Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

तरुण दल महाधिवेशन विवाद, बन्दसत्र अझै सुरु भएन

\"tarun-dal\"पोखरा, २९ कात्तिक । नेपाल तरुण दलको पोखरामा जारी चौथो राष्ट्रिय महाधिवेशनको आज तेस्रो दिन बिहान १० बजेपछि बन्दसत्र सुरु हुने भनिए पनि अझै सुरु हुन सकेको छैन । हिजोदेखि सुरु बन्दसत्रमा अध्यक्षको प्रतिवेदनमाथि छलफल जारी रहेकामा प्रतिवेदनमाथि बोल्न चाहने महाधिवेशन प्रतिनिधि बाँकी नै रहे पनि बन्दसत्र सुरु हुन नसकेको प्रतिनिधिको गुनासो छ । अध्यक्षको प्रतिवेदनमाथि छलफल सकिएपछि आजै आर्थिक प्रतिवेदन एवम् समसामयिक विषयमा छलफल हुने नेपाल तरुण दलका केन्द्रीय सदस्य ऋषि काफ्लेले जानकारी दिए । अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदनमा नेपाल तरुणको विद्यमान साङ्गठनिक अवस्था, सङ्गठनको आगामी कार्ययोजना, भ्रष्टाचार एवम् देशका अन्य विभिन्न विकृतिमा तरुणहरूको भूमिकालगायतको विषय समेटिएको छ । हिजोको बन्दसत्रमा प्रतिवेदनमाथि बोल्ने प्रतिनिधिले २१ औँं शताब्दीको परिवर्तित एवम् विकसित समाजको मागअनुरुप देशको आर्थिक एवम् सामाजिक विकासका लागि योगदान गर्नसक्ने किसिमको तरुण नेतृत्व आवश्यक भएकामा जोड दिएको काफ्लेले बताए । महाधिवेशनको कार्यक्रम अन्तर्गत आज निर्वाचनको कार्यक्रम हुने उल्लेख गरिए पनि अहिलेसम्म निर्वाचनको कुनै प्रक्रिया बढेको छैन । निर्वाचन समितिलाई निर्वाचनमा सहभागी हुने प्रतिनिधिको नामावली प्राप्त नभएका कारण निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न नसकिएको निर्वाचन अधिकृत विश्व घिमिरेले जानकारी दिए । तरुण दलको नेतृत्व सर्वसम्मत बनाउन पार्टी नेतृत्वमा छलफल जारी रहेका कारण पनि बन्दसत्र एवम् निर्वाचन प्रक्रिया सुरु हुन नसकेको जनाइएको छ । यसैबीच, आजै उत्तमकुमार चापागाईं नेतृत्वको समूहले एक पत्रकार सम्मेलन गरी सर्वसम्मतको नाममा लोकतान्त्रिक विधि र प्रक्रियाअनुसार नेतृत्व चयन गर्न पाउने अधिकारलाई कुण्ठित गर्ने प्रयास भइरहेको जनाएको छ । पत्रकार सम्मेलनमा अध्यक्षको उम्मेदवारी घोषणा गरेका चापागाईंले विधि र प्रक्रियाअनुसार नेतृत्व चयन गराउन तत्काल निर्वाचनको प्रक्रिया थाल्न आग्रह पनि गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending