Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

कर्जाको माग बड्दै, अर्थतन्त्र पुरानै लयमा फर्कन लागेको संकेत

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह गत वर्षको सोही अवधिमा भन्दा वृद्धि हुन थालेको छ । कोभिड–१९ ले धराशायी भइरहेको वर्तमान अवस्थामा कर्जाको माग बढ्नुु अर्थतन्त्र पुरानै लयमा फर्कन लागेको संकेत हो । यद्यपि अहिले कर्जा प्रवाह अनुत्पादक क्षेत्रमा भएको देखिएको छ ।

आजको राजधानी दैनिकमा खबर छ - गत वर्षको तुलनामा चालू आवको पाँच महिनामा २ खर्ब ३७ अर्ब कर्जा लगानी वृद्धि भएको छ । गत वर्षको यो अवधिमा पनि अघिल्लो वर्षको तुलनामा कर्जा लगानी २ खर्ब १५ अर्बले बढेको थियो । गत असार मसान्तमा वाणिज्य बैंकहरूको कर्जा लगानी २९ खर्ब ३ अर्ब थियो । चालू आवको १० पुससम्ममा कर्जा लगानी ३१ खर्ब ४० अर्ब पुगेको छ ।

यो ८ प्रतिशतको वृद्धि हो । १० पुससम्म विभिन्न वाणिज्य बैंकले ३९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । निक्षेप संकलन भने ३५ अर्ब रुपैयाँ मात्र भएको छ ।

नेपाल बैंकर्स संघका अनुसार पुस १० गतेसम्ममा बैंकहरूले ३७ खर्ब २९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए भने ३१ खर्ब ४० अर्ब कर्जा प्रवाह गरेका थिए । २७ मंसिरसम्ममा निक्षेप ३६ खर्ब ९४ अर्ब र कर्जा ३१ खर्ब १ अर्ब रुपैयाँ थियो । त्यस्तै पछिल्लो एक सातामा कर्जा लगानी १७ अर्ब र निक्षेप १२ अर्ब रुपैयाँले बढेको छ ।

राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको चार महिनामा उपभोग्य कर्जा १०.१ प्रतिशतले बढेको छ । सरकारी वा संस्थागत ऋणपत्रको धितोमा लिने कर्जा र क्रेडिट कार्ड कर्जा क्रमशः २६.४ र १८.४ प्रतिशतले बढेको छ ।

त्यस्तै घरजग्गा व्यवसाय कर्जा १४.६ प्रतिशत, विज्ञापन क्षेत्रमा जाने कर्जा ४४.४ प्रतिशत, सेयर धितो कर्जा २१.६ र स्थिर सम्पत्तिमा लगानीका लागि दिइने कर्जा ११.९ प्रतिशतले बढेको छ । कृषि कर्जा बढे पनि चिया उत्पादनका क्षेत्रमा जाने कर्जा भने ३.५ प्रतिशतले घटेको छ । ७.४ प्रतिशतले बढेको कृषि कर्जा पनि उत्पादनभन्दा कृषि सेवातर्फ बढी गएको देखिएको छ ।

चालु आर्थिक वर्षका सुरुका चार महिनामा मदिराबाहेकका पेय पदार्थमा जाने कर्जामा २१.१ प्रतिशतले कमी आएको छ भने मदिरा क्षेत्रमा जाने कर्जामा ४.९ प्रतिशतले वृद्धि भएको छ । मुलुकमा कर्जाको माग बढी भइरहेकै बेला राष्ट्र बैंकले १ अर्ब ४० करोड बैंक तथा वित्तीय संस्थामा एक वर्षे मुद्दतीमा लगानी गर्ने भएको छ ।

यसैगरी सरकारलाई अल्पकालीन स्रोत जुटाउन नेपाल राष्ट्र बैंकले २ अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्दै छ । राष्ट्र बैंकको उपदान तथा पेन्सन कोषमा रहेको १ अर्ब १२ करोड बराबरको मुद्दती निक्षेप वाणिज्य बैंकमा राख्ने भएपछि बजारमा थप लगानीयोग्य रकम बढ्ने भएको हो । केन्द्रीय बैंकले विकास बैंकमा २१ करोड र वित्त कम्पनीहरूमा ७ करोड बराबरको रकम पनि लगानी गर्ने भएको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies