Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

साली भिनाजुले कुटेर सुनकुमारीको हत्या

\"crime-750\"लिबाङ, ३० कात्तिक । थबाङ, रोल्पाकी सुनकुमारी नेपालीको हत्यामा उनका श्रीमान् ध्रुव नेपाली र सुनकुमारीकी सानीआमाकी छोरी (बहिनी) जालकुमारी नेपालीको समेत संलग्नता रहेको खुलासा भएको छ । गतः शनिबार सुनकुमारीको मृत्यु भइसकेपछि पीडक जालकुमारी नेपाली र ध्रुव नेपालीलाई कानुनी प्रक्रिया पूरा गरेर कर्तव्य ज्यान मुद्दा चलाउनका लागि आवश्यक तयारी भइरहेको इलाका प्रहरी कार्यालय घर्तीगाउँ रोल्पाका प्रहरी निरीक्षक राजिव श्रेष्ठले जानकारी दिए । उनकाअनुसार ज्यान मार्ने उद्योग गरेको अभियोगमा २०७३ असोज २६ गते इलाका प्रहरी कार्यालय घर्तीगाउँले दुवै जनालाई नियन्त्रणमा लिई कारागार कार्यालय, रोल्पामा थुनामा राख्दै आएको छ । सुनकुमारीको उपचारका क्रममा यसरी थुनामा परेका साली भिनाजु जालकुमारी र ध्रुवलाई रु २५ हजार धरौटीमा छोड्न सकिने भएपनि धरौटी जम्मा गर्न नसकी पुर्पक्षका लागि उनीहरु हालसम्म पनि कारागारमा थुनामा रहँदै आएका थिए । यस्तै, जिल्ला न्यायाधीवक्ता सुवर्णमान बनेपालीले सुनकुमारीको मृत्यु भएको हुँदा थप अनुसन्धान गरी ज्यान मार्ने उद्योग गरेको अभियोगमा कारागारमा धरौटीमा रहेका साली भिनाजु जालकुमारी र ध्रुवलाई आवश्यक प्रक्रिया पु¥याई कर्तव्य ज्यानको मुद्दाका लागि प्रक्रिया अगाडि बढिराखेको बताए । उनका अनुसार हालसम्मको अनुसन्धानका क्रममा र जिल्ला अदालत रोल्पामा जालकुमारीले दिएको बयानका आधारमा मृतक सुनकुमारीलाई उनले नै ढुङ्गामा पटकपटक टाउको ठोक्काइ कुटपिट गरेको बुझिएको छ । यसरी सुनकुमारीको हत्यामा साली भिनाजुको संलग्नता रहेको देखिएको बनेपालीको भनाइ छ । प्रहरी निरीक्षक श्रेष्ठका अनुसार असोज २५ गते विजया दशमीको टीकाको दिनमा सुनकुमारीको घरमा भोजभतेर भइरहेको बेला रातको करिब १२ बजे सुनकुमारी र जालकुमारीका बीचमा सामान्य विवाद परेपछि सुनकुमारीका श्रीमान् ध्रुव र बहिनी जालकुमारीले सुनकुमारीलाई लछारपछार गरेर पटकपटक मसला पिस्ने सिलौटोमा सुनकुमारीको टाउको बजारेर कुटपिट गरेको घटनास्थल पुग्दा प्रत्यक्ष देखिएको प्रहरीको अनुसन्धानमा खुलेको छ । यसरी घटनास्थल पुगी आवश्यक अनुसन्धान गरिसकेपछि इलाका प्रहरी कार्यालय, घर्तीगाउँ, रोल्पाले उनीहरु दुवै जनालाई पक्राउ गरी ज्यान मार्ने उद्योग गरेको अभियोगमा थुनामा राखेको हो । काक्री, रुकुम माइत भएकी जालकुमारीका श्रीमान् रोजगारीका लागि विगत दुई वर्षदेखि साउदी अरबमा रहनुभएको छ भने जालकुमारी भने करिब छ महिनादेखि सात वर्ष, चार वर्ष र तीन वर्षका छोराछोरीलाई पढाउने बहानामा थबाङमा डेरा लिएर बस्दै आएकी थिइन् । हाल जालकुमारीका तीन वर्षीय एक छोरी उनीहरुसँगै कारागार कार्यालय, रोल्पाको बन्दीगृहमा छिन् । प्रहरी निरीक्षक श्रेष्ठका अनुसार मृतक सुनकुमारीकी १३ वर्षीया छोरी विनिता नेपाली आर्थिक अभावका कारण गाउँकै बज्यै पर्नेको घरमा करिब एक वर्ष पहिलेदेखि काम गर्न बसेकी थिइन् भने उनका एकमात्र दाजु आर्थिक अभावका कारण जीवन गुजाराका लागि करिब तीन वर्ष पहिलेदेखि वैदेशिक रोजगारीमा खाडी मुलुक पुगेका छन् । प्रनि श्रेष्ठका अनुसार सुनकुमारीलाई साली भिनाजु मिलेर कुटपिट गर्दा घरमा अन्य कोही नभएको हुँदा घाइते सुनकुमारी रातभरि सिलौटामा ठोकिएकै ठाउँमा लडिरहिन् । सुनकुमारीलाई घाइते अवस्थामा छोडेर जालकुमारी आफ्नो कोठामा फर्किएको र मदिराले मातेका सुनकुमारीका श्रीमान् भने घरमै बसेको अनुसन्धानका क्रममा खुलेको छ । यसरी पेटभरि खान र एकसरो कपडा लगाउनकै लागि अर्काको घरमा काम गरेर दिन गुजार्दै आएकी बिनिताकी आमा सुनकुमारीको मृत्यु भएको र बुबा ध्रुव पनि कर्तव्य ज्यान मुद्दामा जेल चलान हुने भएपछि छोरी विनिताको भविष्य अब थप अन्यौल बन्दै गएको देखिएको छ । घाइते आमा सुनकुमारीको हेरचाहमा लामो समयसम्म स्तब्ध बनेको र अन्तमा आमाको पार्थिव शरीरमा दागबत्ती दिएर फर्केकी विनिताको मनलाई सान्त्वना दिन र उनको भविष्यका बाटा खुल्ला गर्नका लागि यतिबेला विनितालाई सहयोगी हातको खाँचो छ । अर्काको घरमा काम गरेर गाउँकै सरकारी विद्यालयमा कक्षा ६ मा पढ्दै आएकी विनिताको भविष्यका बारेमा सरोकारवालाले सोच्नुपर्ने अवस्था छ । (रासस)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending