Ntc summer Offer
Khabar Dabali १२ श्रावण २०८१ शनिबार | 27th July, 2024 Sat
NIMB

प्रचण्ड कति सफल, कति असफल ?

\"PM-Prachanda\"काठमाण्डौं, २६ कात्तिक । गणतन्त्र घोषणापछि दोहा¥याएर प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डको सय दिन पूरा भएको छ । प्रचण्डले २०७३ साउन २० गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ ग्रहण गरेका थिए । राम्रो काम गर्दासमेत नकारात्मक टिप्पणी भइरहेको बेला प्रचण्डले १ सय दिनमा गरेका कामकारवाहीको बारेमा हामीले केहि प्रस्तुत गर्ने जमर्को गरेका छौं । प्रचण्डले प्रधानमन्त्री निर्वाचित भए लगत्तै गत बैशाख १२ गतेको विनाशकारी भूकम्प र त्यसपछिको पराकम्पले घरबास ध्वस्त भएका पीडितहरुलाई ४५ दिनभित्र पहिलो किस्ता वापतको ५० हजार रुपैयाँ वितरण गरिसक्ने घोषणा गरेको थियो । तर प्रचण्डको यो घोषणा केबल घोषणामै सिमित भएको छ । विनाशकारी भूकम्पबाट अति प्रभावित ११ जिल्लाका पीडितहरु मध्ये करिब ९१ प्रतिशतले मात्र राहत पाएका छन् । ४ लाख ६२ हजार भूकम्प पीडित सम्झौता भएपनि हालसम्म ४ लाख २८ हजारको खातामा रकम निकासा गरेको छ । त्यस्तैफ छुट भएर गुनासो दर्ता गरेका १ लाख भन्दा माथिका गुनासोको अहिले पनि छानविन गर्न सकेको छैन् । त्यस्तै मुलुकको विकास निर्माण र भूकम्प पश्चात्को पुनःनिर्माणका लागि क्रसर उद्योगका लागि नयाँ मापदण्ड बनाउने तयारी प्रचण्ड सरकारले गरिरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । नयाँ मापदण्ड नबनुञ्जेल तत्कालका लागि ढुंगा, गिटी, बालुवालाई सहज बनाइएको छ । सरकारले प्यूठान जिल्लाका गएको बाढी पहिरो प्रभावित क्षेत्रको स्थलगत निरिक्षण गरी नेपालीहरुको महान चाड दसैं मनाउनका लागि प्रतिपरिवार १५ हजारका दरले रकम उपलब्ध गराइएको थियो । प्रचण्ड नेतृत्व सरकारकै पालामा प्राकृतिक प्रकोपबाट मृतकका परिवारलाई दिने राहत रकम ४० हजारबाट बढाएर १ लाख पु¥याइएको हो । सरकारले उच्च अदालत स्थापना गरेको छ । संविधान जारी भएको दिन अर्थात असोज ३ गते सरकारले अदालतको स्थापना गरेको थियो । त्यस्तै संविधानको कार्यान्वयन प्रक्रिया अगाडी बढाइएको छ । त्यस्तै संघीयतामा पुनः संरचनाका काम संविधानको भावना अनुरुप अगाडी बढाई प्रतिवेदन तयार गरिसकेको छ । स्थानीय तह पुनःसंरचना आयोगको काम छिटो सम्पन्न गर्ने कार्यको सहजीकरण गरेको छ । मधेशी जनजाति लगायत संविधानप्रति असन्तुष्ट पक्षसंग सार्थक संम्वाद र संविधान कार्यान्वयनका लागि वातावरण तयार गर्न सम्वद्ध सबै पक्षबीच दूरी घटाई सहकार्यको आधार तयार सरकारले गरेको छ । नेपालको संविधानप्रति रुष्ट रहेका मधेशी दलसंग अहिले पनि प्रचण्ड नेतृत्व सरकारले स्पष्ट गर्न सकेको छैन् । संविधान संशोधनको पक्षमा रहेको नेपाली कांग्रेस र माओवादी केन्द्र एउटै धारबाट जाँदा प्रतिपक्षमा रहेको नेकपा एमालेले आलटाल गरिहेको छ । विशेषत एमालेको संशोधन के का लागि गर्ने ? किन गर्ने जस्ता अविव्यत्ति दिदैं आइरहेको छ । प्रधानमन्त्री प्रचण्ड अहिले सहमतिमै संविधान संशोधन गर्ने पक्षमा छन् । तर एमालेको कारण संशोधनमा ढिलाई भइरहेको छ । १० बर्षे जनयुद्धको क्रममा वेपत्ता पारिएका व्यक्तिहरुको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ को पहिलो संशोधन मस्यौदा तयार सरकारले तयार पारिसकेको छ । सरकारले सेवाग्राहीको चापलाई मध्येनजर गर्दै कलंकी, चावहील र सल्लाघारी गरी उपत्यकाका थप तीन स्थानमा यातायात व्यवस्था कार्यालय स्थापना गरेको छ । त्यस्तै यातायात व्यवस्थालाई प्रभावकारी बनाउन साझा यातायातमा तीस वटा साझा बस थपिएका प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । राष्ट्रिय विकास समस्या समितिको बैठकमा प्रधानमन्त्रीले नै राष्ट्रिय गौरवका आयोजनाहरुको अनुगमन गरेको छ । सरकारले पूँजीगत खर्च वृद्धि गर्ने घोषणा पनि गरेको छ । बहुचर्चित मेलम्ची खानेपानी, सिक्टा सिंचाई, रानीजमरा सिंचाई, ४५६ मेगावाटको माथिल्लो तामाकोसी, मध्यपहाडी लोकमार्ग, उत्तर दक्षिण कोशी लोकमार्ग आयोजनालगायत राष्ट्रिय गौरवका आयोजनाहरुको प्रधानमन्त्रीले आफैंले अनुगमन गरेका थिए । अनुगन गर्ने क्रममा प्रचण्डले तोकिएको समयभन्दा पहिला र उच्च गुणस्तरमा सम्पन्न गर्न निर्देशन दिएका थिए । त्यस्तै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत् कृषिको उत्पादन र उत्पादकत्व वृद्धि गर्न सात वटै प्रदेशमा सुपरजोन कार्यालय स्थापना गर्ने काम अन्तिम चरणमा पुगेको बताईएको छ । औद्यौगिक उत्पादनले गति लिन लिएको बताईएको छ । कृषि बालीहरुको उत्पादन उत्साहजनक रुपमा अगाडी बढेको जनाएको छ ।नेपालको आफ्नै स्याटलाइट स्थापना गर्ने कार्य अगाडी बढाइएको छ । प्रचण्ड नेतृत्वको सरकारले यातायातलगायत सबै क्षेत्रमा रहेको सिन्डिकेट अन्त गर्ने घोषणा अनुरुप सिण्डिकेट र कार्टेलिङ विरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गरेको छ । केहि महिना अघि काभ्रे, धादिङ लगायतका जिल्लामा भएका ठूला सडक दुर्घटनामा परेकाहरुको हेलिकप्टर र एम्बुलेन्स परिचालन गरी तत्काल उद्धार गरी उपचारको प्रबन्ध गरेको थियो । त्यस्तै नक्कली डाक्टरलाई काम गर्न नदिन र मेडिकल काउन्सिलबाट निलम्वन गर्ने कार्य अगाडी बढाएको छ । जनताको स्वास्थ्यलाई मध्ये नजर गरी बजार अनुगमनलाई आम उपभोक्ताले अनूभूत गर्ने गरी प्रभावकारी रुपमा अगाडी बढाइएको, उपभोक्ता ठग्ने, कालोबजारी गर्नेलाई कारवाही गर्ने कार्यलाई तीब्र रुपमा सरकार अघि बढेको छ । संयुक्त बजार अनुगमनका लागि दू्रतकार्यटोली गठन गरी बजारमा उपभोग्य बस्तुको आपूर्ति सहज र नियमित बनाइएको, कृत्रिम मूल्यवृद्धि नियन्त्रण गरिएको छ । त्रिभूवन विमास्थलको सुरक्षा व्यवस्था, सेवाको गुणस्तर र भन्सार प्रक्रियामा सुधार गरी छिटो, छरितो र प्रभावकारी बनाएको छ । खाडी मलुकका कारागारमा रहेका र कामबिहीन अवस्थामा रहेका नेपालीहरुको तथ्याङ्क संकलन गरिएको गर्ने कार्य सरकारले थालेको छ । त्यस्तै साउदी र श्रीलंकामा अलपत्र परेका नेपालीहरुलाई उद्दार गर्ने व्यवस्था गरिएको छ । काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाई सडक सुरक्षा अभिवृद्धि गर्दै सर्वसाधारणको आवातजावतलाई सहज तुल्याइएको छ । जनता पेन्सन कार्यक्रमको वृहद् छाताभित्र कृषक सामाजिक सुरक्षाको पाइलोटिङ गर्ने कार्यको तयारी सरकारले गरिरहेको छ । यसका लागि सातवटा प्रदेशका न्यून मानव विकास सूचांङक भएका १/१ वटा जिल्लाका १/१ वटा गाविसमा यो कार्यक्रम शुभारम्भ गर्ने काम अन्तिम चरणमा पुगेको छ । गरिबका लागि सरकार कार्यक्रम सञ्चालन गर्नका लागि कार्ययोजना तर्जुमा गरी स्वीकृत गरिएको छ । गरिब घर परिवारका लागि मंसीर १ गतेदेखि परिचयपत्र वितरण शुरु गरी पौष मसान्तसम्म सक्ने तयारी गरिरहेको छ । त्यस्तै निजामती सेवा ऐन नियमावली बमोजिम नेतृत्व मूल्यांकन समितिलाई क्रियाशील बनाई उच्च तहको नेतृत्वमा गतिशील, व्यवसायिक र क्षमतायूक्त नेतृत्व सुनिश्चित गर्न नेतृत्व मूल्यांकन समिति गठन गरेको छ । छिमेकी मुलुक चीन भ्रमण नगरेका प्रचण्डले एक सय दिनको कार्यकालमा भारतको दुई पटक भ्रमण गरिसकेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy