Khabar Dabali ६ माघ २०८२ सोमबार | 19th January, 2026 Mon
Investment bank

वडा सचिवले झुक्याइन् अदालतलाई

काठमाडौं, २५ कात्तिक । म्याद तामेली प्रकरणमा मुछिएकी काठमाडौं महानगरपालिका १० नम्बर वडाकी सचिव सरिता राईले सर्वोच्च अदालतमा झूटो विवरण पेस गरेको भेटिएको छ । बुधबार सर्वोच्च अदालतमा तारिखका लागि उपस्थित हुने क्रममा उनले ‘म्याद तामेली प्रक्रियामा आफू उपस्थित नभएको’ उल्लेख गर्दै त्यसक्रममा भएको अवरोधबारे थाहा हुन नसकेको र संलग्न व्यक्तिबारे आफूलाई केही थाहा नभएको उल्लेख गरेकी हुन् । आजको कान्तिपुरमा खबर छ– ‘हामीलाई थाहा भएसम्म वडा नागरिक मञ्चका व्यक्तिहरू हामीले कामकारबाहीको अवस्थामा देखिआएको भए पनि म्याद तामेली गर्ने ठाउँमा हामी उपस्थित नभएकाले’ वडा सचिव सरिता राई र नासु भेषराज अर्यालले तारेख बुझ्ने क्रममा गरेको कागजमा भनिएको छ, ‘उक्त कार्यमा अवरोध गर्ने पदाधिकारीहरूको स्पष्ट नाम ठेगाना फोन नम्बर यकिन रूपमा खुलाउन सक्दैनौं ।’ वडा सचिव राई र नासु अर्यालले झूटो विवरण पेस गरे पनि म्याद तामेलीमा अवरोध गर्ने समूहका अन्य सदस्यबारे भने उनी परिचित छिन् । वडा नागरिक मञ्चका पदाधिकारीहरूले ‘दिनहुँजसो आफूहरू वडा कार्यालय आउने र वरपरका सबै छिमेकीबारे जानकार भएकाले घरमा नबसेका मान्छेको गेटमा म्याद टास्न नदिने’ भन्दै कार्यालयमै बारम्बार धम्कीपूर्ण भाषा प्रयोग गरेका थिए । तामेल्दार र राईले तयार पारेको मस्यौदाको लोकमानका ज्वाइँ प्रवल थापाले फोटो खिचेर पठाएका थिए । ‘दबाब र प्रभावका कारण सचिव राईले झूटो विवरण पेस गरेकी हुन् । उनको भनाइले लोकमान पक्षधरलाई फाइदा पुग्ने देखिन्छ,’ स्रोतले भन्यो । वडा कार्यालयमा उपस्थित नागरिक मञ्चका अध्यक्ष बताउने व्यक्ति लगायतले सर्वोच्च अदालतका तामेल्दारलाई काममा अवरोध गर्ने चेतावनी पटकरपटक दिएका थिए । त्यसक्रममा सामाजिक सुरक्षा भत्तारवडाको विकास योजना लगायतमा छलफल गरेका थिए । त्यसबारेको तथ्यसमेत लुकाएर उनले सर्वोच्चमा झूटो विवरण बुझाएकी हुन् । वडा सचिव राईले यसअघि कात्तिक ११ गते पनि आफंै उपस्थित भएर सर्वोच्चमा लिखित जवाफ पेस गरेकी थिइन् । त्यसमा भएको विवरण र बुधबार उनले टिपाएको व्यहोरा मेल खाँदैन । उनले कात्तिक ११ गतेको जवाफमा म्याद तामेलीमा आफूले सहयोग गरेको दाबी गरेकी थिइन् । करिब दुई सातापछि उनको जवाफ उल्टिएको हो । कात्तिक १ गते सर्वोच्च अदालतबाट खटिएको तामेल्दारको टोलीले सचिव राईको उपस्थितिमा म्याद तामेल गरेको कागजात र प्रमाण सर्वोच्च अदालतमै सुरक्षित छ । तामेलीपछिको मुचुल्कामा तामेल्दारले ‘बानेश्वरमा कार्कीको घर फेला परेको, उक्त घरमा लोकमानसिंह कार्कीलाई फेला पार्न नसकिएको र एकाघर परिवार पनि कोही नभेटिएकाले पूर्व फर्केको घरदैलामा सूचना टाँस गरिदिएको छु’ भनी मुचुल्का गरेका छन् । उक्त व्यहोरामा राईले पनि हस्ताक्षर गरेकी छन् । पछिल्लो समय कार्कीका केही कानुनी सल्लाहकारले म्याद तामेली रितपूर्वक नभएको भनी त्यसलाई बदर गराउने कानुनी रणनीति अवलम्बन गर्न कार्कीलाई सल्लाह दिएका छन् । उनीहरू ‘बेरितको म्याद तामेली’ भएको दाबीका साथ मुद्दालाई अल्झाएर केही दिन पर सार्ने रणनीतिमा छन् । त्यसका लागि म्याद तामेल प्रक्रियामा प्रक्रियासम्मत काम नभई त्रुटि भएको हुनुपर्नेछ । ‘उनीहरूले वडा सचिव राईलाई प्रभावित पारी म्याद तामेली प्रक्रियामा म उपस्थित नै थिइनँ भन्ने व्यहोरा खुलाउन प्रेरित गरिरहेका छन्,’ स्रोतले भन्यो, ‘राई त्यही ढंगले प्रस्तुत भएकी छन् ।’ बुधबार बिहान ११ बजे सर्वोच्च अदालतमा उपस्थित भई प्रक्रिया बुझेर निस्किएकी राई त्यसपछि साढे ३ बजे फेरि अदालत पुगेकी थिइन् । राईले म्याद तामेलीमा आफ्नो संलग्नताको खण्डन गरेपछि कात्तिक १ गते गरेको कागजमा भने कार्की समर्थकले गरेको तर्कलाई बल पुग्ने गरी आफ्नो टिप्पणी लेखेकी थिइन् । ‘कार्की तीन वर्षदेखि नै यस ठेगानामा बसोबास नगर्नुभएको’ उनले लेखेको टिप्पणीमा भनिएको छ, ‘कार्की प्रमुख आयुक्तमा नियुक्त भई आयोगकै कार्यालय परिसरभित्र रहेको सरकारी निवासमा बसोबास गर्दै आउनुभएको छ ।’ सचिव राईले पठाएका कर्मचारीसहित तामेल्दारको टोली कात्तिक १ गते मध्याह्न पहिलो पटक म्याद तामेली प्रयास अवरोधका कारण फर्किएको थियो । त्यसपछि मात्रै वडा कार्यालयमा भनाभन भएको हो । राई भने दोस्रो पटकको म्याद तामेली प्रक्रियामा संलग्न थिइन् । ‘कागजातमा गरेकै हस्ताक्षरका कारण उनले म्याद तामेली गर्ने ठाउँमा हाम्रो उपस्थिति थिएन भन्न मिल्दैन,’ वडा कार्यालय स्रोतले भन्यो, ‘उनको हस्ताक्षर सहितको सबै कागजात सुरक्षित छन्, झूटो विवरण दिँदैमा ती कागजात नष्ट हुँदैनन् ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending