
‘बुद्धिजीवी बिग्रिए सबै बिगार्छन्’

-
-
फागुन ८ गते, २०७७ - ०७:४७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धिजीवीहरूलाई सही बाटो देखाउन टर्चलाइट हुन आग्रह गरेका छन् । बुद्धिजीवीहरू सप्रिए सर्जक बनी सबैलाई सही बाटो देखाउने तर बिग्रिए सबैलाई बिगार्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ – ‘केही बुद्धिजीवीले धेरै बुझे र बिग्रिए । त्यस्ता बुद्धिजीवी देश, जनता र समयविरुद्ध हुँदारहेछन्’, प्रधानमन्त्री ओलीले शुक्रबार राजधानीमा आयोजित साहित्यिक तथा सांस्कृतिक कार्यक्रममा भने, ‘बुद्धिजीवी दर्शनतिर लाग्छन् अलमलिन्छन् । बाजले डाइभ हाने जस्तो गर्छन् ।’
ओलीले सही बाटोबाट सहज परिस्थिति निर्माण हुने तर केही बुद्धिजीवीले बेरोजगार युवालाई गलत बाटोमा लगेको आरोप उनले लगाए । ‘केही हिंस्रक तत्वहरूले मौका पाउनासाथ प्रवृत्ति देखाए अनि जनतालाई कुहिरोको काग बनाउने प्रयत्नमा लागे’, उनले भने । किसानले जे छ त्यही देख्छ तर बुद्धिजीवी त्यसमा इन्द्र देख्ने, हात्तीमा चढेर बज्र समातेको देख्ने अनि किसानलाई उल्लीबिल्ली पार्ने गरेको उनको भनाइ थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल प्रज्ञा प्रतिष्ठानले ७१औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा उक्त कार्यक्रम आयोजना गरेका थिए । कार्यक्रममा निबन्धतर्फ गणेशप्रसाद भट्टराई, रेजिना आपगाईँ र प्रेमराज सिलवाल अनि कवितातर्फ विक्रम पवन परियार, गोविन्दगोपाल खतिवडा र तेज राई क्रमशः प्रथम, द्वितीय र तृतीय भएका थिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
वैदेशिक रोजगारीमा ठगी : म्यानपावर सञ्चालक जेल, पीडितको तीन करोड डुब्यो
काठमाडौंं। बेरोजगार युवालाई वैदेशिक रोजगारीमा पठाउने भन्दै भेरी ओभरसिज म्यानपावरले तीन करोड रूपैयाँ...विद्युतीय चुरोट स्वास्थ्यकाे लागि हानिकारक
काठमाडौं । युवा वर्गमा ई–चुरोट (विद्युतीय चुरोट)को प्रयोगले स्वास्थ्यमा नकारात्मक असर गर्ने गरेको...आठवटा खोप भण्डार गृह स्थापना सुरू
काठमाडौं । सरकारले खोप भण्डार क्षमता अभिवृद्धि गर्न पूर्वाधारमा व्यापक विस्तार गर्ने भएको छ । त्यस...रेल सञ्चालनमा अझै अनिश्चितता बढ्याे
काठमाडौं । पाँच महिनाअघि भारतबाट ल्याएको रेल सञ्चालनमा अझै अनिश्चितता बढेको छ । जनकपुर–जयनगर रेलमार्गमा...नेकपा विवाद टुंगो नलागेसम्म कांग्रेस कतै नलाग्ने
काठमाडौंं । गोरखाको पालुङटारमा तीन वर्षअघि वाम गठबन्धनको चुनावी सभामा तत्कालीन एमाले अध्यक्ष केपी...निर्णायक कांग्रेस : देउवाकै भरमा नेकपाका दुई समूह
काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णयलाई बदर गरेसँगै बनेको नयाँ राजनीतिक ‘कोर्स’मा...छोरीको दरबन्दीमा बाबु जागिरे
पर्सा । पर्साको ठोरी गाउँपालिकामा रहेको स्वास्थ्य चौकीमा एक कार्यालय सहयोगी पदमा छोरीको दरबन्दीमा...के छ ओलीको अबको रणनीति ?
काठमाडौं। नेकपाका दुवै खेमा प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलापछि आआफ्नो रणनीति...सरकारमा जाने लाइनमा जसपा
काठमाडौं । जनता समाजवादी पार्टीले राजनीतिक परिस्थिति फेरिएसँगै सरकारमा जान सक्ने लाइन बनाएको छ ।...सरकारले तीन वर्षदेखि लुकायो राष्ट्रिय सुरक्षा नीति
काठमाडौं । सरकारले तीन वर्षअघि मन्त्रिपरिषद् बैठकले पारित गरेको सार्वजनिक दस्ताबेज ‘राष्ट्रिय सुरक्षा...

प्रतिकृया लेख्नुहोस्:
- भारतमा बिहीबार कोरोना सङ्क्रमणको कारण १२० जनाको मृत्यु
- अमेरिकामा न्यूनतम ज्याला प्रतिघण्टा १५ डलर पुर्याउने प्रस्तावमा सहमति जुटेन
- क्यालिफोर्नियामा कोरोनाबाट ५० हजार जनाभन्दा बढीको मृत्यु
- सिरियामा अमेरिकी हवाई कारबाहीमा परी इरान समर्थक १७ लडाकू मारिए
- भारतबाट अवैधरूपमा कुखुराको तस्करी बढेपछि व्यवसायी चिन्तित