Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

खर्चिलो बन्दै आन्दोलन र समर्थन, कहाँबाट जुटाउँछन् कार्यकर्ता उतार्ने यति ठूलो खर्च ?

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि शक्ति प्रदर्शनका नाममा गरिने समर्थन र विरोधका कार्यक्रम खर्चिला बन्दै गएका छन् । ठूला सभा सम्मेलनमा कार्यकर्ता उतार्नका लागि ठूलो खर्च हुने गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को ओली पक्षधर, प्रचण्ड–नेपाल पक्ष र नेपाली कांग्रेसले जिल्ला, प्रदेश र केन्द्रस्तरका विरोध र समर्थनका कार्यक्रम गरिरहेका छन् । ती कार्यक्रममा टाढाटाढाबाट कार्यकर्ता ओसार्न, स्टेज तयार गर्न, झण्डा बनाउन, माइक, पानी, स्टेशनरी, खाना, प्रचारप्रसारलगायतमा ठूलो खर्च हुने गरेको छ ।

नेकपा चितवनका अध्यक्ष यमबहादुर परियारले बुधबार काठमाडौँमा भएको विरोधसभामा २०० वटा ठूला बस र ठूलै सङ्ख्याका साना गाडीमा कार्यकर्ता गएको बताए। यसअघि माघ ९ गते ८० वटा बस र पुस १४ गते ४९ वटा बस कार्यकर्ता बोकेर काठमाडौँ गएको उहाँको भनाइ छ । यी कार्यक्रममा साना गाडी पनि ठूलो सङ्ख्यामा गएका थिए । एउटा बसले चितवनदेखि काठमाडौँसम्म जाँदा आउँदा रु २५ हजार हाराहारी भाडा लिने गर्दछन् । नेता कार्यकर्तालाई बाटोमा खाजा, खाना, पानी पनि ठूलै खर्च हुने गर्दछ । यस्तै झण्डा र ब्यानरमा पनि खर्च हुने गरेको छ । परियारले पार्टीभित्रकै नेता कार्यकर्ताबाट आर्थिक सङ्कलन गरेर खर्च जुटाउने गरेको बताउनुभयो । उहाँका अनुसार कतिपय कार्यकर्ता आफैँले खर्चको व्यवस्थापन गर्ने गरेका छन् ।

नेकपा ओली पक्षले जिल्लामा माघ १७ गते प्रधानमन्त्री ओलीको उपस्थितिमा जनसभा आयोजना गर्यो । सो सभामा १०० हाराहारी बसले जिल्लाका विभिन्न ठाउँबाट कार्यकर्ता ओसारेका थिए । सोही पक्षले माघ २३ गते काठमाडौँमा यहाँबाट ठूलो सङ्ख्यामा कार्यकर्ता लगेको थियो । भरतपुर महानगरपालिका–११ बाट मात्रै चार वटा बसमा कार्यकर्ता लगेको स्थानीय नेता ईश्वरी पण्डितले जानकारी दिनुभयो । जिल्लाका सात पालिकामा ९८ वटा वडा छन् । ती सबै वडाबाट धेरथोर कार्यकर्ता सभामा गएका थिए । पण्डितका अनुसार एउटा बसलाई रु २१ हजारका दरले आवतजावत भाडा बुझाइएको थियो । कार्यकर्ता कतिपयले आफ्नै खर्चमा खाजा खाना खाए पनि केहीलाई भने खाना खाजाको व्यवस्था गरिएको थियो । सो पार्टीका केन्द्रीय सदस्य एवं जिल्ला पार्टी कार्यालय संयोजक पार्वती रावल जिल्लाबाट काठमाडौँ कति सवारी गए भन्ने यकिन सङ्ख्या आइनसकेको बताउछन्।

यस्तै नेपाली कांग्रेस चितवनले यस बीचमा वडादेखि जिल्ला तहसम्मका विभिन्न विरोध कार्यक्रम गरेको छ । सभापति जीतनारायण श्रेष्ठका अनुसार मङ्सिर २९ गते जिल्ला तहको, पुस १३ गते क्षेत्रीयस्तरको, पुस २५ गते प्रदेशस्तरको, माघ ३ गते नगरस्तरको र माघ ८ गते वडास्तरको विरोध कार्यक्रम सम्पन्न भइसकेका छन् । फागुन ३ गतेको विरोधसभाको तयारीमा रहेको उनले जानकारी दिए । ती सबै कार्यक्रममा झण्डा, माइकिङ, अन्य प्रचारप्रसार, स्टेजलगायतमा निकै खर्च हुने गरेको श्रेष्ठको भनाइ छ । उनका अनुसार जिल्लास्तरमा एउटा कार्यक्रम गर्दा रु एक लाखदेखि दुई लाखसम्म खर्च हुने गरेको छ । यस्ता कार्यक्रममा वडास्तरबाट सहयोग जुटाएर कार्यकर्ता बसमा समेत ल्याउने गरिएको छ ।

खर्चको लेखाजोखा नहुने भए पनि निकै खर्चिलो हुने गरेको नेता बताउँछन् । सबै पक्षले निकट उद्योगी व्यवसायीसँग सहयोग जुटाउने गरेका छन् । बाहिर चन्दा नउठाइएको भए पनि आन्तरिकरूपमा खर्चको व्यवस्थापन भने गरिरहेका छन् । उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष राजु श्रेष्ठ संस्थागतरूपमा चन्दा नमागेको बताउछन् ।

उद्योग सङ्घ चितवनका अध्यक्ष राजु पौडेलले पार्टी निकट उद्योगी व्यवसायीसँग स्वेच्छिक चन्दा मागेको बताए। उनले भने, “म निकटको पार्टीले सहयोग गर्नुपर्यो भनेका छन्, मेरो भागमा कति पर्छ दिन्छु भनेको छु । सबैको यस्तै हो ।” हेर्दा सामान्य लाग्ने भए पनि यस्ता कार्यक्रममा लाखौँ रुपैयाँ खर्च भइरहेको छ । खर्च व्यवस्थापन गर्ने जिल्लाका नेतालाई धौधौ पर्ने गरेको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies