Khabar Dabali ६ माघ २०८२ सोमबार | 19th January, 2026 Mon
Investment bank

भारतीय रूपैयाँसहित दुई पक्राउ

पर्सा, २८ कात्तिक । स्रोत खुलाउन नसकेको ठुलो परिमाणको रकमसहित दुईजना युवकलाई गएराति प्रहरीले वीरगन्जको रजतजयन्ती चोकबाट पक्राउ गरेको छ । नेपाल सरकारले प्रतिबन्ध लगाएको भारतीय हजार दरका दुई सय थान नोट सहित र स्रोत खुलाउन नसकेको नेपाली १५ लाख रुपैयाँसहित ती युवकलाई पक्राउ गरिएको हो । रक्सौलबाट वीरगन्जतर्फ आउँदै गरेका वीरगन्ज उपमहानगरपालिका–१६ राधेमाई टोल निवासी १७ वर्षीय मनु तिवारीलाई रजतजयन्ती चोकमा रोकी चेकजाँच गर्दा जुत्तामा लुकाइ राखेको भारु हजार दरका दुई सय थान (दुई लाख भारु) नोट बरामद भएपछि आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिप्रका, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिए । त्यस्तै भारतबाटै नेपाल प्रवेश गर्ने क्रममा प्रहरीलाई शङ्का लागी चेकजाँच गर्दा झोलामा लुकाइ राखेको नेपाली १५ लाख रुपैयाँ बरामद भएपछि वीरगन्ज उपमहानगरपालिका–८ निवासी २२ वर्षीय रञ्जीत सर्राफलाई समेत नियन्त्रणमा लिइएको प्रवक्ता जोशीले बताए । रकमसहित पक्राउ परेका तिवारी र सर्राफलाई जिप्रकामा राखी आवश्यक अनुसन्धान भइरहेको नायब उपरीक्षक जोशीले जानकारी दिए । उनले भारतीय मुद्रासहित पक्राउ परेका रञ्जीत सर्राफलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया र स्रोत खुलाउन नसकेको रुपैयाँसहित पक्राउ परेका तिवारीलाई सम्पत्ति शुद्धीकरण कार्यालय काठमाडौँ पठाउने तयारी भएको बताए । भारत सरकारले हजार र पाँच सयको भारुमाथि प्रतिबन्ध लगाएपछि सीमा क्षेत्रमा मुद्राको ओसारपसार बढेको प्रहरीले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending