Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

नेपालमा पनि भित्रियो कि नयाँ प्रकारको कोरोना भाइरस !

काठमाडौं । बेलायतमा नयाँ प्रकारको कोरोना भाइरस फेला परेपछि उक्त मुलुकबाट नेपाल भित्रिएका २ सय ३५ जना नागरिक निगरानीमा परेका छन् । १४ जना क्वारेन्टाइनमा छन् ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - उनीहरूको स्वाब नमुना संकलन गरी नेपालमा नयाँ भाइरस प्रवेश भए–नभएको अध्ययन गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बेलायतबाट सीधै र अन्य मुलुकबाट बेलायत ट्रान्जिट हुँदै आउने नागरिकलाई निगरानीमा राखिएको जानकारी दिए । स्वास्थ्य मन्त्रालयअन्तर्गत इन्सिडेन्ट कमान्ड सिस्टमको बैठकले बुधबार बसेको नयाँ भाइरसको स्वरूप नेपालमा भित्रिएको छ–छैन भन्नेबारे अध्ययन गर्ने निर्णय गरेको थियो ।

नयाँ भाइरस संक्रमण देखिएसँगै बेलायतबाट हुने उडान र यात्रु आगमनलाई नेपालमा प्रतिबन्ध लगाइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले गत बुधबार रातिदेखि लागू हुने गरी बेलायत र बेलायत ट्रान्जिट भएर आउने यात्रुलाई नल्याउन विभिन्न हवाई सेवालाई सर्कुलर गरेको थियो । त्यसअघि नै बेलायतबाट नेपाल भित्रिएकामध्ये केही व्यक्तिको स्वाब संकलन गरी जिन सिक्वेन्सिङद्वारा आनुवंशिक संरचनाको अध्ययन गर्न लागिएको डा. गौतमले बताए ।

मन्त्रालयले पुस पहिलो साता बेलायतबाट आएका नागरिकले अनिवार्य होटल क्वारेन्टाइनमा बस्नुपर्ने र प्रयोगशालामा स्वाब परीक्षण गर्न आग्रह गरेको छ । बेलायतमा असोजमै पहिलो पटक नयाँ भाइरस देखापरेको थियो । अहिले फ्रान्स डेनमार्क, नाइजेरियालगायत मुलुकमा नयाँ स्वरुपको कोरोना भाइरस देखापरेको छ । यस भाइरसले त्रास बढाएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) का कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवालीले बेलायतबाट आएका व्यक्तिको नमुना लिएर जिन सिक्वेन्सिङको प्रक्रिया सुरु गरिने बताए । ‘स्वाब लिइसकिएको छैन । स्वाब लिएको हप्ता–दश दिनभित्र नतिजा आइसक्छ’, डा. ज्ञवालीले भने । डा. ज्ञवालीका अनुसार दोस्रो पटक गर्न लागिएको आनुवंशिक अध्ययनमा ४०–५० वटा स्याम्पल लिएर अध्ययन गरिँदैछ ।

परिषद्ले आनुवंशिक संरचना अध्ययन गर्दा नेपालमा भेटिएको भाइरस भारत, बंगलादेश र साउदी अरबको भाइरसको प्रकृतिसँग मिल्दोजुल्दो पाइएको थियो । कोरोना भाइरस संक्रमण पुष्टि भएको झन्डै सात महिनापछि पहिलो पटक १५ वटा नमुना संकलन गरेर जिन सिक्वेन्सिङद्वारा आनुवंशिक अध्ययन गरिएको थियो । नयाँ स्वरूपको भाइरस फैलने क्रम तीव्र भएपछि भारत, स्पेन, हङकङसहित ४० भन्दा बढी मुलुकले बेलायतबाट हुने उडान प्रतिबन्ध गरिसकेका छन् ।

थपिए ५ सय संक्रमित

नेपालमा शनिबार कोरोना भाइरसबाट ५ सय जना संक्रमित भएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ सय १३ महिला र २ सय ८७ पुरुषमा संक्रमण पुष्टि भएको हो । सक्रिय संक्रमितको संख्या ६ हजार ७ सय ४९ छ । हालसम्म कोरोनाबाट संक्रमितको संख्या २ लाख ५७ हजार ७ सय पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५ हजार ४ सय ३४ जनाको पीसीआर परीक्षण गरिएको थियो । ८ सय ४० जना संक्रमणमुक्त भएका छन् । शनिबार तीन जनाको निधन भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ८ सय १९ पुगेको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies