Khabar Dabali १२ जेष्ठ २०८३ मंगलवार | 26th May, 2026 Tue
Investment bank

कोलम्बिया सरकार र बिद्रोहीबीच नयाँ शान्ति सम्झौता

\"fark-750\"हभाना, २८ कात्तिक । कोलम्बियाको सरकार र मुलुककै सवै भन्दा ठुलो विद्रोही समुहका रिभोलुसनरी आर्मड फोर्स अफ कोलम्बिया (फार्क) बीच शनिबार नयाँ शान्ति संझौता भएको छ । दुवैको तर्फबाट जारी वक्तव्यमा नयाँ शान्ति सम्झौतालाई संसदबाट पारित गराउने सम्झौता भएको उल्लेख छ । क्युबा र नर्वेका कूटनीतिज्ञहरुको मध्यस्थतामा क्युबाको राजधानी हभानामा सम्झौता भएको हो । “हामीले कोलम्बियाको सम्पूर्ण समुदाय र अन्तराष्ट्रिय समुदायलाई पनि यो सम्झौताको समर्थन गरिदिन आग्रह गर्दछौं । शान्तिले लामो समयसम्म पर्खन सक्दैन ।” वक्तव्यमा भनिएको छ । क्युवाका विदेश मन्त्री ब्रुनो रोड्रीगुजको रोहबरमा भएको हस्ताक्षर समारोहमा कोलम्बिया सरकारको तर्फबाट प्रमुख मध्यस्थकर्ता हुम्बेर्टो डे ला कल र फार्कको तर्फबाट समकक्षी इभान मारक्वेजले हस्ताक्षर गरेका छन् । यसअघि भएको पहिलो शान्ति सम्झौता जनमत सङ्ग्रहबाट अस्वीकृत भएको छ हप्तापछि नयाँ शान्ति सम्झौता भएको हो । जनमत सङ्ग्रहबाट सम्झौता अस्विकृत भएको नतिजा आउना साथ राष्ट्रपति जोन म्यानुअल सान्तोषले शान्ति प्रक्रियालाई नयाँ तरिकाले अगाडी बढाउने बताएका थिए । ५२ वर्ष लामो गृहयुद्ध अन्त्य गर्ने उद्देश्यले कोलम्बियामा शान्ति सम्झौताको प्रक्रिया थालिएको हो । गत सेप्टेम्बरमा भएको त्यही पहिलो शान्ति सम्झौताका लागि राष्ट्रपति सान्तोषले नोवेल शान्ति पुरस्कार समेत पाएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending