Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

ट्रम्पको जितमा को खुशी कसलाई चिन्ता ?

\"trump\"काठमाडौं, २७ कात्तिक । अमेरिकी जनताले डोनाल्ड ट्रम्पको संयुक्त राज्य अमेरिकाको ४५ औं राष्ट्रपति चुनेका छन् । यो चुनावको नजिताबाट अधिकांश नागरिक खुशी छन्, दोस्रोतर्फ भने लाखौं नागरिकलाई चिन्ता पनि देखिएको छ । डोनाल्ड ट्रम्प राष्ट्रपति बन्नबाट कुो खुशी र कसले चिन्ता महशुस गरेका होलान् ? अर्बपति ब्यापारी डोनाल्डले चुनाव जित्नुभन्दा पहिले उनको भाषणलाई सम्झिन सकिन्छ । ट्रम्पले उपराष्ट्रपतिका लागि इण्डियानाका गभर्नर माइक पेशलाई चुनोका छन् । माइकल आफ्नो दक्षिणपन्थी विचारका हुन् । यस्तो अवस्थामा अमेरिकाको कमाण्ड ट्रम्पको हातमा आउनुमा कसलाई बढी चिन्ता लागेको छ ? महिलाको भूमिका तथा महिलाको मुद्दा अमेरिकाको चुनावी इतिहासमा २०१६ को राष्ट्रपति चुनावमा लिंगको महत्वपूर्ण भूमिका रहेको छ । डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टनले लिंगको मुद्दा जोडजोडले उठाइन् । हिलारीले ट्रम्पको महिलासँगको समस्याकोबारेमा पनि जमेर मुद्दा उठाइन् । यहि मुद्दाको सहारामा उनले महिलालाई गोलबन्द गर्ने कोशिश पनि निकै गरिन् । ट्रम्पले महिलालाई घृणा गर्ने र अपमान गर्ने गरेको हिलारीको आरोप थियो । तर उनले आरोप लगाएजस्तो देखिएन । मत सर्वेक्षणकाअनुसार ४२ प्रतिशत महिनाले ट्रम्पलाई भोट दिए । ५३ प्रतिशत गोरी महिलाले पनि ट्रम्पकै पक्षमा मतदान गरे । यद्यपी काली महिलाले पनि ट्रम्पमाथि लगाइएको मुद्दा अस्वीकार गरे । चार प्रतिशत काली महिलाले पनि ट्रम्पलाई मतदान गरे । अबको आशा ट्रम्पले महिलाको बारेमा केही विवादित अभिब्यक्ति दिएका थिए । ट्रम्पले भनेका थिए–जो महिलाले गर्भपात गराउँछन्, उनीहरुलाई दण्डित गर्न चाहन्छु । ट्रम्पले फक्स न्यूजको एक एङकरमाथि समय बर्बादी गरेको भन्दै निहुँ खोजेका थिए । महिलाको विषयलाई लिएर ट्रम्पले यस्तो सोंचेर पनि उनलाई भोट कसरी मिल्यो ? जो महिला गृहिणीको रुपमा घरमा रहेका छन्, उनीहरुमाथि लैंगिक समानाको न्याय दिइएको छैन । बामपन्थी पक्षधर वेबसाइट वाक्स भन्छ – जुन महिलाको लागि श्रम बजारमा सफलताको धेरै सम्भावना थिएन, उनीहरुले ट्रम्पको समर्थन गरे । गर्भवती महिला तथा भूतपूर्व सैनिकलाई पनि ट्रम्प प्रशासनबाट फाइदा हुन सक्छ । यस मामिलामा ट्रम्पकी छोरीले उनको मद्दत गरिन् । गर्भवती महिलाको छ महिनासम्म विदाको कुरा उठाइयो । अवकाश प्राप्त महिला सैनिकलाई पनि निःशुल्क उपचारको ट्रम्पको प्रतिवद्धता जनाए । महिलाहरुका लागि चिन्ताको विषय अमेरिकामा महिला अधिकारसँग सम्बन्धित कार्यकर्ताको चिन्ताको विषय पनि यहि छ कि ट्रम्पले गर्भपात कानूनसँगै कस्तो उपचार गर्लान ? सन् १९७३मा सुप्रिम कोर्टको एक फैसालमा सबै ५० राज्यको गर्भपातको अधिकार दिएको छ । मुस्लिम समुदायलाई चिन्ता मुुसलमान समुदायमाथि ट्रम्पको टिप्पणी पनि निकै विवादस्पद छ । ट्रम्पले जितेमा के होला भन्ने अमेरिकी मुसलमानलाई निकै डर छ । ट्रम्पले अमेरिकाको सबै मस्जिदमा निगरानी गरिने बताएका थिए । मुसलमानमा राजनीतिक ठीक हुने कुनै चिन्ता नभएको ट्रम्पले भनेका थिए । यसका साथै चरमपन्थी विरोधी अभियानमा पनि मुसलमानमाथि पुरै निगरानी गरिने ट्रम्पले भनेका थिए । ट्रम्पले सबै अमेरिकी मुसलमानको तथ्यांक पनि निकाल्न चाहेका थिए । ट्रम्पको जितसँगै अब अमेरिकामा मुसलमानलाई के फाइदा हुन्छ, त्यो भने हेर्न बाँकी छ । (एजेन्सीकाे सहयोगमा)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending