Khabar Dabali Logo
  April 20, Tue

माओवादी केन्द्रको बैठक बस्दै –थापासहित एमालेमा गएका २३ लाई कारवाही !

काठमाडौं । आजबाट नेकपा माओवादी केन्द्रको केन्द्रिय समितिको बैठक बस्न लागिरहेको छ ।

अदालतको फैसलाबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट छुटिट्एका नेकपा एमाले र माओवादी केन्द्रमध्य केन्द्रको पहिलोपटक केन्द्रिय समिति बस्न लागेको हो ।

केन्द्रका एक स्थायी समिति सदस्यका अनुसार यो बैठकले पार्टी सुदृढिकरणको खाका कोर्ने छ भने एमालेमा प्रवेश गरेका राम बहादुर थापा बादल सहित २३ जनालाई कारवाही गर्नेछ ।

नेकपा विभाजन भएपछि स्थायी समितिका सदस्यहरु थापा, टोप बहादुर रायमाझि, मणी थापा, लेखराज भट्ट लगायतका २२ केन्द्रिय सदस्य एमालेमा प्रवेश गरेका छन् । यसअघि स्थायी समितिको बैठकले २४ घण्टाभित्र उनीहरुलाई आफ्नो अवस्था प्रष्ट पार्न भनेको थियो ।

उता एमालेको बैठक बसेर थापा, मणी थापा र लेखराज भट्टलाई प्रदेश इन्चार्जको जिम्मा दिइसकेको छ । उनीहरुले पनि माओवादी केन्द्रमा नफर्किने बताईसकेका छन् । उनीहरुमध्य राम बहादुर थापा राष्ट्रियसभा सदस्य छन् भने रायमाझि, भट्ट, गौरिशंखर थारु, प्रभु शाह लगायतका प्रतिनिधिसभाका सदस्य छन् । माओवादी केन्द्रले उनीहरुलाई प्रतिनिधिसभा तथा राष्ट्रियसभाबाट समेत कारवाही गर्ने तयारी गरेको छ ।

माओवादी केन्द्रले यसरी कारवाही गर्दा उनीहरुको सबै पद गुम्नेछ भने उक्त स्थानमा पुननिर्बाचन हुने संबैधानिक प्रावधान छ ।

चैत १ गते, २०७७ - १०:३७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओलीले स्पष्टीकरण सोधेका ३२ सांसद कोको हुन् ? हेर्नुहोस् नामावली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली माधव नेपाल सहित ३२ सांसदलाई स्पष्टीकरण सोधेका छन्...   

माओवादी केन्द्रको स्थायी समितिको बैठक जारी, सरकारको समर्थनबारे भोलीको निर्णय के हुन्छ ?

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकिएको छ । मंगलबार पार्टी कार्यालय कोटेश्वर...   

हरिद्वारबाट फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना संक्रमण

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना...   
संसद अन्त्यले रोकिदैंन सत्ता संकट–यस्तो बनेको थियो समझदारी, यसरी ढल्छ ओली सरकार !

संसद अन्त्यले रोकिदैंन सत्ता संकट–यस्तो बनेको थियो समझदारी, यसरी ढल्छ ओली सरकार !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव लैजाने गृहकार्य भइरहेको बेला...   
राजस्थानविरुद्ध चेन्नईको शानदार जित

राजस्थानविरुद्ध चेन्नईको शानदार जित

काठमाडौं  । १४औँ सिजनको आईपीएलअन्तर्गत राजस्थान रोयल्सविरुद्ध चेन्नई सुपर किंग्स (सीएसके) ४५ रनले...   
०७८ मा तपाईको भाग्य कस्तो हुनेछ ? हेर्नुहोस् वार्षिक राशिफल

०७८ मा तपाईको भाग्य कस्तो हुनेछ ? हेर्नुहोस् वार्षिक राशिफल

राशि भनेको २७ वटा नक्षत्रहरूको एउटा घेरा अथवा समूह हो जसको माध्यमबाट सूर्यादि नवग्रह सौर्यमण्डलामा...   

दोलखामा जीप दुर्घटना, ४ को मृत्यु, १७ घाइते

दोलखा । दोलखामा गएराति सवारीसाधन दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको तातोपानी...   
रियलसँग २–१ ले स्तब्ध बार्सिलोना तेस्रोमा झर्यो

रियलसँग २–१ ले स्तब्ध बार्सिलोना तेस्रोमा झर्यो

काठमाडौं । गएराति रियलको घरेलु मैदानमा भएको खेलमा बार्सिलोना रियलसँग २–१ ले पराजित भएको छ । पहिलो...   
किन बोलाए देउवाले पदाधिकारी बैठक ?

किन बोलाए देउवाले पदाधिकारी बैठक ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । पार्टी कार्यालय...   
आज घोडे जात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

आज घोडे जात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार घोडे जात्रा मनाइँदै छ । जात्राको अवसरमा सरकारले काठमाडौं उपत्यकामा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top