Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

संविधान संसोधनको प्रक्रिया शुरु नभए मंसीरबाट आन्दोलन गर्ने मधेशी मोर्चाको निर्णय

\"madhesi-morcha\"काठमाडौ, २५ कार्तिक । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले कात्र्तिक मसान्तभित्रै संविधान संशोधन प्रस्ताव सदनमा पेश गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउने निर्णय गरेको छ । संघीय समाजवादी फोरमको कार्यालयमा आज बसेको मोर्चाको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहालले पटक पटक संविधान संसोधनको प्रस्ताव दर्ता गर्ने मिति घोषणा गरेपनि कार्यान्वयन नगरेको भन्दै अन्तिम पटक सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो । बैठकले सरकार गठनका बेला मोर्चाले प्रधानमन्त्री दाहाललाई ससर्त समर्थन गरेकाले आफूहरुका माग पूरा गर्न संविधान संसोधन गर्न आलटाल गरे मंसिरको पहिलो साताबाट आन्दोलन गर्ने निर्णय गरेको छ । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष सरतसिंह भण्डारीले सरकारले मोर्चासँग गरेको सहमतिको पालना नगरेकाले अन्तिम पटक ध्यानाकर्षण गराउन लागेको बताए । सरकारले आफूहरुका कार्यकर्ता रिहा नगर्ने घाइतको उपचारमा चासो नदेखाउने, सहिदलाई क्षतिपूर्ति नदिनुले मोर्चा थप सशंकित भएको उनको भनाई छ । बताउनुभयो । उनले आवश्यक परेमा सडक र सदनलाई उपयोग गरेर संविधान संसोधनको प्रस्ताव दर्ता गराउन दवाव दिने जानकारी दिए ।  मोर्चाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संविधान ससोधनलाई गम्भीर रुपमा नलिएकाले सहमति गराउन प्रधानमन्त्रीलाई दवाव दिने निर्णय पनि गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending