Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

तरुण दल पर्सा अध्यक्षमा पटेल सर्वसम्मत

पर्सा, २६ कात्तिक । दुई महिना लामो छलफल र दर्जनौँ बैठकपछि नेपाली काँग्रेसको भ्रातृ सङ्गठन तरुण दल, पर्साको नयाँ कार्यसमिति सर्वसम्मतरुपमा चयन भएको छ । पार्टीका नेताबीच भएको पटकपटकको बैठक र छलफलपछि तरुण दल जिल्ला कार्यसमितिलाई निर्विरोध चयन गर्ने सहमति भएको हो । वीरगन्जमा बिहीबार सम्पन्न भएको तरुण दल पर्साको जिल्ला अधिवेशनले वीरेन्द्र पटेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । जिल्ला अधिवेशनले तरुण दल, पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा आनन्द चौधरी, सचिवमा विवेककुमार चौरसिया, कोषाध्यक्षमा बालिस्टर साह कानुलाई सर्वसम्मत निर्वाचित गरेको अध्यक्ष पटेलले आज प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । त्यस्तै, जिल्ला अधिवेशनले तरुण दलको केन्द्रीय पार्षदमा हुकुम सिंह, महिला केन्द्रीय पार्षदमा अनामिकाकुमारी यादव, महिला महाधिवेशन प्रतिनिधि ९खुल्ला०मा सवितादेवी सिंह, महिला महाधिवेशन प्रतिनिधि (समावेशी)मा शोभा देवी, समावेशी महाधिवेशन प्रतिनिधिमा विजय सिंह, दलित महाधिवेशन प्रतिनिधिमा देवेन्द्र सिंह बल (कालु) र आरक्षित महाधिवेशन प्रतिनिधिमा सावीर अहम्मद एराजलाई सर्वसम्मतरुपमा निर्वाचित गरिएको अध्यक्ष पटेलले जानकारी दिए । जिल्ला अधिवेशनले पर्सामा रहेको एक उपमहानगरपालिका तथा एक नगरपालिकासहित पाँचवटा निर्वाचन क्षेत्रका लागि क्षेत्रीय अध्यक्ष समेतलाई सर्वसम्मत नै चयन गरेको जिल्ला अध्यक्ष पटेलले बताए । उनले तरुण दलको वीरगन्ज उपमहानगरपालिकाको नगर अध्यक्षमा अजयकुमार गुप्ता र पोखरिया नगरपालिकाको नगर अध्यक्षमा रामश्रै वैठालाई चयन गरेको जानकारी दिए । त्यसैगरी, १ नं क्षेत्रको क्षेत्रीय अध्यक्षमा दशरथ पटेल, क्षेत्र नं २ मा अनिल यादव, क्षेत्र नं ३ मा सुरेन्द्र सिंह, क्षेत्र नं ४ मा फणिन्द्रप्रसाद पटेल र क्षेत्र नं ५ को क्षेत्रीय अध्यक्षमा अशोक पटेललाई चयन गरिएको अध्यक्ष पटेलले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending