Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

संविधान संशोधन स्विकार्य छैन : गौतम

\"bamdev-pyuthan-750\"प्यूठान, २९ कात्तिक ।सरकारले संविधान संशोधन प्रस्ताव ल्याउन लागेको चर्चा चलिरहेका वेला प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले कुनै पनि हालतमा संविधान संशोधन हुन नदिने बताएका छन् । विदेशीको इसारामा नेपाललाई टुक्राउने उद्देश्यले सिमांकन हेरफेर सहितको संशोधन मान्य नहुने बताएका हुन् । प्रेस चौतारी प्यूठानले सोमवार खलंगामा आयोजना गरेको पत्रकार भेटघाटमा उनले सरकार जनताको चाहना भन्दा विदेशीको चाहनामा अघि बढेको आरोप लगाए । ‘सरकार विदेशीको आड भरोसामा अघि बढेको छ ।’ ,उनले भने ‘विदेशी रिजाउने लक्ष्य राखिएकोले तराई पहाड छुट्टाउने खेल हामी हुन दिँदैनौं ।’ ‘मधेशवाद’को नाराले उनले हिमाल पहाडलाई अलग बनाएर देश टुक्राउने खेलमा लागेको गौतमले बताए । मधेशमा १० प्रतिशत जनमत नल्याउनेहरुले अरुलाई मधेशवादी होइन भनेर आरोप लगाउन नमिल्ने उनले बताए । ‘संविधान जारी गर्ने बेलामा विरोध गर्ने विधंस मच्चाउनेहरु अहिले त्यही संविधान संशोधन गर्ने भन्न मिल्छ ?’ पुर्व गृहमन्त्री समेत रहेको गौतमले भने, ‘हिमाल पहाडलाई तराईबाट अलग्याएर नेपाल बन्न सक्दैन ।’ नेपालको नाम फेर्ने, जातिय विभाजन गर्ने, झण्डा फेर्ने जस्ता नाराबाट माओवादी पार्टी अगाडि बढेको इतिहास कोट्याउँदै उनले भने, ‘माओवादी नेतृत्वको सरकारले सय दिनमा सिन्को समेत भाँच्न सकेन ।’ संविधानमा तोकिएको २०७४ माघसम्म निर्वाचन नभए मुलुक गम्भिर संवैधानिक संकटमा पर्नेमा उनले सचेत समेत गराए । ‘नेकपा एमाले संविधानको कार्यान्वयनका लागि सरकारलाई सहयोग गर्न तयार छ ।’ उपाध्यक्ष गौतमले भने, ‘जनजिविकाका सवालमा सवै एक हुनुपर्छ ।’ मुलुकलाई समृद्धिको दिशा प्रदान गर्ने लक्ष्य र कार्ययोजना एमालेसँग मात्र भएको भन्दै उनले विकासमा राजनीतिक आग्रह हुन नहुनेमा जोड दिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्की प्रकरणका बारेमा पत्रकारहरुको प्रश्नमा उनले भने, ‘लोकमानले आफुलाई राजामहाराजा सम्झेर अघि बढे, उनलाई कानुन बमोजिम कारवाही हुन्छ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending