Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

कति छ सुजाता कोइरालाको वास्तविक सम्पत्ति ?

\"sujata-koirala\" काठमाडौं, २९ कात्तिक । नेपाली कांग्रेसकी प्रभावशाली महिला नेतृ हुन्, सुजाता कोइराला । कोइराला विरासतमा हुर्किएकी सुजाता उपप्रधानमन्त्री र परराष्ट्रमन्त्रीसमेत भइसकेकी हुन् । कृष्णप्रसाद कोइरालाको ६ छोरामध्येका कान्छा गिरिजाप्रसाद कोइरालाकी छोरी हुन्, सुजाता । गिरिजाप्रसाद कोइराला र सुष्मा कोइरालाको एकमात्र सन्तान सुजाता विदेशमै अध्ययन गरी विदेशमै विवाह गरेकी हुन् । यौवन उमेर विदेशमा शयर गरी जर्मनी नागरिकसँग विवाह नै गरेकी सुजाताले आफ्नी छोरीसमेत विदेशीलाई नै दिएकी छन् । सुजाताकी छोरी ज्वाईँ बंगलादेशी नागरिक रुवेल चौधरी बेलाबेलामा विवादमा आउने ब्यक्ति पनि हुन् । कोइराला परिवारमा हुर्केकी सुजातालाई पैसाको कुनै प्रवाह भएन । लामो समय विदेशमै रमाएकी उनलाई गिरिजाले भने नेपाली राजनीतिमा जबर्वस्त ल्याइ छाडे । लामो समय जर्मनीमा बसेकी सुजातालाई बाबुको राजनीतिले नेपालमा तान्यो । ०४६ सालको राजनीतिक परिवर्तनपछि मात्रै नेपाली राजनीतिमा उदाएकी उनी पछिल्लो समय लगातार नेपाली कांग्रेसको केन्द्रीय सदस्य छिन् । विराटनगरमा प्रशस्त जमीन रहेको सुजाताको काठमाडौंको मण्डिखाटारमा आफ्नो आलिसान महल छ । पार्किङ सुविधासहितको मण्डिखाटार निवासबाटै उनले कांग्रेसभित्रको छुट्टै पार्टी चलाउने गर्छिन् । झण्डै करोड रुपैयाँ पर्ने विलासी गाडीमा हिड्ने सुजाताले आफ्नो सम्पत्ति विवरण भने राज्यको महत्वपूर्ण निकायमा हुँदासमेत सार्वजनिक गरिनन् । बरु सम्पत्ति विवरण नबुझाएर जरिवाना मात्रै तिरेर झारा टार्ने काम गरेकी छन् । विदेशमा लामो समय ऐसको जीवन जिएकी सुजाता स्तन क्यान्सरको आशंकामा स्वाथ्य परीक्षणका लागि आइतबारमात्रै सिङ्गापुर पुगेकी छिन् । उपचारार्थ उनी सिंगापुर गएकै दिन सरकारले उपचारका लागि ५० लाख सहयोग दिने निर्णय गरेपछि सुजातामाथि चौतर्फी हमला भएको छ । उपचारका लागि राज्यकोषबाट सहयोग लिनेमा सुजाता मात्र होइन, सम्पन्नशाली धेरै नेताहरु छन् । सर्वसाधारणले आर्थिक अभावमा उपचार नपाएर मर्नुपर्ने तर नेताहरुले सामान्य उपचारका लागि पनि राज्यको ढुकुटीमा विदेशमा उपचार गर्ने गरिएको भन्दै आलोचना हुने गरेको छ । तर नेताहरुले भने त्यसको कुनै प्रवाह गरेका छैनन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending