Khabar Dabali ६ माघ २०८२ सोमबार | 19th January, 2026 Mon
Investment bank

ट्रम्पको चमत्कारिक जित, अव के हुन्छ अमेरिकामा ?

\"trump-5-1140\"काठमाडौं, २५ कात्तिक । बुधबार बिहानीपख अमेरिकी राष्ट्रपति निर्वाचनको परिणामले समाजिक सञ्जाल भरिएपछि सर्लाहीका सुजन कार्कीले फोनवार्तामा टिप्पणी गरे, ‘अमेरिका २१ औंबाट १९ औं शताब्दीतिर मोडियो । अब यहाँ गरिखान मुस्किल त हुने त होइन ?’ यो जिज्ञासा अहिले आम बनेको छ । यसअघि पनि अनुदारवादीले हवाइट हाउस जिते पनि यसअघि यस्तो माहोल सिर्जना भएको थिएन । आजको कान्तिपुर दैनिकमा खबर छ – डोनाल्ड ट्रम्पको जितपछि एउटा प्रश्न उब्जिएको छ– अब के हुन्छ अमेरिकामा ? यो सरोकार बहुसंख्यक समुदायको होइन, अल्पसंख्यकको हो । किनकि ट्रम्पले चुनावमा अल्पसंख्यक लक्षित विभाजनको राजनीतिको बिजारोपण गरेका छन, जसले उनलाई हवाइट हाउस पुग्ने ऐतिहासिक जित दिलाएको छ । प्रश्न यहाँनिर उठ्छ, हवाइट हाउसको सिंहासन सम्हालेपछि राष्ट्रपति ट्रम्पको रवैया फेरिएला ? उनी सभ्य, शालीन राष्ट्रपति बन्लान् वा चुनावी माहोलको त्यो ताण्डव फेरि दोहोरिएला ? नीति र नियममा त्यसको प्रभाव कति पर्ला ? दुविधापूर्ण स्थिति छ । प्रश्नहरू अनुत्तरित छन् । किनकि करिब डेढ वर्षको चुनावी अभियानमा ट्रम्पले आफूलाई ‘अपरिवर्तनशील’, अटेरी व्यक्तिका रूपमा परिचित मात्र गराएनन, बिजेताकै रूपमा प्रस्तुत गरे । अन्ततः त्यही शैलीले उनलाई अमेरिकाको ४५ औं राष्ट्रपति बनायो । अल्पसंख्यक समुदायप्रति ट्रम्पको त्यो अहम् प्रदर्शन शृंखलाले ‘श्वेत अतिवाद’ अर्थात् ‘भोटिङ ब्लक’ तान्न सफल रह्यो । चुनावी अभियानमा ट्रम्पले मात्र एक पटक आफ्नो गल्तीमा क्षमायाचना गरे । विवाहित महिलाबारे आफ्नो तुच्छ अभिव्यक्तिको अडियो टेप सार्वजनिक भएपछि ट्रम्पले गल्ती स्वीकारे । किनकि, उनको चुनावी अभियान त्यसबाट प्रभावित बन्यो । मेक्सिकन आप्रवासीलाई बलात्कारीको संज्ञा होस् वा मुस्लिमलाई अमेरिका प्रवेशमा बन्देज लगाउने कुरा वा महिलामाथिको दुव्र्यवहार होस् वा शारीरिक अपांगतामाथिको उपहास, ट्रम्पले एकखाले राजनीतिक अतिवादको प्रतिनिधित्व गर्छन् । उनी धनाढ्यको कर कटौतीका पक्षधर हुन् । उनी एकातिर धनाढ्यलाई करमा सहुलियत दिन चाहन्छन् भने अर्का्तिर कम आय भएका वर्ग लक्षित स्वास्थ्य सेवालाई फिर्ता गर्ने उद्घोष गरेका छन् । यसबाट अमेरिकामा रहेका नेपाली आप्रवासी प्रभावित नहुने प्रश्न उठदैन । किनकि, संसारको जुनै कुनाबाट आएको किन नहोस, अमेरिकामा पहिलो पुस्ताका आप्रवासीका कथा–व्यथा लगभग उस्तै छन् । श्वेत जातिवादीको वकालत गर्ने डेभिड डयुकले ट्रम्पको जितलाई अमेरिकाको सुनौलो दिनको पुनरागमनका रूपमा परिभाषित गरेका छन् । यसले मूलतः नेपालीलगायतका अल्पसंख्यक समुदायलाई संशकित पारेको छ । ट्रम्प प्रशासनको प्रमुख मुद्दा हुनेछ, आप्रवासन । अधिकांश अमेरिकी श्वेत वर्गको सरोकारको विषय पनि हो यो । किनकि, ट्रम्प अमेरिकी राष्ट्रिय सुरक्षाको प्रमुख चुनौती मानिएको आतंकवादसँग आप्रवासनको अन्तरसम्बन्ध भएको दाबी गर्छन् । आप्रवासनले नै आतंकवादलाई अमेरिकामा घुसपैठ गरिरहेको उनी ठान्छन् । रोजगारी र अर्थतन्त्रको अवरोहमा आप्रवासीको प्रवाहलाई जिम्मेवार ठान्ने श्वेत अतिवाद र त्यसको नेतृत्व गर्ने ट्रम्प प्रशासनले आप्रवासीसम्बन्धी अनुदार नीति लिने सम्भावना बलियो छ । आफ्नो चुनावी अभियानमा पटक–पटक उनले कागजविहीन आप्रवासीहरूलाई उनीहरूकै देश फर्काउने उद्घोष गरेका छन् । कंग्रेसको दुवै सदनमा रिपब्लिकन पार्टीको स्पष्ट बहुमत रहेको पृष्ठभूमिमा ट्रम्प प्रशासनले अवैधानिक रूपमा बसिरहेका आप्रवासीहरूलाई डिर्पाेटेसनको नीति ल्याए त्यो पारित हुन गाह्रो हुँदैन । यसको व्यावहारिक पक्ष कति सहज, कति असहज होला भन्ने आफ्नै पक्ष छ । तर, अल्पसंख्यक समुदायलाई ‘न्यूनीकरण’ गर्ने अनुदार पार्टीको नीति एवं श्वेत सर्वाेच्चताको वकालत गरिरहेका ट्रम्प प्रशासनबीच यस विषयमा तालमेल हुने पक्का छ । जसले हजारौं संख्यामा रहेका नेपाली आप्रवासीहरू प्रभावित हुन सक्ने छन् । आप्रवासी कानुनका अधिवक्ता डिल्ली भट्टका अनुसार गैरकानुनी एवं स्थल मार्गबाट अमेरिका भित्रिने नेपाली आप्रवासीहरूमाथि ट्रम्प प्रशासन कडा हुन सक्नेछ । त्यसैगरी सामाजिक नीतिमा सरकारको हस्तक्षेपको वकालत गर्ने रिपब्लिकन र ट्रम्प प्रशासनले आप्रवासी लक्षित सामाजिक कार्यक्रमहरू पनि कटौती गर्न सक्छ । विशेषतः कल्याणकारी राज्यको परिकल्पनालाई अनुदारवादीहरूले तिरस्कार गर्दै आएका छन् । अर्काे महत्त्वपूर्ण पक्ष के भने डाइभर्सिटी भिसा (डीभी चिट्ठा) को कार्यक्रमको भविष्य पनि अनिश्चित बनेको छ । सन् २०१२ मा रिपब्लिकन पार्टी नियन्त्रित तल्लो सदन ‘हाउस अफ रिप्रेन्जेटिभ्स’ ले डीभी कार्यक्रम बन्द गर्ने बिल पास गरेको थियो । तर, डेमोक्रेट बहुमत रहेको सिनेटले त्यसलाई खारेज गरेको थियो । अधिवक्ता भट्टका अनुसार डीभी कार्यक्रम एवं परिवारका सदस्यको भिसा कोटाको खारेजीका लागि हाउसमा बिल दर्ता छ । अनुदार कंग्रेस एवं ट्रम्प प्रशासनले यसको खारेजी गर्ने सम्भावना बलियो छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending