Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

देशभर लोडसेडिङ अन्त्य गर्ने सरकारको तयारी

\"electricity-hightensionकाठमाडौँ, २५ कात्तिक । सरकारले परीक्षणका रुपमा काठमाडौँ उपत्यकामा लागू गरेको लोडसेडिङ मुक्त अभियानलाई निरन्तरता दिने र देशका अन्य भागमा समेत अभियान केन्द्रित गर्ने भएको छ । विगत केही समयदेखि जारी रहेको विद्युत्भार कटौती मुक्त अभियानलाई सार्थक बनाउन प्राविधिक रुपमा तयारी गरिएको, वैकल्पिक स्रोतको पहिचान र भारतबाट थप विद्युत् आयात गर्ने विषयमा छलफल जारी रहेको जनाएको छ । ऊर्जा मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा ऊर्जा मन्त्री जनार्दन शर्माले प्राप्त भएकै स्रोतलाई परिचालन गरेर परिक्षणका रुपमा काठमाडौँ उपत्यकालाई लोडसेडिङमुक्त गर्ने गरिएको र त्यसलाई जारी राख्ने तयारी गरिएको बताए । साँझको समयमा उपत्यकामा ३०० मेगावाट विद्युत् आवश्यक भएपनि राति र बिहानको समयमा माग आधाभन्दा कममा घट्ने भएकाले व्यवस्थापन नै प्रमुख विषय रहेको उनको भनाइ छ । कुलेखानीको पानी सिध्याउने र उपत्यका बाहिर विद्युत्भार कटौती थप गरेर काठमाडौँमा नियमित विद्युत् दिइएको भनेर गरिएको प्रचारमा समेत सत्यता नरहेको भन्दै मन्त्री शर्माले मागअनुसार विद्युत् वितरण गर्न प्राधिकरण सक्षम हुने दाबी गरे । हाल एक हजार ४०० मेगावाट विद्युत्को माग भए पनि केन्द्रीय प्रणालीमा आठ सय मेगावाट बढी विद्युत् उपलब्ध भइरहेको र आगामी एक महिनाभित्र ४५ मेगावाट विद्युत् थप हुने उनले जानकारी दिए । यस्तै लामो समयदेखि अवरुद्ध रहेको चमेलिया, कुलेखानी तेस्रो र माथिल्लो त्रिशूली थ्री ‘ए’ जस्ता आयोजनालाई युद्धस्तरमा अगाडि बढाइएको जानकारी दिँदै उहाँले खिम्ती ढल्केबर प्रसारण लाइन र ढल्केबरमा रहेको सवस्टेसनको निर्माणले समेत गति लिएकाले आगामी हिउँदमा सहज रुपमा विद्युत् उपलब्ध हुने बताए । पत्रकार सम्मेलनमा ऊर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय, जल तथा ऊर्जा आयोगका अधिकारी र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पछिल्लो तीन महिनामा भएका कार्यप्रगतिका बारेमा जानकारी दिएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending