


गलत कामलाई ढाकछोप गर्न अविश्वास प्रस्ताव ल्याइयो : मुख्यमन्त्री राई


-
-
पुस २८ गते, २०७७ - १९:२०

काठमाडौँ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले गलत कामलाई ढाकछोप गर्न रातारात सरकारविरुद्ध अविश्वासको प्रस्ताव आएको बताएका छन् । विराटनगरमा आज आयोजित कार्यक्रममा उनले प्रदेशको मुख्यमन्त्री अयोग्य, असक्षम एवं भ्रष्ट भएर अविश्वास नआएको बताउँदै केही साथीहरुले ठूलो भाग खोज्न गलत नियतले ल्याएका हुन् भने ।
उनले अविश्वासको प्रस्तावको विधि विधानअनुसार सामना गर्ने बताउँदै यो अन्योतालाई छिट्टै समाधान गर्ने विश्वास दिलाए । मुख्यमन्त्री राईले प्रदेश सरकार विधि विधान र ऐन कानूनअनुसार सञ्चालनमा रहेको चर्चा गर्दै प्रदेशमा राजनीतिक अस्थिरता सिर्जना गर्न खोजिए पनि त्यसलाई छिट्टै परास्त गर्ने बताए ।
उनले आफू मुख्यमन्त्रीको रुपमा एउटा पद र नाम राख्न आएको नभई संविधान र सङ्घीयतालाई कार्यान्वयन गर्ने प्रतिबद्धताका एवं प्रणालीलाई कायम गर्न सफल नेतृत्व दिने गरी आएको प्रष्ट पारे । प्रदेशको विकास र जनताको समृद्धिको चाहनामा योगदान गर्ने, इच्छा शक्ति, इमान, नैतिक मूल्यका आधारमा आफूले मुख्यमन्त्रीको पद सम्हालेको बताउँदै उनले शिर ठाडो पारेर अविश्वास प्रस्तावको सामना गरी गलत खालको प्रयासलाई विफल तुल्याउने प्रतिबद्धता व्यक्त गरे ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जिल्लामा हुने सबै घरेलु हिंसामा मिलापत्र
चितवन । जिल्लामा हुने सबै घरेलु हिंसाका घटनामा मिलापत्र हुने गरेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनको...सिम्रौनगढ स्वास्थ्य शिविरमा १३९ बालबालिकाको उपचार
काठमाडौँ । नेपाली सेनाले बाराको सिम्रौनगढ नगरपालिका–५ स्थित उचिडी स्वास्थ्यचौकीमा सञ्चालन गरेको...श्रीमतीलाई बञ्चरो प्रहार गर्ने ४४ वर्षीय शेरबहादुर पक्राउ
सिन्धुली । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले हरिहरपुरगढी गाउँपालिका–१ चिसापानी बस्ने ४४ वर्षीय...अग्निपीडितलाई राहत लिएर कानूनमन्त्री भण्डारी गोठीगाउँमा
कर्णाली । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी आज अग्निपीडितलाई राहत...देशभरका ४० प्रतिशत इँटा उद्योग बन्द
चितवन । कोभिड–१९ का कारण देशभरका ४० प्रतिशत इँटा उद्योग बन्द भएका छन् । कोरोनाका कारण भारतीय मजदुर...राँगोले हान्दा ७२ वर्षीय वृद्धको मृत्यु
महेन्द्रनगर । कञ्चनपुरको पुनर्वास नगरपालिका–२ मोतीबस्तीमा आफ्नै घरमा पालेको राँगाले हान्दा स्थानीयवासी...कांग्रेसद्वारा सिंहका हत्यारालाई कारवाहीको माग
काठमाडौँ । नेपाली कांग्रेसले बझाङको छविसपाथिभेरा गाउँपालिका–३ का नेपाल तरुण दलका स्थानीय नेता २७...३५ बर्षीया मल्लिक मृत अवस्थामा फेला
मोरङ । कानेपोखरी गाउँपालिका-७ स्थित सार्वजनिक शौचालय नजिक टहरोमा सोही गाउँपालिका-५ घर भएका ३५ बर्षीया...ओरियन्स कम्पनीका विभिन्न किसिमका खाद्यान्न परिपुरक सामान सहित पक्राउ
झापा । ओरियन्स कम्पनीका विभिन्न किसिमका खाद्यान्न परिपुरक सामान सहित वस्तुहरु दमक नगरपालिका-६ वस्ने...सडक दुर्घटना न्यूनीकरणको लागि ट्राफिक प्रहरीको टल्कने कोन
काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडक विभाग, स्थानिय निकाय तथा विभिन्नसंघसंस्थाहरूसँग...
