Khabar Dabali Logo
  April 12, Mon

सरकार फेरी लकडाउन गर्ने मुडमा छैन : स्वास्थ्यमन्त्री त्रिपाठी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ रोकथामका लागि सरकार लकडाउन फेरी लकडाउन गर्ने मुडमा नरहेको स्पष्ट पारेका छन् ।

मंगलबार काठमाडौंमा आयोजित ‘नेपाल हेल्थ कनक्लेभ २०२१’ मा बोल्दै मन्त्री त्रिपाठीले नेपाल अब कहिल्यैपनि लकडाउनमा नजाने दावी गरे । उनले लकडाउन भन्दाअघि गर्नुपर्ने सबै किसिमका प्रभावकारी कदम चाल्न सरकार तयार रहेको पनि बताए ।
लकडाउनले कोभिड नियन्त्रण गर्न कम हुने भएपनि सामाजिक जनजीवन र अर्थतन्त्रमा दीर्घकालीन असर पार्ने भएकाले सरकार लकडाउनमा जाने मनस्थितिमा नरहेको मन्त्री त्रिपाठीको भनाइ छ ।

‘हामी यो चाहँदैनौं कि नेपाल फेरि पनि लकडाउनको अवस्थामा जाओस् । लकडाउन भन्दा अगाडि जति महत्वपूर्ण र प्रभावकारी कदमहरु छन् सरकार ती सबै कदम चाल्न तयार छ र त्यसको तयारी गरिरहेको छ’ उनले भने ।

छिमेकी मुलुकमा कोभिड(१९ को नयाँ लहर आएकाले नेपालले सीमा नाकामा एन्टिजेन परीक्षण शुरु गरेको पनि मन्त्री त्रिपाठीले बताए । यस्तै सीमा नाकामा आइसोलेसन र क्वारेन्टिन निर्माण गर्ने काम भइरहेको बताउँदै कोभिडका कारण आतंकित नहुन पनि आग्रह गरे ।

चैत २४ गते, २०७७ - १३:४१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सर्वोच्चको न्यायधीश बन्न सुवेदी योग्य रहेको सर्वोच्च अदालतको फैसला

काठमाडौं । सर्वोच्च अदालतले उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश नहकुल सुवेदी सर्वोच्च अदालतको न्यायाधीश...   

एमाले प्रवेश गरेका माओवादीका चार प्रदेश सभा सदस्यको पद खारेज

जनकपुरधाम । नेकपा माओवादी केन्द्र परित्याग गरी नेकपा एमाले प्रवेश गरेका प्रदेश २ का चार प्रदेशसभा...   

विभूषणमा नेपालको नयाँ नक्सा नहुनु गम्भिर त्रुटि, संसदलाई जवाफ जाहियो : पुष्पा भुसाल

काठमाडौं । राष्ट्रपतिबाट प्रदान गरिएको विभूषणमा सरकारले संशोधित नक्सा नराखिएकामा प्रमुख प्रतिपक्षी...   

५ सय ५९ कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५ सय ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ४ हजार ३ सय ७८...   

कर्णाली प्रदेश सभाको सातौं अधिवेशन बैशाख ३ गते आव्हान गर्न प्रदेश मन्त्रिपरिषदको सिफारीस

काठमाडौं । कर्णाली प्रदेश सभाको सातौं अधिवेशन २०७८ वैशाख ३ गते आह्वान गर्न कर्णाली प्रदेशको मन्त्रिपरिषदले...   

माधव नेपाललाई प्रधानमन्त्री ओलीको चेतावनी : पार्टी ध्वस्त पार्न खोजे ठीक पार्छु

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आत्मालोचना गरेर पार्टीमा फर्किन...   
संसदीय समितिमा जिम्मेवारी हेरफेर : महत्वपूर्ण समितिमा माधव पक्षका सांसद ‘आउट’ ओली पक्ष ‘इन’(नामावली सहित)

संसदीय समितिमा जिम्मेवारी हेरफेर : महत्वपूर्ण समितिमा माधव पक्षका सांसद ‘आउट’ ओली पक्ष ‘इन’(नामावली सहित)

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको कार्यव्यवस्था समिति र संसदीय समितिका सदस्यहरूमा...   

कैलालीको त्रिनगर नाकाबाट भित्रिएका १३ जनामा कोरोना संक्रमण पुष्टि

कैलाली । कैलालीको त्रिनगर नाका हुँदै सोमबार नेपाल भित्रिएका १३ जनामा कोरोना संक्रमण पाइएको छ । संक्रमित...   

संसदको सुरक्षाको लागि सरकारलाई समर्थन कायमै : सांसद बस्नेत

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतले संसदको रक्षा गर्न वर्तमान सरकारलाई...   

राजनीतिक निकासको लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक : प्रदिप गिरी

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदिप गिरीले राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताएका छन् ।...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top