Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

भारतमा बर्डफ्लु देखिएपछि चितवनमा उच्च सतर्कता

\"bird-flue-750\"चितवन, २८ कात्तिक । भारतमा बर्डफ्लु देखिएसँगै यहाँका कुखुरा व्यवसायीले जैविक सुरक्षामा विशेष सतर्कता अपनाउन थालेका छन् । देशकै सबैभन्दा धेरै पोल्ट्रीजन्य उत्पादन हुने चितवनमा किसान र व्यवसायीले अपनाउँदै आएको जैविक सुरक्षामा विशेष कडाइ गर्न थालेका हुन् । सन्तुलित फिड्स प्रालिका प्रबन्ध निर्देशक त्रिलोचन कँडेलले फर्मभित्र अन्डा, दाना, चल्ला, कुखुरा बोक्ने गाडी छिर्न नदिइएको बताए । दाउन्ने ट्रेडर्स प्रालिका प्रबन्ध निर्देशक विनोद पोखरेलले क्रेट, कार्टुन पहिलेदेखि नै नयाँ मात्रै प्रयोग हुँदै आएकामा यसलाई कडाइ गरिएको बताए । पोल्ट्रीजन्य पदार्थ बोकेका गाडी धोएरमात्र एकपछि अर्को काम गरिँदै आएको बताउँदै उनले जैविक सुरक्षामा ध्यान दिन सके रोग भित्रिन नपाउने उल्लेख गरे । नेपाल अन्डा उत्पादन सङ्घका केन्द्रीय अध्यक्ष शिवराम केसीले सबै किसान र व्यवसायीलाई जैविक सुरक्षामा हेलचक्र्यार्इं नगर्न सूचित गरिएको जानकारी दिए । पंक्षीलाई खुल्ला रुपमा छोडेर नपाल्न, घरपालुवा पंक्षीलाई जङ्गली जनावरको सम्पर्कमा जान नदिन र मरेका पक्षी तथा सङ्क्रमित वस्तु जथाभावी नफाल्न सबैमा अनुरोध गरिएको उनले बताए । व्यवसायीले पक्षीलाई राखेको फार्म नियमित रुपमा निःसङ्क्रमण गरिरहेका छन् भने हाँस तथा कुखुरालाई मिसाएर पाल्न छाडेका छन् । बिक्रीका लागि बजार पठाएका कुखुरा र कुखुराजन्य पदार्थ फार्ममा फिर्ता ल्याउने क्रम बन्द भएको छ । ह्याचरी उद्योग सङ्घ चितवनका अध्यक्ष ऋषिराम पौडेलले भारतीय सीमा क्षेत्रमा अनुगमन गर्न लागेको बताउँदै कुखुरापालक कृषकलाई विगतमा अपनाएका जैविक सुरक्षामा अरु चनाखो हुन आग्रह गरिएको बताए । जिल्लामा कुखुराजन्य क्षेत्रमा ७५ अर्ब रूपैयाँको हाराहारीमा लगानी भएको व्यवसायीले बताउँदै आएका छन् । तथ्याङ्क विभागले गतवर्ष गरेको सर्वेक्षणअनुसार चितवनमा ५३ लाख, ६२ हजार ५९१ ब्रोइलर र ४० लाख ६८ हजार ६६५ लेयर्स कुखुरा पालिँदै आएको छ । यो सङ्ख्या नेपालको ब्रोइलर पालनमा १० दशमलव २ र लेयर्समा ५८ दशमलव ९ प्रतिशत हो । तीन वर्षअघि नेपालमा बर्डफ्लुका कारण पोल्ट्री व्यवसायमा ठूलो नोक्सानी व्यहोर्नुपरेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending