Khabar Dabali Logo
  April 20, Tue

आज एमाले संसदीय दलको बैठक हुदैँ, नेपाल–खनाल पक्ष उपस्थित नहुने

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज (बिहीबार) विहान ११ बजे नेकपा एमालेको संसदीय दलको बैठक बस्दैछ ।

तर यस बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष भने असहभागी हुने जनाएको छ ।

प्रमुख सचेतक विशाल भट्टराईका अनुसार बैठकबारे पार्टीका सबै सांसदहरुलाई जानकारी गराइएको छ ।

यसैबिच नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला बिहीबार पनि हुँदैछ । भेलामा नेता माधवकुमार नेपालले बुधबार कार्यपत्र प्रस्तुत गरेका थिए ।कार्यपत्रमा सामूहिक छलफल भइरहेको छ । भेला बिहीबार नै सकिने छ ।नेपाल–खनाल समूहकाे अनुपस्थितमा आजको वैठकमा अध्यक्ष ओली कसरी प्रस्तुत होलान् भन्ने चासोको विषय बनेको छ ।

संसदीय दलको वैठकमा सहभागी नहुनेलाई पार्टी विधानको व्यवस्था अनुसार हुँदै जाने चेतावनी प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिइसकेका छन् ।

चैत ५ गते, २०७७ - ०८:५८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’...   

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै...   

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष...   

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ...   

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा...   

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर...   

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको...   

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार)...   

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको...   

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top