Khabar Dabali Logo
  April 19, Mon

नेपाल पक्षले अपनाउँदैछ यस्तो रणनीति, आज स्थायी समितिको बैठक

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नसच्चिएको भन्दै माधव नेपाल समूहले शक्ति सञ्चयको रणनीति अघि सारेको छ ।

ओली पक्षले नेपालसहित ४ अन्य स्थायी समितिलाई निलम्बन गरेपछि नेपाल समूह झनै आक्रामक रणनीतिमा लागेको हो ।

नेपाल समूहको एक केन्द्रीय सदस्यका अनुसार, ओली समूहले पेल्दै गएपछि देशव्यापीरुपमा समानान्तर संगठन बनाउने निर्णयमा नेपाल समूह पुगेको हो ।

कतिपय जिल्लामा अहिले पनि माधव पक्षका अध्यक्ष रहेकोमा तिनीहरुलाई निरन्तरता दिने र नभएका स्थानमा बेग्लै कमिटि बनाउने उनीहरुले तयारी गरेका छन् । यसैगरी प्रदेश र केन्द्रको संरचना समेत समानान्तर बनाउने काम शुरु भएको उनले बताए ।

युवा तथा विद्यार्थीलगायतका अन्य जनवर्गीय संगठनमा पनि नेपाल समूहले समानान्तर अभ्यास शुरु गरिसकेको छ ।

देशैभरी विधानसम्मत रहेका सबै कमिटिहरुको समानान्तर संरचना बनाएसँगै सबै तहमा कार्यालय स्थापना गर्ने रणनीति नेपाल समूहको छ । नेता नेपालले आफुहरुले कार्यालय खोजिरहेको कुरा सार्वजनिकरुपमा नै व्यक्त गरिसकेका छन् ।

सबै तहमा समानान्तर कमिटी र कार्यालय स्थापना भएपछि केन्द्रीय नेतृत्वका लागि भने सम्भवतः विधान अनुरुप मिल्ने गरी राष्ट्रिय भेलामार्फत अघि बढ्ने तयारी रहेको एक स्थायी कमिटि सदस्यले बताए । त्यो अवस्थामा फेरी माधव नेपाल समानान्तर अध्यक्ष बन्न सक्ने देखिन्छ ।

नेपाल समूहले आफ्नो समूहलाई एकढिक्का बनाएसँगै माओवादी केन्द्र र अन्य वाम दलहरुसँग एकताका लागि समेत तयारी शुरु गरेको छ । एकताका लागि विगतमा जस्तो एकतापछि विचारको संश्लेषणको रणनीतिमा नजाने बरु एकताका लागि वैचारिक आधार तयार पार्न प्रतिवेदन नै तयार गरेर अन्य पक्षसँग विचारमा एकता खोज्ने तयारीमा माधव नेपाल रहेको छ।

यसका लागि नेता घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, योगेश भट्टराईलगायतले तयारी गरिरहेको बताइएको छ । वैचारिक प्रतिवेदन तयार भएपछि त्यसलाई देशैभरी बहस र छलफलमा लैजाने तथा अन्य वाम घटकहरुसँग समेत त्यसकै आधारमा बहस र छलफल चलाएर एकताको आधार तयार पार्ने रणनीति नेपाल समूहको छ ।

नेकपा माओवादी केन्द्रसँग खासै वैचारिक मतभिन्नता नरहेको नेपाल समूहको निष्कर्श छ । तर माओवादी केन्द्रबाहेक रणनीतिक संयुक्त मोर्चासँग सम्बद्ध वैद्य समूहलगायतका अन्य दलसँग समेत नेपाल पक्षले आन्तरिक संवाद अघि बढाइसकेको जानकारी ती नेताले दिएका छन् ।

सम्भवतः एक महिनाभित्र वैचारिक प्रष्टतासहित नेपाल समूहको स्पष्ट संगठन देशैभरी तयार हुने उनले जानकारी दिए ।

अविश्वासको प्रस्ताव आएको अवस्थामा पार्टी ह्विप मान्ने या नमान्ने विषयमा भने नेपाल समूहले निर्णय गरिसकेको छैन ।

बोलायो स्थायी कमिटी

यसैगरी नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले स्थायी कमिटी बैठक बोलाएको छ ।

कलंकी उकालोस्थित मेगा बैंक्वेट पार्टी भेन्युमा शुक्रबार स्थायी कमिटी बैठक बेलाइएको हो ।

एमाले अध्यक्ष केपी ओलीले वरिष्ठ नेता नेपालसहित भीम रावल, घनश्याम भुषाल र सुरेन्द्र पाण्डेलाई कारवाही गर्दै ६ महिनाका लागि निलम्बन गरेका छन् ।

बैठकमा अब कसरी अगाडि बढ्ने भन्ने रणनीति तय हुनेछ । अध्यक्ष ओलीले एकलौटी निर्णय गर्न थालेपछि उक्त समूहले समानान्तर गतिविधि सञ्चालन गर्ने घोषणा गरिसकेको छ ।

चैत २० गते, २०७७ - ०८:५४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

०७८ मा तपाईको भाग्य कस्तो हुनेछ ? हेर्नुहोस् वार्षिक राशिफल

०७८ मा तपाईको भाग्य कस्तो हुनेछ ? हेर्नुहोस् वार्षिक राशिफल

राशि भनेको २७ वटा नक्षत्रहरूको एउटा घेरा अथवा समूह हो जसको माध्यमबाट सूर्यादि नवग्रह सौर्यमण्डलामा...   

दोलखामा जीप दुर्घटना, ४ को मृत्यु, १७ घाइते

दोलखा । दोलखामा गएराति सवारीसाधन दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको तातोपानी...   
रियलसँग २–१ ले स्तब्ध बार्सिलोना तेस्रोमा झर्यो

रियलसँग २–१ ले स्तब्ध बार्सिलोना तेस्रोमा झर्यो

काठमाडौं । गएराति रियलको घरेलु मैदानमा भएको खेलमा बार्सिलोना रियलसँग २–१ ले पराजित भएको छ । पहिलो...   
किन बोलाए देउवाले पदाधिकारी बैठक ?

किन बोलाए देउवाले पदाधिकारी बैठक ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । पार्टी कार्यालय...   
आज घोडे जात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

आज घोडे जात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार घोडे जात्रा मनाइँदै छ । जात्राको अवसरमा सरकारले काठमाडौं उपत्यकामा...   
पत्रकार महासंघमा ओली समर्थकको लज्जाष्पद पराजय : पोखरेल प्यानल विजयउत्सवमा

पत्रकार महासंघमा ओली समर्थकको लज्जाष्पद पराजय : पोखरेल प्यानल विजयउत्सवमा

काठमाडौं । नेपाल पत्रकार महासंघमा संयुक्त प्यानल पोखरेल प्यानलले विजयउत्सव मनाउन थालेको छ । संयुक्त...   
व्यावसायिक पशुपालनमा लाग्न प्रेरणाका स्रोत बने नराल दाजुभाइ

व्यावसायिक पशुपालनमा लाग्न प्रेरणाका स्रोत बने नराल दाजुभाइ

तनहुँ । व्यास नगरपालिका–१३ स्थित पोखरीभञ्ज्याङ निवासी तरुण दल तनहुँका सचिव दयानिधि र पुस्तक व्यवसायी...   

भीम रावलको प्रश्न : राष्ट्रपतिबाट प्रदान गरिएको तक्मामा चुच्चे नक्शा खै ?

काठमाडाैं। नेकपा एमालेमा निलम्बनमा परेका नेता भीम रावलले राष्ट्रपतिबाट प्रदान गरिएको तक्मामा अंकित...   

पौडेलको खुलासा : नयाँ विकल्प प्रस्तुत गर्ने प्रयत्नमा छौं

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा नयाँ विकल्प प्रस्तुत गर्ने प्रयत्नमा...   

३६६ इन्स्पेक्टरको सरुवा, को–कहाँ ?

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ३६६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा गरेको छ । शुक्रबार...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top