Khabar Dabali ६ माघ २०८२ सोमबार | 19th January, 2026 Mon
Investment bank

कागजको खोस्टो बन्यो भारु हजार र ५ सयका नोट

\"rs-500nd-thausand\"काठमाडौं, २५ कात्तिक । भारत सरकारले १ हजार र ५ सय दरका भारतीय रुपैयाँ (भारु) नोटमाथि प्रतिबन्ध लगाएपछि त्यसको असर तत्कालै नेपालमा परेको छ । नेपाल राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्था र मनी चेन्जरहरूलाई बुधबार बिहानै पत्राचार गरेर हजार र ५ सय दरका भारु सटही नगर्न निर्देशन दिएको छ । आजको राजधानी दैनिकमा खबर छ –भारत सरकारकोे निर्णयका कारण यी दरका नोट नेपालमा अब चल्नेछैनन् । नेपाल र भारतको सीमावर्ती बजारहरूमा दुवै देशका नोट कारोबार गर्ने प्रचलन रहेको र भारतबाट नेपाली वा भारतीय नागरिकले सो दरका २५ हजार रुपैयाँसम्म नोट ल्याउन दिने यसअघिको व्यवस्थाका कारण नेपालको बैंकिङ प्रणाली र सर्वसाधारणसँग समेत ठूलो परिमाणमा सो दरका भारु नोट भएको आँकलन गरिएको छ । तर, सो दरका कति नोट नेपालमा छन् भन्ने यकिन तथ्यांक राष्ट्र बैंकसँग पनि छैन । नेपालमा हजार र ५ सय दरका भारु नोट १२ फागुन २०७१ अघिसम्म चलाउन प्रतिबन्ध लगाइएको थियो । तर, सो मितिमा नेपाल राष्ट्र बैंकले नीतिगत व्यवस्था गरी सो दरका भारु पनि चल्ने र नेपाली तथा भारतीय नागरिकले २५ हजार रुपैयाँसम्मका सो दरका नोट नेपाल ल्याउन सक्ने व्यवस्था गरेको थियो । भारतले नै हजार र ५ सय दरका नोटमाथि प्रतिबन्ध लगाएपछि नेपाल राष्ट्र बैंकले सटही सुविधा दिन नसक्ने राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले बताए । यसैकारण, बुधबार बिहानै सबै बैंक तथा वित्तीय संस्था र मनी चेन्जरहरूलाई सो दरका नोट सटही नगर्न परिपत्र गरिसकिएको उनको भनाइ छ । ‘नेपालमा भएका हजार र ५ सय दरका भारु नोटको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा कूटनीतिक पहल थालेका छौं, तत्कालका लागि यी दरका नोट कहीँकतै चल्दैनन्, पछि कुनै व्यवस्था भयो भने सर्वसाधारणलाई जानकारी गराउँछौं,’ गभर्नर कार्यालयका निर्देशकसमेत रहेका पण्डितले भने । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार राति राष्ट्रका नाममा सम्बोधन गर्दै हजार र ५ सय दरका भारु नचल्ने घोषणा गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending