
राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा सेनाको वर्चश्व

-
-
माघ ५ गते, २०७७ - १२:०८

लहान । सिरहाको गोलबजार नगरपालिकामा सञ्चालित १०औँ पुष्पलाल स्मृति राष्ट्रिय र्याङ्किङ ब्याडमिन्टन प्रतियोगितामा नेपाल आर्मीको वर्चश्व रहेको छ । गोलबजार नगरपालिका र राष्ट्रिय ब्याडमिन्टन सङ्घको आयोजनामा गोलबजारस्थित कवर्डहलमा आइतबार साँझ सम्पन्न नौं इभेन्टस्मा भएको खेलमा नेपाल आर्मीका खेलाडीले वर्चश्व कायम गरेका हुन् । पुरुष डबलमा त्रिभुवन आर्मी क्लबका नवीन श्रेष्ठ र रत्नजित तामाङले प्रथम स्थान हासिल गरेका छन् । आर्मीकै पविन र लिन्थेप र सरोज महर्जनलाई पछि पार्दै श्रेष्ठ र तामाङले प्रथम स्थान प्राप्त गरेका हुन् ।
महिला तर्फको डबलमा पनि आर्मीकै अनिता गिरी र रसिला महर्जन विजयी भएकी छिन् । एपिएफका जेसिका गुरुङ्ग र सुनयना मुखियालाई पराजित गर्दै गिरी र महर्जनको जोडी प्रथम भएको जनाएका छन् । एकल ब्वाइज अण्डर १७ तर्फ पनि आर्मीले नै सफलता हात पारेको छ । आर्मीका भोजबहादुर गुरुङले आर्मीकै आयुस्मान नगरीलाई पराजित गरेका हुन् । त्यसैगरी गल्स अण्डर १७ अन्तर्गत आर्मीकै रसिला महर्जन प्रथम भएकी छन् । उनले विराटनगर ब्याडमिन्टन क्लबका रोज पाण्डेलाई पराजित गरेकी हुन् । एकल पुरुषतर्फ कैलालीका देवराज रानाले आर्मीका दिवस शङ्करलाई पराजित गर्दै प्रथम भएका हुन् ।
४५ वर्ष माथिका डबल पुरुषतर्फ अनिलकुमार लाखे बाँके र शुरेश श्रेष्ठले पोखराका शोभाकर भण्डारी र नवीन पराजुलीलाई पछि पार्दै प्रथम पुरस्कार हात पारेका छन् । लेबल १२ का लागि एकल महिला तर्फ अर्मीका जेनिशा गुरुङ्गले एपिएफका रसिला महर्जनलाई पछि पार्दै पुरस्कार हात पारेका छन् । एकल महिला तर्फ फाइनलमा भिडेका कैलालीका प्राथना देउवाले झापाका अञ्जना राईलाई हराएका थिए । त्यसैगरी पुरुष सिङ्गल टप १६ का लागि फाइनलमा भिडेका सिल्क ग्रुपका प्रिन्स दाहालले एपिएफका दीपेश धामीलाई सोझो सेटमा हराएका थिए । प्रतियोगितामा नौ वटा इभेन्टस्को लागि प्रति इभेन्ट्स प्रथम २० हजार, दोस्रो हुनेलाई १५ हजार र तेस्रो हुने दुई जनालाई १० हजारका दरले पुरस्कार प्रदान गरेको आयोजकले जनाएको छ ।
प्रतियोगिता पश्चात आयोजित पुरस्कार वितरण तथा समापन कार्यक्रममा गोलबजार नगरपालिकाका प्रमुख देवनाथ साह, राष्ट्रिय खेलकूद परिषद्का केन्द्रीय सदस्य सुवास श्रेष्ठले विजेता खेलाडीलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आलमलाई छुटाउन प्रयास छुः सभापति देउवा
रौतहट । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वसांसद मोहम्मद आफताब आलमको मुद्दा अहिले अदालती...महानगरीय प्रहरी प्रभाग बालकुमारी ललितपुरको नवनिर्मित कार्यालय भवन उद्घाटन
ललितपुर । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक हरि बहादुर पालले...कंगो र गुएनामा इबोलाको संक्रमण, ११ जनाको मृत्यु
आदिस अबाबा । अफ्रिकी देशहरु कंगो र गुएनामा इबोलाका नयाँ संक्रमितहरु भेटिएको बताइएको छ । ती देशमा पछिल्ला...भारतमा एक करोड ११ लाख भन्दा बढी व्यक्ति कोरोना सङ्क्रमित
नयाँदिल्ली । भारतमा गत २४ घण्टामा १४ हजार ९८९ जना कोरोना सङ्क्रमित थपिएपछि कोरोना सङ्क्रमितको सङ्ख्या...अरनिको राजमार्गमा मोड–सुधार र सर्भिस ट्र्याक बन्दै
काभ्रेपलाञ्चोक । सडक डिभिजन कार्यालय भक्तपुरले अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकका विभिन्न...कृषि व्यवसाय गर्ने युवालाई बिनाधितो कर्जा
अर्घाखाँची । सन्धिखर्क नगरपालिकाले व्यावसायिक कृषि व्यवसायमा संलग्न कृषकलाई बिनाधितो सुलभ ब्याजदरमा...डोल्पाको १३ विद्यालयलाई कम्प्युटर सहयोग
डोल्पा । तल्लो डोल्पाको मुड्केचुला गाउँपालिकाले विद्यालयलाई कम्प्युटर वितरण गरेको छ । यहाँका १३...बारेकोटमा भेटिए ८८ प्रजातिका चरा
जाजरकोट । बारेकोट गाउँपालिकामा गरिएको अध्ययनबाट लोपोन्मुख चरा फेला परेका छन् । एक हजार ८९१ मिटरदेखि...म्यान्मारमा सेनाको गोली लागेर छ जनाको मृत्यु
याङ्गुन । प्रजातन्त्रका पक्षमा सहभागी प्रदर्शनकारीमाथि सुरक्षा फौजले गरेको कारबाहीमा बुधबार कम्तीमा...अमेरिकी सेना रहेको इराकी अखडामा १० वटा रकेट प्रहार
बग्दाद । पश्चिमी इराकमा रहेको अमेरिकी सेनाको एउटा अखडालाई लक्षित गरी बुधबार कम्तीमा १० वटा क्षेप्यास्त्र...
