Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

संविधान संशोधन प्रस्ताव दर्ता गराउने सरकारको तयारी

\"sambidhan-samsodhan-750\"काठमाडौं, ३० कात्तिक । मधेसी, थारु तथा जनजातिको माग सम्बोधन गर्ने गरी सरकारले संविधान संशोधन प्रस्ताव ब्यवस्थापिका संसदमा दर्ता गराउने तयारी गरेको छ । प्रमुख प्रतिपक्षी दल एमालेको समेत सहमतिमा संशोधन प्रस्ताव अघि बढाउने प्रयास सफल हुन नसकेपछि सरकारले एकतर्फी रुपमै भए पनि संशोधन प्रस्ताव दर्ता गराउने तयारी गरेको हो । सरकारमा रहेका दलहरुले नै संशोधन गर्न नचाहेको मोर्चाले आरोप लगाएपछि नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्ड संशोधन प्रस्ताव दर्ता गराउने तयारीमा लागेका हुन् । संविधान संशोधनमा सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेस सहमत भए पनि उसले सीमांकनको विषयमा अर्को किचलो हुन सक्ने भन्दै अग्रसरता नलिने देखिएको छ । आफू प्रधानमन्त्री बनेदेखि नै प्रमुख प्रतिपक्षी दलको समेत साथ लिएर संशोधनको प्रयास गर्दा ढिलाइ भएाके भन्दै प्रचण्डले अब सहमति नजुटे पनि संशोधन अघि बढाउने प्रतिवद्धता मधेसी नेताहरुसँग जनाएका छन् । नागरिकता, माथिल्लो सभामा प्रतिनिधित्व, सीमांकनमा हेरफेर लगायतका विषयमा सामान्य संशोधनको प्रस्ताव तयार गरिएको छ । संशोधन प्रस्तावअनुसार प्रदेश नम्बर ५ बाट पहाडी जिल्लालाई अलग गरिएको छ । संशोधन प्रस्तावको प्रदेश पाँचमा नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया रहेका छन् । ५ नम्बर प्रदेशमा हाल पाल्पा, अर्घाखाँची, गुल्मी, प्युठान, रुकुम तथा नवलपरासी र रोल्पालाई टुक्राएर आधा आधा भाग समेटिएको छ । प्रदेश पाँचबाट अलग गरिएका पहाडी जिल्लालाई प्रदेश ४ र प्रदेश ६ मा समेटिएको छ । संशोधित सिमांकन प्रस्तावमा गोरखा, लमजुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, पर्वत, स्याङजा, म्याग्दी, बागलुङ, पाल्पा, गुल्मी र अर्घाखाँची जिल्लालाई प्रदेश ४ मा राखिएको छ । प्रदेश ६ मा रुकुम, सल्यान, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट, जाजरकोट, दैलेख, सुर्खेत, रोल्पा, प्युठान रहने प्रस्ताव गरिएको छ । प्रमुख प्रतिपक्षी दल एमालेले भने पहाडी जिल्लालाई प्रदेश पाँचबाट हटाउन लागिएको भन्दै राष्ट्रघाती कदम हुने बताएको छ । प्रदेश नम्बर ५ बाट पहाडी जिल्लालाई अलग गर्ने कुरा राष्ट्रघाती हुने एमालेको निश्कर्ष छ । उसले संशोधन मस्यौदा स्वीकार नगर्ने जनाएको छ । यसअघि संशोधन नै गर्न आवश्यक नभएको भन्दै बखेडा झिक्दै आएको एमालेले प्रस्तावित संशोधनलाई राष्ट्रघाती भनेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending