Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

भारतीय नोट १ हजार र ५ सयको सटही कहिले हुन्छ, राष्ट्र बैक नै अन्यौलमा

\"scan0019\"काठमाडौ, २९ कार्तिक । भारत सरकारले ५ सय र १ हजारको नोटको प्रयोगमाथि प्रतिवन्ध लगाएपछि नेपाली बजारमा समेत त्यसको प्रभाव देखिएको छ । राष्ट्र बैकको तथ्याङ्कअनुसार अहिले नेपाली बजारमा ५ सय र १ हजारका ३ करोड ३६ लाखभन्दा बढि नोट रहेका छन् । तर बैकिङ क्ष्ँेत्रभन्दा बाहिर धेरै मात्रामा त्यस्ता नोटहरु रहेको हुनसक्ने बैकको अनुमान छ । भारतमा प्रतिवन्धित नोटहरु नेपालमा पनि प्रयोग र सटहीमा राष्ट्र बैकले रोक लगाएको छ । प्रयोगमा प्रतिवन्ध लगाइएका नोटहरुका विषयमा केन्द्रिय बैकले भारतीय रिजर्व बैकस“ग निरन्तर सम्पर्कमा रहेपनि भारतीय पक्ष्ँले कुनै जानकारी उपलब्ध नगराएको राष्ट्र बैकले जनाएको छ । राष्ट्र बैकका अनुसार भारतीय रिजर्व बैक नेपालमा रहेका भारतीय १ हजार ५ सय नोट सटहीका विषयमा सकारात्मक रहेपनि अहिले कुनै पनि निर्णय आइसकेको छैन । राष्ट्र बैकले नेपालस्थित भारतीय राजदुताबास लगाएत, भारतीय अर्थ मन्त्रालय, रिजर्व बैकस“ग समेत नेपालमा रहेको भारतीय नोटको सटहीका विषयमा जवाफ माग गरेको छ । तर भारतीय पक्ष्ँले नोट साट्ने वा नसाट्ने विषयमा कुनै निर्णय नदिदासम्म नोटका विषयमा निर्णय हुननसक्ने राष्ट्र बैकको भनाई छ । अहिलेसम्म कहिलेबाट नोट सटही हुन्छ भन्ने विषयमा राष्ट्र बैकले केही भन्न नसक्ने बैकका अधिकारीहरुको भनाई छ । अहिले कायम रहेका बैधानिक व्यवस्थाअनुसार नेपालीहरुस“ग प्रतिव्यक्ति बढिमा २५ हजार रुपैयामात्र राख्न पाउने व्यवस्था छ । तर कानूनी व्यवस्थाभन्दा बढि रकम रहेको हुनसक्ने राष्ट्र बैकको अनुमान छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending