ । आफू प्रधानमन्त्री बनेदेखि नै प्रमुख प्रतिपक्षी दलको समेत साथ लिएर संशोधनको प्रयास गर्दा ढिलाइ भएाके भन्दै प्रचण्डले अब सहमति नजुटे पनि संशोधन अघि बढाउने प्रतिवद्धता मधेसी नेताहरुसँग जनाएका छन् । नागरिकता, माथिल्लो सभामा प्रतिनिधित्व, सीमांकनमा हेरफेर लगायतका विषयमा सामान्य संशोधनको प्रस्ताव तयार गरिएको छ । संशोधन प्रस्तावअनुसार प्रदेश नम्बर ५ बाट पहाडी जिल्लालाई अलग गरिएको छ । संशोधन प्रस्तावको प्रदेश पाँचमा नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया रहेका छन् । ५ नम्बर प्रदेशमा हाल पाल्पा, अर्घाखाँची, गुल्मी, प्युठान, रुकुम तथा नवलपरासी र रोल्पालाई टुक्राएर आधा आधा भाग समेटिएको छ । प्रदेश पाँचबाट अलग गरिएका पहाडी जिल्लालाई प्रदेश ४ र प्रदेश ६ मा समेटिएको छ । संशोधित सिमांकन प्रस्तावमा गोरखा, लमजुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, पर्वत, स्याङजा, म्याग्दी, बागलुङ, पाल्पा, गुल्मी र अर्घाखाँची जिल्लालाई प्रदेश ४ मा राखिएको छ । प्रदेश ६ मा रुकुम, सल्यान, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट, जाजरकोट, दैलेख, सुर्खेत, रोल्पा, प्युठान रहने प्रस्ताव गरिएको छ । प्रमुख प्रतिपक्षी दल एमालेले भने पहाडी जिल्लालाई प्रदेश पाँचबाट हटाउन लागिएको भन्दै राष्ट्रघाती कदम हुने बताएको छ । प्रदेश नम्बर ५ बाट पहाडी जिल्लालाई अलग गर्ने कुरा राष्ट्रघाती हुने एमालेको निश्कर्ष छ । उसले संशोधन मस्यौदा स्वीकार नगर्ने जनाएको छ । यसअघि संशोधन नै गर्न आवश्यक नभएको भन्दै बखेडा झिक्दै आएको एमालेले प्रस्तावित संशोधनलाई राष्ट्रघाती भनेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending