Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

कति छ सुजाता कोइरालाको वास्तविक सम्पत्ति ?

\"sujata-koirala\" काठमाडौं, २९ कात्तिक । नेपाली कांग्रेसकी प्रभावशाली महिला नेतृ हुन्, सुजाता कोइराला । कोइराला विरासतमा हुर्किएकी सुजाता उपप्रधानमन्त्री र परराष्ट्रमन्त्रीसमेत भइसकेकी हुन् । कृष्णप्रसाद कोइरालाको ६ छोरामध्येका कान्छा गिरिजाप्रसाद कोइरालाकी छोरी हुन्, सुजाता । गिरिजाप्रसाद कोइराला र सुष्मा कोइरालाको एकमात्र सन्तान सुजाता विदेशमै अध्ययन गरी विदेशमै विवाह गरेकी हुन् । यौवन उमेर विदेशमा शयर गरी जर्मनी नागरिकसँग विवाह नै गरेकी सुजाताले आफ्नी छोरीसमेत विदेशीलाई नै दिएकी छन् । सुजाताकी छोरी ज्वाईँ बंगलादेशी नागरिक रुवेल चौधरी बेलाबेलामा विवादमा आउने ब्यक्ति पनि हुन् । कोइराला परिवारमा हुर्केकी सुजातालाई पैसाको कुनै प्रवाह भएन । लामो समय विदेशमै रमाएकी उनलाई गिरिजाले भने नेपाली राजनीतिमा जबर्वस्त ल्याइ छाडे । लामो समय जर्मनीमा बसेकी सुजातालाई बाबुको राजनीतिले नेपालमा तान्यो । ०४६ सालको राजनीतिक परिवर्तनपछि मात्रै नेपाली राजनीतिमा उदाएकी उनी पछिल्लो समय लगातार नेपाली कांग्रेसको केन्द्रीय सदस्य छिन् । विराटनगरमा प्रशस्त जमीन रहेको सुजाताको काठमाडौंको मण्डिखाटारमा आफ्नो आलिसान महल छ । पार्किङ सुविधासहितको मण्डिखाटार निवासबाटै उनले कांग्रेसभित्रको छुट्टै पार्टी चलाउने गर्छिन् । झण्डै करोड रुपैयाँ पर्ने विलासी गाडीमा हिड्ने सुजाताले आफ्नो सम्पत्ति विवरण भने राज्यको महत्वपूर्ण निकायमा हुँदासमेत सार्वजनिक गरिनन् । बरु सम्पत्ति विवरण नबुझाएर जरिवाना मात्रै तिरेर झारा टार्ने काम गरेकी छन् । विदेशमा लामो समय ऐसको जीवन जिएकी सुजाता स्तन क्यान्सरको आशंकामा स्वाथ्य परीक्षणका लागि आइतबारमात्रै सिङ्गापुर पुगेकी छिन् । उपचारार्थ उनी सिंगापुर गएकै दिन सरकारले उपचारका लागि ५० लाख सहयोग दिने निर्णय गरेपछि सुजातामाथि चौतर्फी हमला भएको छ । उपचारका लागि राज्यकोषबाट सहयोग लिनेमा सुजाता मात्र होइन, सम्पन्नशाली धेरै नेताहरु छन् । सर्वसाधारणले आर्थिक अभावमा उपचार नपाएर मर्नुपर्ने तर नेताहरुले सामान्य उपचारका लागि पनि राज्यको ढुकुटीमा विदेशमा उपचार गर्ने गरिएको भन्दै आलोचना हुने गरेको छ । तर नेताहरुले भने त्यसको कुनै प्रवाह गरेका छैनन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending