Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

पाइपलाइनबाट डेढ अर्ब बचत

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको ढुवानी पाइपलाइनबाट गर्दा साढे एक अर्ब रूपैयाँ बचत गरेको छ । दक्षिण एसियाको पहिलो अन्तरदेशीय मोतीहारी–अमलेखगन्ज पाइपलाइन गत वर्षदेखि सञ्चालनमा आएपछि ढुवानीबाट बचत भएको हो ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - निगमले सार्वजनिक गरेको गत वार्षिक आर्थिक प्रतिवेदनमा ०७६ भदौदेखि ०७७ असारसम्मको १० महिनामा ढुवानीबापत १ अर्ब ४७ करोड बचत भएको उल्लेख छ । उक्त प्रतिवेदनअनुसार प्रतिमहिना पाइपलाइनमार्फत इन्धन ढुवानी गर्दा १४ करोड ७० लाख बचत हुँदै आएको छ । गत वर्ष भदौ २४ गतेदेखि पाइपलाइन सञ्चालनमा आएको थियो ।

इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट ट्यांकरमार्फत इन्धन ढुवानी गर्दै आएको निगमले गत वर्षदेखि पाइपलाइनमार्फत डिजेल ढुवानी थालेको थियो । पाइपलाइनमार्फत डिजेल ढुवानी गर्न थालेपछि ठूलो रकम बचत हुन थालेको निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले बताए ।

भारतीय दूतावासले पनि बिहीबार नै ट्विटरमार्फट ढुवानी रकम बचत भएको जानकारी दिएको छ। दूतावासले पाइपलाइनबाट पहिलो पटक एक महिनामै १० करोड लिटर डिजेल आपूर्ति भएर कोसेढुंगा सावित भएको जनाएको छ ।

मोतीहारी–अमलेखगञ्ज पाइपलाइन परियोजनाका प्रोजेक्ट म्यानेजर तथा अमलेखगञ्ज डिपो प्रमुख इन्जिनियर भरत रेग्मीले पाइपलाइनमार्फत अमलेखगन्ज डिपोमा करिब ७ लाख ७८ हजार ९३ किलोलिटर (७७ करोड ८० लाख ९३ हजार लिटर) डिजेल आयात भएको बताए ।

उनका अनुसार डिसेम्बरमा नियमित रूपमा औसत २ सय ४० किलोलिटर प्रतिघण्टाका दरले पाइपलाइनबाट डिजेल आयात भएको छ । ‘पाइपलाइनबाट एउटै महिनामा पहिलो पटक अहिलेसम्मकै अधिकतम १ लाख किलोलिटर (करिब १० करोड लिटर) डिजेल आयात गर्न सफल भयौं’, रेग्मीले भने ।

निगम ०७२–७३ देखि निरन्तर नाफामा गएको छ । निगमले ०७२–७३ मा १९ अर्ब ३६ करोड, ०७३–७४ मा ९ अर्ब ४५ करोड, ०७४–७५ मा ३ अर्ब ५८ करोड, ०७५–७६ मा ८ अर्ब ७५ करोड र ०७६–७७ मा १२ अर्ब ८७ करोड नाफा आर्जन गरेको छ ।

निगमले ०७५–७६ मा २९ करोड रहेको चुक्ता पूँजीलाई १० अर्ब वृद्धि गरी ११ अर्ब पुर्‍याएको छ । निगमले नाफा रकमबाट ०७६–७७ मा सेयर होल्डरलाई २० प्रतिशत लाभांश वितरण गर्ने तयारी गरेको जनाएको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies