Khabar Dabali Logo
  March 9, Tue

माथिल्लो तामाकोशीको शेयरमा सकारात्मक सर्किट

काठमाडौ । जलविद्युत् कम्पनीको शेयरमा लगानीकर्ताको उल्लेख्य आकर्षण देखिएको छ । पछिल्ला दिनमा लगातार नयाँ रेकर्ड बनाउँदै अगाडि बढेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक नेप्से पनि नयाँ उचाइमा पुगेको छ ।

साताको पहिलो दिन आजको कारोवारमा अत्यधिक लगानीकर्ता जलविद्युत् कम्पनीको शेयर खरीद बिक्रीमा लालायित देखिएका छन् । सोही कारण माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । सो कम्पनीको शेयर प्रतिकित्ता रु ४९ को वृद्धि भई रु ५३९ मा पुगेको छ । राष्ट्रिय गौरवको सो आयोजना निर्माणको अन्तिम चरणमा रहेको छ । कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाबाट आगामी चैतको अन्तिम सातादेखि परीक्षण उत्पादन गर्ने गरी तयारी गरिएको छ ।

आजको कारोवारपछि नेप्से ३.६६ विन्दुले सुधार भई दुई हजार ६४०.३४ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.२० विन्दुले घटेर ४७९.५८ मा ओर्लेको छ ।

कूल २०७ कम्पनीको दुई करोड ४३ लाख पाँच हजार ६६ कित्ता शेयर रु आठ अर्ब ८३ करोड ४६ लाख तीन हजार ९६७ मूल्यमा खरीदबिक्री भए । कारोबार भएका कूल १२ उपसमूहमध्ये आज पाँच उपसमूहको शेयर ओरालो लागेको छ भने सात उपसमूहको शेयर भने वृद्धि भएको छ । बैंकिङ ७.१३, वित्त ४.१८, निर्जीवन बीमा ८३.८८, लघुवित्त ४५.४६ र जीवन बीमा ३६१.४६ ले घटेको छ ।

यस्तै व्यापार १६.५, होटेल १२।१७, विकास बैंक २९.३२, जलविद्युत् ८३.२७, उत्पादन ४.४४, अन्य ३९.९१ र सामूहिक लगानी कोष ०.८२ ले वृद्धि भएको छ ।

आजको कारोवार पछि बजार पूँजीकरण रु ३६ खर्ब ३८ अर्ब २७ करोड ८० लाख ९१ हजार ३६१ बराबर पुगेको छ । यो देशको कूल ग्रार्हस्थ्य उत्पादन (जिडिपी)को हाराहारी नै हो ।

कारोवारका आधारमा नेपाल बैंक लिमिटेड शीर्षस्थानमा रहेको छ । सो बैंकको रु ६१ करोड ७४ लाख ७५ हजार ६७२ बराबरको कारोबार भएको छ । यस्तै नेपाल पूर्वाधार बैंक रु ५५ करोड २१ लाख १२ हजार २३, ग्लोबल आइएमई बैंक रु ३१ करोड २२ लाख ५४ हजार २१२, एनआइसी एसिया बैंक रु ३० करोड ६६ लाख ७७ हजार ३६०, शिखर इन्सुरेन्स कम्पनी रु २७ करोड ५६ लाख ६२ हजार २६३, नबिल बैंक रु २५ करोड ३१ लाख ८८ हजार ३५४, नेपाल लाइफ इन्सुरेन्स रु २३ करोड ४२ लाख ४७ हजार ६३७, माथिल्लो तामाकोशी रु २२ करोड ७० लाख १८ हजार ८८६ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

कारोबारका आधारमा माथिल्लो तामाकोशी र शिव श्री हाइड्रोपावरका लगानीकर्ताले समान १० प्रतिशतले कमाउँदा, नेपाल पूर्वाधार बैंक ९.८९, नेपाल हाइड्रो डेभलपमर ९.८२, चन्द्रागिरि हिल्स ९.८०, समृद्धि फाइनान्स ९.७७, एनआइसी एसिया ब्यालेन्स फन्ड ९.७५, एनएमबी हाइब्रिड फन्ड ८.४६ र लिबर्टी इनर्जीका लगानीकर्ताले ८.१३ प्रतिशतले कमाए ।

यस्तै बेस्ट फाइनान्स ३.३७, किसान लघुवित्त ३.२७, सबैको लघुवित्त ३.२७, समिट लघुवित्त ३.२४, फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स ३.२०, लक्ष्मी लघुवित्त ३.१५, सनराइज बैंक ३.१५ र लाइफ इन्सुरेन्स कम्पनीका लगानीकर्ताले ३.१५ प्रतिशतले गुमाए ।

फागुन ९ गते, २०७७ - १९:१८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मानव शरीरमा एक सय ७ मर्मस्थान, जहाँ आघात पुगे निधन हुनसक्छ

मानव शरीरमा एक सय ७ मर्मस्थान, जहाँ आघात पुगे निधन हुनसक्छ

काठमाडौँ । मानव शरीरमा १०७ वटा जीवितीय विन्दु हुन्छ । ती विन्दुमा आघात पर्दा मानिसको निधनसमेत हुनसक्ने...   

एकै घरका पाँच जनाले कर्णालीमा हामफालेर आत्महत्या गरेको आशङ्का

कर्णाली । दैलेखको आठबीस नगरपालिका–३ दैलेख निमाइलका एउटै घरका पाँच जनाले कर्णाली नदीमा हामफालेर आत्महत्या...   

गोठमा बाँधेका जनावर चितुवाले खान थालेपछि लक्ष्मीपुरवासी चिन्तित

कञ्चनपुर । चितुवाले दैनिक घरपालुवा जनावर गोठबाटै लगेर खान थालेपछि शुक्लाफाँटा नगरपालिका–२ लक्ष्मीपुरका...   

बर्दिवासमा भूमाफियाको जगजगी ह्वात्तै बढ्यो

महोत्तरी । महोत्तरीको बर्दिवास नगर क्षेत्रमा सरकारले सुकुम्बासी र अव्यवस्थित बसोबासी जग्गा व्यवस्थित...   

विश्वविद्यालयका निर्देशकसहित चार उपप्राध्यापकको राजीनामा

कर्णाली । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कानून सङ्काय स्कूल अफ ल कार्यक्रमका निर्देशकसहित चार...   

प्रचण्ड र नेपाल पक्ष पनि छुट्टियो, माओवादी, एमाले छुट्टै पार्टीमा रहने निर्णय

काठमाडौं । आज पेरिसडाँडामा बसेको पुष्पकमल दाहाल प्रचण्ड–माधव नेपाल पक्षको स्थायी समितिको बैठकले...   
जब श्रीमतीले श्रीमान् बोकेर दौडिए…

जब श्रीमतीले श्रीमान् बोकेर दौडिए…

दमौली । एक सय एघारौँ अन्तर्राष्ट्रिय नारी दिवस देवघाट गाउँपालिकाले भने भिन्न खाले कार्यक्रम गरेर...   

तेजाब आक्रमणमा सम्लग्नलाई कारबाही गर्न ल्याइएको अध्यादेश रोकिनुहुन्न : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तेजाब आक्रमणमा सम्लग्नलाई कारबाहीका लागि जारी भएको अध्यादेशलाई...   

छोरी जन्मेसँगै शोक मनाउने मनोविज्ञानको अन्त्य हुन आवश्यक छ : मुख्यमन्त्री राउत

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले छोरी जन्मेसँगै शोक मनाउने मनोविज्ञानको अन्त्य हुन जरूरी...   

हुम्लामा भारी हिमपात, हवाई उडान अवरुद्ध

सिमकोट । उच्च हिमाली जिल्ला हुम्लामा लामो समयपछि आजदेखि निरन्तर हिमपात भएको छ । विगतका वर्षमा भारी...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top