Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

मालुङ्गाका ३९४ घरमा ‘एक घर एक धारा’ जडान

वालिङ । स्याङ्जाको गल्याङ नगरपालिका–१ स्थित मालुङ्गाका ३९४ घरमा ‘एक घर एक धारा’ जडान गरिएको छ । लामो समयदेखि खानेपानीको चरम अभाव खेपिरहेका यहाँका स्थानीयवासीले खानेपानीको धारा घरघरमा जडान भएसँगै राहत महशुस गरेका हुन् ।

‘मालुङ्गा चिदेपानी खानेपानी योजना’अन्तर्गत गाउँमा खानेपानी वितरण गरिएको गल्याङ नगरपालिका–१ का वडाध्यक्ष गणेश बस्यालले बताए । “साविकको मालुङ्गा गाविसका वडा नं १, २, ३ र ४ मा खानेपानीको निकै समस्या थियो, वडाध्यक्ष बस्यालले भने, “गाउँको पहिलो प्राथमिकतामा परेको खानेपानीको समस्या समाधानका लागि निरन्तरको प्रयासपछि खानेपानीको समस्या हल गर्न सकेका छौँ ।”

तीन वर्षदेखि निर्माण कार्य थालिएको योजना हालै मात्र रु ७५ लाखको लागतमा निर्माण सम्पन्न भएको वडाध्यक्ष बस्यालले बताए । राम्दी नजिकै रहेको चिदीपानी मुलबाट झण्डै तीन किलोमिटर दूरीमा पाइपमार्फत कालीगण्डकी नदीको किनार उत्तरबाहिनी (खाडाघाट) मा पानी ल्याई ट्याङ्कीमा सङ्कलन गरिएको उपभोक्ता समितिका अध्यक्ष नवराज बस्यालले बताए ।

बाक्लो बस्ती रहेको यहाँका स्थानीयवासीले लामो समयदेखि खानेपानीको चरम अभाव झेल्दै आएका थिए । “खाडाघाटमा एक लाख लिटरको ट्याङ्की निर्माण गरेका छौँ, त्यहाँबाट दुई चरणमा ५२० मिटर माथि रहेको बजादीमा एक लाख लिटरको ट्याङ्कीमा पानी जम्मा गरी वितरण गरिएको छ” उपभोक्ता समितिका अध्यक्ष बस्यालले भने, “गाउँभन्दा तल रहेको कालीगण्डकी नदीमा बगेको पानी हेरेर तिर्खा मेटाउनु पर्ने समस्या अब घरमै पानी आएपछि हल भएको छ ।”

खानेपानीको जोहोका लागि दैनिक गाउँभन्दा पर रहेका मुलमा ट्याङ्कर, ट्याक्टर तथा मोटरसाइकलमा पानी बोकेर दैनिकी चलाउँदै आएको उपभोक्ता समितिका अध्यक्ष बस्यालले बताए । “खानेपानीको स्रोत नजिकै नभएकाले ट्याङ्कर तथा ट्याक्टरमा ड्रम राखेर पानी ल्याउनुपर्ने बाध्यता थियो” उपभोक्ता समितिका अध्यक्ष बस्यालले भने, “खानेपानीका लागि लामो समयदेखि झेल्दै आएको समस्या हल भएसँगै हामी निक्कै उत्साहित र हर्षित छौँ ।” स्थानीयवासी डोलमाया बस्यालले भने, “अब पानीका लागि दिनै बिताउनु पर्ने छैन ।” पानीको अभावका कारण खानेपानी, बस्तुभाउलाई खुवाउने पानी, नुहाइधुवाइ तथा करेसाबारीमा पानी हाल्नका लागि अड्कल्नु पथ्र्यो, अब सहज हुने विश्वास बस्यालको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies