
साउन–भदौमा आउनुपर्ने मल फागुनमा आयो

-
-
फागुन २१ गते, २०७७ - ०७:४१

काठमाडौं । गत भदौ साता सिजनमै रासायनिक मलको अभाव चुलिएपछि नेपाल र बंगलादेशका दुई प्रधानमन्त्रीबीच पैंचोमा मल ल्याउन छलफल भयो ।
आजको कान्तिपुर दैनिकमा खबर छ- छलफलमा पौंचोमा मल ल्याउने मौखिक सहमति समेत भयो । तर दुई महिनापछि बंगलादेश मैखिक सहमतिबाट पछि हटेपछि कात्तिक २४ को मन्त्रिपरिषद् बैठकले जीटूजीमार्फत ल्याउने निर्णय गर्यो ।
त्यसपछि मंसिर १८ मा बसेको मन्त्रिपरिषद बैठकले पुनः जीटुजीमार्फत खरिद गर्ने निर्णय गरेपछि पुसमा कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारी र बंगलादेश केमिकल इन्ठ्रस्ट्रिज कर्पोरेसनका अध्यक्ष महमद एमिन उल अहसनले सम्झौतापत्रमा हस्ताक्ष्र गरे ।
जीटूजीमार्फत ५० हजार टन मल ल्याउने सम्झौता भएपछि बंगलादेशबाट मल आयात प्रक्रिया सुरु भएको छ । बंगलादेशबाट पहिलो लटको मल कोलकोतामा आइपुगेको कृषि सचिव योगेन्द्रकुमार कार्कीले जानकारी दिए ।
अब दुई तीन दिनमा नेपाल आइपुग्ने उनले बताए । बंगलादेशको मल आउँदै छ केही आइसकेको छ । आजभोलिमा पनि आइपुग्दै छ, बिहीबर मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, दुई देशका प्रधानमन्त्रीबीच भएको छलफलबमोजिम साउन भदौमै आइसक्नुपथ्र्यो ।
आयात प्रक्रिया मिलाउँदा केही ढिला भयो । बजारमा मलको हाहाकार भएपछि मन्त्रालयले साउन भदौमै नेपाल आइपुग्ने गरी आपत्तकालीन अवस्थामा मल ल्याउन खोजेको थियो । तर सिजनमा ल्याउन सकेन । ६ महिनापछि आयात भइरहेको मलमा भने मन्त्रालयले प्रगति देखेको छ ।
कोलकताबाट मल हिडिसकेको छ, केही लट आजभोलि नै आउँछ । मलको मौज्दात पर्याप्त रहेकाले १० १२ दिन ढिलाइ हुँदा केही समस्या छैन, सचिव कार्कीले भने, मल आयो, यही नै सुखद पक्ष हो । ६ महिनापछि सफल भएका छौं ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’...विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै...दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष...चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ...एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा...कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर...कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको...उस्तै रह्याे एमाले विवाद
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार)...सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको...दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले...

प्रतिकृया लेख्नुहोस्:
- भारतीय कंग्रेस नेता राहुल गान्धीलाई कोभिड–१९ संक्रमण पुष्टि
- कोरोना सङ्क्रमणबाट ग्रसित ५५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु
- ३० वर्षे सेवावधि पूरा गरेका वन तथा वातावरण सचिव डा. ओलीको बिदाइ
- उच्च गुणस्तरीय “बेल्ट एन्ड रोड” सहयोगमा चीन प्रतिबद्धः सी चिनफिङ
- प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत पारिश्रमिक कम हुँदा काम गर्नै मान्दैनन् युवा