Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

को हुन् अमेरिकी राष्ट्रपतिमा निर्बाचित ट्रम्प ? यस्तो छ –ट्रम्पको उतारचढावपूर्ण जिवनी

\"trump-5-1140\"एजेन्सी, २४ कात्तिक । अमेरिकाको ४५ औं राष्ट्रपतिमा निर्बाचित डोनाल्ड ट्रम्प राष्ट्रपति निर्बाचनमा सबैभन्दा चर्चामा रहे । ट्रम्पको कर्म, उनको सफलता, उनका अभिव्याक्ति, उनको विवाद तथा नीजि जिन्दगीको किस्सा सबै मिलेर चाखलाग्दो मसाला बनाए । तर उनै ट्रम्प अमेरिका जस्तो शक्तिशाली राष्ट्रको राष्ट्रपति निर्बाचित भएका छन् । आखिर यि सबका बाबाजुद पनि राष्ट्रपति बन्ने ट्रम्प को हुन् ? ट्रम्प एक सफल अमेरिकी व्यावसायी हुन् । उनको साथ अर्बौ रकमको सम्पत्ति छ । न्युर्योकको सबैभन्दा महंगो ठाउँ मेनहेटनमा राम्रो सम्पति छ । एक धनी अमेरिकी हुन् ट्रम्प । \"trump-2-1140\"अमेरिकाको मध्यमवर्ग ट्रम्पलाई रुचाउँछ । ट्रम्प खासमा मध्यमवर्गलाई फाइदा पुर्याउने नीतिमा छन् । उनलाई कैंयन देशले शान्ति र सुरक्षाका लागी खतरा मान्छन् ।  ट्रम्पको जिवन खासमा चाखलाग्दो र उतारचढावपूर्ण छ । १९४६ को १४ जुनमा न्युर्योकमा जन्मिएका ट्रम्प मध्यमवर्गीय इलाका तथा वाताबरणमा हुर्किए । उनका पिता फ्रेढ ट्रम्पले घरजग्गा कारोबारमा सफलता प्राप्त गरेका थिए । उतीबेलै पनि ट्रम्पका पिताले शानदार गाडी किनेका थिए चलाउनका लागी ड्राइभर राखेका थिए । ट्रम्पकी आमा स्कलल्याण्डबाट अमेरिका पुगेकी थिइन् । उनको घरमा अनुशाषन कडा थियो । उनको घरमा अनुशाषनमा बस्नैपर्ने थियो । फ्रेडसँग प्रशस्तै सम्पति हुँदाहुँदै पनि उनले आफ्ना सन्तानलाई आफ्नै खुट्टामा उभिन सिकाएका थिए । \"trump-4-1140\"जब ट्रम्प १३ वर्षका थिए तब उनका पिताले आफ्नो घरमा एउटा हतियार फेला पारे । छोरो बिग्रने डरले उनका मातापिताले उनलाई न्युर्योक आर्मी स्कुलमा भर्ना गरिदिए । आर्मी स्कुलको अनुशाषन झन कडा थियो । ट्रम्पले १९६४ मा मा आर्मी स्कुलको पढाइ सकाए र फोर्डम युनिभर्सिटीमा पढ्न थाले । १९६६ मा उनले वार्टन बिजनेश स्कुलमा पढ्नका लागी गए । १९६९ मा ट्रम्पले पढाई सकाएर न्युर्योकको मेनह्याटन फर्किए । १९७०मा आफ्ना पितासँग पैसा लिएर उनले घाटामा चलिरहेको एक होटल किने । उनले होटलको मर्मत सम्भार गर्नुको साथै १९८० मा ‘द्य ग्रयाण्ड ह्यात’ नाम राखेर होटल फेरी संचालनमा ल्याए । ट्रम्पको यो पहिलो बिजनेश नै नाफामा गयो र उनी रातारात करोडपति भए । \"trump-3-1140\"१९९२ मा ट्रम्पले न्युर्योकमा ‘ट्रम्प टावर’ बनाए । यो न्युर्योकको उच्च टावरमध्य एक थियो । भनिन्छ, यो बनाउन पोल्याण्डबाट आएका गैरकानुनी मजदुरको योगदान रहेको थियो । पोल्याण्डका ती मजदुरको सवाल यसकारण पनि महत्वपूर्ण छ कि आज ट्रम्प आप्रवासीको सबैभन्दा सशक्त विरोधी हुन् । ट्रम्प निर्बाचित हुनुअघिसम्म यसै टावरमा रहन्थे र यंहिबाट आफ्नो व्यावसाय सम्हाल्थे । ८० को दशकको सफलताजस्तै ९० को दशक ट्रम्पका लागी रहेन । उनकी पत्नि इवानालाई ट्रम्पको मार्ला नामकी महिलासँग सम्बन्ध रहेको पत्तो भयो उनले ट्रम्पसँग सम्बन्ध बिच्छेद गरिन् । यसबाट ट्रम्पलाई भारी नोक्सान हुन पुग्यो । ९० को दशकमा ट्रम्पको रियलस्टेट कारोबारमा मन्दी छायो र उनलाई भारी नोक्सान भयो । उनीसँगको कारोबारबाट होटल ताज महल इन एटलाटिंक सिटीले ट्रम्पसँग अलग हुने फैसला गर्यो । यसबाट एक सफल कारोबारीको उनको परिचयमा धक्का लाग्यो । १९९७ मा ट्रम्प शानदार तरीकाबाट घाटालाई सुधार गरे । उनले आफ्नो एयरलाइन्स बेचे र ‘मिस युनिभर्स’ र ‘मिस टीन युएसए’का प्रतिलिपि किने । मनोरन्जनको क्षेत्रमा ट्रम्पको यो पहिलो कदम थियो । \"trump-1-1140\"१९९९मा ट्रम्प राजनीतिमा प्रवेश गरे । उनले रिर्फम नामक पार्टी बनाए । उनको आशा थियो कि २००० को चुनावमा उनलाई उनको पार्टीले राष्ट्रपति चुनावका लागी उम्मेदवार बनाओस् । तर उनले राष्ट्रपति उम्मेदवार बन्न पाएनन् । जसको झोकमा उनले पार्टीसँग सम्बन्ध बिच्छेद गरे । अहिले भएको चुनावी दौरानमा भाइरल भएको एक भिडियोमा ट्रम्पको अभद्र आवाज एक टिभी शो का क्रममा खिचिएको थियो । उक्त टिभी शो को नाम ‘द अप्रेटिस’ । २००४ मा उनले उक्त टिभी शो मा काम गरेका थिए । यस टिभी शो मा ट्रम्पको कारोबारी दुनियाँको झल्को देखाइएको थियो । शो मा ट्रम्पको कारोबार गर्ने तरिकाको बारेमा देखाइएको थियो । उक्त शो अमेरिकामा दोस्रो नम्बरमा रहेको थियो । \"trump-3-1140\"२००५ को मईमा उनले दोस्रो विवाहा गरे । विवाहा लगत्तै ‘ट्रम्प युनिभर्सिटी’ नामक एक संस्था खोले । यसमा युवाहरुलाई ग्रेजुएशन र पोष्ट ग्रेजुएशन गराउने प्रस्ताव थियो । यसमा रियल स्टेटको कोर्स पाढाउने कुरामा जोड गरिएको थियो । यो युनिभर्सिटीमा ट्रम्प कसरी सफल भए ? भन्ने कुरा पढाउने बताइएको थियो । यसको ५ सालपछि एक छात्राले उनको युनिभर्सिटीलाई फर्जी हो भनि बताईन् र न्युर्योक सरकारले यसमाथि छानविन समेत गर्यो । २०१० मा यो युनिभर्सिटी बन्द भयो । \"trump-6-1140\"२०१५ मा ट्रम्पले फेरी विवादित बयान दिए । उनले एक चुनावी सभामा मुसलमानका लागी अमेरिकाको ढोका बन्द छ भन्ने अभिव्यक्ति दिए । साथै उनले भने कि अमेरिकामा रहेका मुसलमानका बारेमा जाँच गर्नुपर्छ । उनको यस भनाई हंगामा नै मच्चियो । उनको यो भनाईलाई लिएर मानिसहरु मुसलमानका लागी ट्रम्प खतरा मान्ने गर्छन् । विवाद र ट्रम्प पर्यायाबाची जस्तै रहेपनि उनी १९ जुलाई २०१६ मा अमेरिकी राष्ट्रपतिका लागी रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवार हुन सफल भए । यसपछि उनले गभर्नर माइक पेस लाई उपराष्ट्रपतिका लागी उम्मेदवार बनाए । उनले डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारीलाई विषजस्तै भन्दै लडाई छेडे । साथै उनले अमेरिकीहरुलाई आव्हान गरे कि –मलाई भोट दिएर एकपटक फेरी महान बन । ट्रम्पले मेस्सिकोको समस्याग्रस्त सिमानामा एक पर्खाल लगाउने बचन अमेरिकीहरुलाई दिए । राष्ट्रपतिय बहसपश्चात ट्रम्प चुनावी दौरान हिलारीसँग पछि परे । महिलाका सबालमा उनले दिएको विवादीत बयानले समेत उनलाई चुनावमा धक्का दियो । तर अमेरिकी मुलधारका मिडियामा सधै हिलारी भन्दा पछाडी रहेका बताइएको ट्रम्प अमेरिकाको लागी ४५ औं राष्ट्रपति बन्न सफल भए । –विविसि हिन्दी सेवाको भावनुवाद
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending