Khabar Dabali Logo
  February 24, Wed

काठमाडौं–मधेस द्रुतमार्गमा अप्टिकल फाइबर

काठमाडौं । काठमाडौं–तराई–मधेस द्रुतमार्गमा अप्टिकल फाइबर बिछ्याउन सोको डिजाइन कार्य तथा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण सुरु भएको छ । नेपाल टेलिकम र नेपाली सेनाले संयुक्त रूपमा डिजाइन तथा डीपीआरको काम अगाडि बढाएको नेपाल टेलिकमले जनाएको छ ।

आजको गोरखापत्र दैनिकमा खबर छ – टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले काठमाडौंलाई तराईलगायत अन्तर्राष्ट्रिय सूचना महामार्गसँग जोड्न तथा काठमाडौंको सूचना प्रविधिलाई अहिलेको भन्दा थप सर्वसुलभ बनाउने उद्देश्यसहित काठमाडौँ–तराईरमधेस द्रुतमार्गमा अप्टिकल फाइबर बिछ्याउन डिजाइन तथा डीपीआरको काम सुरु भएको जानकारी दिए ।

फाइबर बिछ्याउने क्रममा कति लम्बाइको डक तथा कति फाइबर चाहिन्छ, कति ठाउँमा ‘पिकअप’ र ‘सेलेसिङ’ गर्नुपर्छ, कति लागत पर्न आउँछ लगायतका विषयमा डिजाइन र डीपीआरको काम सुरु गरिएको प्रबन्ध निर्देशक अधिकारीले बताए ।

द्रुतमार्गमा अप्टिकल फाइबर बिछ्याउन नेपाल टेलिकम र नेपाली सेनाबीच भएको समझदारी (एमओयू) अनुसार टेलिकमलाई चाहिने अप्टिकल फाइबरसँग सम्बन्धित आफ्नो ‘एसफिकेसन’ नेपाली सेनाको दु्रतमार्ग आयोजनालाई पठाइसकिएको छ । टेलिकम र नेपाली सेनाबीच पुस १३ गते समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

माघ १२ गते, २०७७ - ०७:१६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शहरभित्र शहर बनाउँदै भरतपुर महानगर

चितवन । जिल्लाको प्रमुख शहर नारायणगढमा बहुउद्देश्यीय व्यावसायिक भवन (भरतपुर मेट्रो प्लाजा) बनाइने...   

अस्ट्रेलियामा गरेको समाचार निषेधबारे फेसबुकले दियो यस्तो प्रतिक्रिया

काठमाडौं । सामाजिक सञ्जालमा गरिने समाचार सम्पे्रषण (न्युज फिड) र साझा गर्ने विषयलाई सम्बोधन गर्न अस्ट्रेलियामा...   

महँगियो हवाई उडान

काठमाडौं । हवाई सेवा प्रदायक कम्पनीको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घ नेपालले हवाई इन्धनको मूल्य...   

किसानको विवरण वेबसाइटमा राख्ने तयारी

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसानको वर्गीकरण तथा पहिचानका लागि वेबमा आधारित एक...   
संवैधानिक इजलासका १५ निर्णायक प्रश्न

संवैधानिक इजलासका १५ निर्णायक प्रश्न

यी प्रश्न जसले संविधान, लोकतन्त्र र जननिर्वाचित संसद्माथि न्यायालयको सरोकार व्यक्त गर्दछ काठमाडौं...   
शिविर कुर्दै बुढेसकाल

शिविर कुर्दै बुढेसकाल

मोरङ । छत्रमाया राईले भुटान छाडेको ३० वर्ष नाघ्यो । अनेक हन्डर खाँदै मोरङको पथरी शनिश्चरे शरणार्थी...   

पूर्वराष्ट्रपति डा. यादव भन्छन्– राष्ट्रपति र प्रधानमन्त्रीको कदमले लोकतन्त्रमा ग्रहण

जनकपुरधाम । पूर्वराष्ट्रपति डा. रामवरण यादवले नेपालको लोकतन्त्रमा ‘ग्रहण’ लागेको बताएका छन् । शोभाकर...   

‘बुद्धिजीवी बिग्रिए सबै बिगार्छन्’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धिजीवीहरूलाई सही बाटो देखाउन टर्चलाइट हुन आग्रह गरेका...   

गम्भीर मुद्दामा कार्यकर्तालाई आममाफी, कुन मुद्दाका कति छुटे ?

काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपतिबाट १५ जनालाई आममाफी दिइएको छ । विभिन्न मुद्दामा फरार भई...   

भत्ताले एकल पुरुषको जीवन सहज

काठमाडौं । ललितपुरको बागमती गाउँपालिका–४ स्थित प्युटारका एकल पुरुष बलबहादुर घलेलाई गाउँपालिकाले...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top