


बागेश्वरीको कोरोना आइसोलेशन खाली


-
-
पुस १२ गते, २०७७ - १३:०८

चितवन । भरतपुर महानगरपालिका–१ बागेश्वरीमा रहेको योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयको कोरोना आइसोलेशन खाली भएको छ । कोरोना सङ्क्रमितको सङ्ख्या घटेपछि आइसोलेशन खाली भएको हो । चिकित्सालयका कार्यकारी निर्देशक डा हेमराज कोइरालाका अनुसार वन क्षेत्रमा आइसोलेशन रहेकाले थोरै सङ्ख्यामा सङ्क्रमित बस्न डराउछन् ।
यही पुस ८ गते एकैसाथ १५ जना कोरोनामुक्त भएपछि बाँकी रहेका तीन जना होम आइसोलेशनमा बस्न गएसँगै चिकित्सालयको आइसोलेशन खाली भएको हो । जानकारी दिए, “आइसोलेशन बन्द गरेका छैनांै । खाली भएको हो ।”
गत भदौ १४ गतेबाट शुरु गरिएको आइसोलेशनमा हालसम्म ४१२ जनाले सेवा लिइसकेका छन् । एकै साथ ठूलो सङ्ख्यामा सङ्क्रमित आएमा राख्न मिल्ने गरी तयारी अवस्थामा आइसोलेशन राखिएको छ । हाल देखिएका सङ्क्रमित भरतपुर अस्पतालको आइसोलेशन र होम आइसोलेसनमा बस्दै आएका छन् । जिल्लामा सङ्क्रमित थपिने दर पनि निकै कम भएको छ ।
भरतपुर महानगरपालिकाले चिकित्सालयसँग सहकार्य गरेर आइसोलेशन सञ्चालन गरेको हो । आइसोलेशनको सम्पूर्ण खर्च महानगरपालिकाले गरेको थियो भने व्यवस्थापन चिकित्सालयले गर्दै आएको छ । नब्बे जना बस्न सक्ने गरी बनाइएको उक्त आइसोलेशनमा कुनै समय खाली ठाउँ नभएर बिरामीलाई फिर्ता पठाउनुपर्ने अवस्था आएको थियो । निर्देशक डा कोइरालाका अनुसार सङ्क्रमितलाई आवधिक उपवास विधिबाट उपचार गरिएको थियो ।
यस विधिमा ८ घण्टा खाने र १६ घण्टा भोकै राखेर उपचार गर्ने गरिन्छ । यसका लागि बेलुका ५ बजेदेखि बिहान ९ बजेसम्मको समयमा ठोस् पदार्थ खान दिइएको थिइएन । यस्तै नियमित ब्यायम, योग गराइनुका साथै खानपिनमा पनि ध्यान दिइएको थियो । सो आइसोलेशनमा ८ महिनादेखि ८५ वर्ष सम्मका सङ्क्रमितले सेवा लिएका थिए । आइसोलेशनमा आएका सङ्क्रमित ७ दिनदेखि २१ दिनसम्म उपचारका लागि बस्ने गरेका जनाइएको छ । सामान्य लक्षण देखिएकालाई समेत आइसोलेशनमा राखेर उपचार गरिएको थियो । जिल्लामा हालसम्म ६ हजार ३१२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारीले जानकारी दिए ।
जिल्लामा हालसम्म ३८ हजार जनाको स्वाब परीक्षण, १०१ को मृत्यु र पाँच हजार ९२० निको भएका छन् । हाल २९१ जना सक्रिय सङ्क्रमित रहेका छन् । ती मध्ये २६४ जना होम आइसोलेशन तथा २७ जना विभिन्न अस्पतालको आइसोलेशनमा रहेका छन् । सक्रिय सङ्क्रमितमध्ये महानगरका २३५ जना छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
प्रदेश सरकारले शिर ठाडो हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री पौडेल
वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले वाग्मती प्रदेश सरकारले शिर ठाडो हुनेगरी...लेउ हटाएर रानीपोखरीलाई थप सुन्दर बनाईदैँ
काठमाडौँ । काडमाडौँ महानगरपालिकाले रानीपोखरीमा रहेको लेउ हटाएर थप सुन्दर बनाउन थालेको छ । पुनःनिर्माणपछि...गाउँपालिकाद्वारा घरघरमा पुगेर स्वास्थ्य परामर्श दिने व्यवस्था
खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले ज्येष्ठ नागरिकलाई घरघरमा पुगेर स्वास्थ्य परामर्श दिने व्यवस्था...माघ १५ बाट सिमकोटका विद्यालय सञ्चालनमा आउने
सिमकोट । कोरोना महामारीले बन्द रहेका सिमकोट गाउँपालिकाभित्रका भित्रका विद्यालय यही माघ १५ गतेबाट...काठमाडौँ–पोखरा रात्रिकालीन पर्यटक बससेवा शुरु
काठमाडौँ । काठमाडौँबाट पोखरासम्म रात्रिकालीन पर्यटकीय बससेवा शुरुआत भएको छ । देशदर्शन बससेवा प्रालिले...प्रेस सङ्गठनको भेला माघ ८ गते काठमाडौँमा गर्ने निर्णय
काठमाडौँ । प्रेस सङ्गठन नेपाल केन्द्रीय कमिटीको आज सम्पन्न उपलब्ध सदस्यको बैठकले दोस्रो राष्ट्रिय...बेलायतका राजदूतमा रेग्मी नियुक्त
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्यका लागि नेपाली राजदूतमा पूर्वमुख्य...स्याउमा सुनौलो भविष्य देख्दै मुस्ताङी
गण्डकी । हिमाल पारिको जिल्ला मुस्ताङका किसान यतिखेर स्याउको कलमीमा जुटेका छन् । हिमाली क्षेत्रमा...नेपालमा तीन जनामा नयाँ प्रजातिको कोरोना पुष्टि
काठमाडौँ । नेपालमा तीन जनामा नयाँ प्रजातिको कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । नेपालमा २८ वर्षीया...स्थानीय तहमा वित्तीय पहुँच पुग्दै
बझाङ । बझाङ जिल्लाको एक स्थानीय तह बाहेक बाँकी सबै ८७ स्थानीय तहमा वाणिज्य बैंकको पहुँच पुगेको छ । प्रदेशका...
