Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

प्राचीन बन्दुक लिलामीबाट २५ लाख डलर उठ्यो

\"goli1\"लन्डन, २५ कात्तिक । ऐतिहासिक चिनियाँ बादशाहको एउटा प्राचीन बन्दुक लिलाम गर्दा पच्चीस लाख अमेरिकी डलर उठेको छ । विश्वभरीका पुरातात्विक महत्वका वा अनौठा उत्पादन, सरसामान लिलाम गर्ने प्रख्यात बेलायती कम्पनी “सुथबाइज लन्डन”ले उक्त बन्दुक लिलामीमा चढाउँदा अन्तिम बोल, कबोलमा निजी क्षेत्रका एकजना एसियाली पारखीले १९ लाख ८५ हजार बेलायती पाउण्ड (पच्चीस लाख अमेरिकी डलर) खन्याएको सुथबाइजद्वारा प्रकाशित एक बिज्ञप्तिमा जनाइएको छ । चीनमा सर्वप्रथम बनाइएको भनी दावी गरिएको सो बन्दुक प्राचीन समयको आधुनिक हतियार मानिएको थियो । कलात्मक डिजाइनमा बुट्टा कुँदेर बनाइएको उक्त बन्दुकको कुन्दामा चीनका किङ्गवंशका क्यानलोङ्ग बादशाहको शाही निशाना अङ्कित छ । चिनियाँ इतिहासमा क्यानलोङ्ग बादशाह पुरातात्विक महत्वका, कलात्मक र अनौठा मालसामानका पारखी, शौखिन र महान सङ्कलक भन्ने गुणले परिचित छन् । सो बन्दुक शाही हतियार कारखानामा उनकै लागि बनाइएको थियो । बन्दुक लिलामीमा दशलाखदेखि पन्ध्रलाख पाउण्डसम्म उठ्ने अडकल गरिएकोमा बोल, कबोलमा अडकल गरेभन्दा बढ्तै रकम उठेको छ । केही वर्षयता विश्वका विशिष्ट खालका धनाढ्यहरुले चिनियाँ प्राचीन तथा पुरातात्विक सामाग्रीहरुमा निकै रुची राखेको पाइएको छ । यस्ता सरसामान हङ्गकङ्ग, लन्डन, न्युयोर्क जहाँसुकै लिलाम गरे पनि बिशिष्ट ग्राहक खाइपुग्छन् र भनेजत्ति खन्याउँछन्, पैसा उठ्न कुनै समस्या नै छैन बताउँछन् सुथबाइज लन्डनका चिनियाँ कलाकृति शाखाका वरिष्ठ निर्देशक रोबर्ट ब्य्राड्लो । चिनियाँ राजसंस्थाको इतिहासमा सबभन्दा लामो अवधिः सन् १७३६ देखि १७९५ करिब ५९ वर्षसम्म अविच्छिन्न राज्य गर्ने क्यानलोङ्ग बादशाह (जन्मः सन् १९११, मृत्युः १७९९) लाई त्यतिखेर “स्वर्गका अत्यन्त शक्तिशाली पुत्र” कहलाइन्थे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending