Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

तरुण दल महाधिवेशन विवाद, बन्दसत्र अझै सुरु भएन

\"tarun-dal\"पोखरा, २९ कात्तिक । नेपाल तरुण दलको पोखरामा जारी चौथो राष्ट्रिय महाधिवेशनको आज तेस्रो दिन बिहान १० बजेपछि बन्दसत्र सुरु हुने भनिए पनि अझै सुरु हुन सकेको छैन । हिजोदेखि सुरु बन्दसत्रमा अध्यक्षको प्रतिवेदनमाथि छलफल जारी रहेकामा प्रतिवेदनमाथि बोल्न चाहने महाधिवेशन प्रतिनिधि बाँकी नै रहे पनि बन्दसत्र सुरु हुन नसकेको प्रतिनिधिको गुनासो छ । अध्यक्षको प्रतिवेदनमाथि छलफल सकिएपछि आजै आर्थिक प्रतिवेदन एवम् समसामयिक विषयमा छलफल हुने नेपाल तरुण दलका केन्द्रीय सदस्य ऋषि काफ्लेले जानकारी दिए । अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदनमा नेपाल तरुणको विद्यमान साङ्गठनिक अवस्था, सङ्गठनको आगामी कार्ययोजना, भ्रष्टाचार एवम् देशका अन्य विभिन्न विकृतिमा तरुणहरूको भूमिकालगायतको विषय समेटिएको छ । हिजोको बन्दसत्रमा प्रतिवेदनमाथि बोल्ने प्रतिनिधिले २१ औँं शताब्दीको परिवर्तित एवम् विकसित समाजको मागअनुरुप देशको आर्थिक एवम् सामाजिक विकासका लागि योगदान गर्नसक्ने किसिमको तरुण नेतृत्व आवश्यक भएकामा जोड दिएको काफ्लेले बताए । महाधिवेशनको कार्यक्रम अन्तर्गत आज निर्वाचनको कार्यक्रम हुने उल्लेख गरिए पनि अहिलेसम्म निर्वाचनको कुनै प्रक्रिया बढेको छैन । निर्वाचन समितिलाई निर्वाचनमा सहभागी हुने प्रतिनिधिको नामावली प्राप्त नभएका कारण निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न नसकिएको निर्वाचन अधिकृत विश्व घिमिरेले जानकारी दिए । तरुण दलको नेतृत्व सर्वसम्मत बनाउन पार्टी नेतृत्वमा छलफल जारी रहेका कारण पनि बन्दसत्र एवम् निर्वाचन प्रक्रिया सुरु हुन नसकेको जनाइएको छ । यसैबीच, आजै उत्तमकुमार चापागाईं नेतृत्वको समूहले एक पत्रकार सम्मेलन गरी सर्वसम्मतको नाममा लोकतान्त्रिक विधि र प्रक्रियाअनुसार नेतृत्व चयन गर्न पाउने अधिकारलाई कुण्ठित गर्ने प्रयास भइरहेको जनाएको छ । पत्रकार सम्मेलनमा अध्यक्षको उम्मेदवारी घोषणा गरेका चापागाईंले विधि र प्रक्रियाअनुसार नेतृत्व चयन गराउन तत्काल निर्वाचनको प्रक्रिया थाल्न आग्रह पनि गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending