Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

औद्योगिक क्षेत्रबाट वार्षिक १२ अर्ब बराबरको राजश्व

वाग्मती । सरकारको स्वामित्वमा रहेको हेटौँडा औद्योगिक क्षेत्रभित्र सञ्चालनमा रहेका उद्योग प्रतिष्ठानरकार्यालयले वार्षिक करिब रु १२ अर्ब बराबरको राजश्व बुझाउँदै आएका छन् । हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका अनुसार औद्योगिक क्षेत्रभित्र सञ्चालनमा रहेका सबै खाले उद्योग प्रतिष्ठान÷कार्यालयले विभिन्न शीर्षकका नाममा नेपाल सरकारलाई वार्षिक सो बराबरको राजश्व बुझाउँदै आएका हुन् ।

ती उद्योग, प्रतिष्ठान तथा कार्यालयले नेपाल सरकारलाई मूल्य अभिवृद्धि कर, भन्सार शुल्क, अन्तःशुल्क, आयकर, अग्रिम आयकर, अग्रिम करकट्टीलगायत नेपालमा प्रचलित विविध शीर्षकमा वार्षिक करिब रु १२ अर्ब बराबरको राजश्व बुझाउँदै आएको कार्यालय प्रमुख एवं औद्योगिक क्षेत्र व्यवस्थापक राजेन्द्र कँडेलले जानकारी दिए ।

उद्योग, प्रतिष्ठान र कार्यालय गरी हाल कूल १२८ वटा निकाय रहेको हेटैँडा औद्योगिक क्षेत्रभित्र हाल १०३ वटा उद्योग प्रतिष्ठान चालू अवस्थामा छन् । बन्दबन्दीका कारण आजसम्म सञ्चालनमा हुन नसकेका नौ उद्योग रहेका छन् ।

यसैगरी हेटौँडा कपडा उद्योगसहित तीन उद्योग प्रतिष्ठान वर्षोदेखि बन्द अवस्थामा छन् । औद्योगिक क्षेत्रभित्र अन्य सङ्घ संस्था र कार्यालय गरी १३ वटा रहेका छन् । थप २२ उद्योग प्रतिष्ठान निर्माणाधीन चरणमा रहेका छन् ।

कार्यालयका अनुसार औद्योगिक क्षेत्रभित्र संरचना निर्माणका लागि साविकको अवस्थामा सरकारी क्षेत्र तर्फबाट रु ९० करोड र निजी क्षेत्रबाट ५५० करोड रकम लगानी भएको देखिन्छ । ती उद्योग प्रतिष्ठानमा हाल चार हजार ४०० को सङ्ख्यामा कर्मचारी कार्यरत छन् ।

विसं २०२० मङ्सिर २० गते स्थापना भएको हटौँडा औद्योगिक क्षेत्रमा कूल तीन हजार २२८ रोपनी क्षेत्रफलमा फैलिएको छ । सो क्षेत्रफलमध्ये विकसित दुई हजार ८०१ दशमलब ४८ रोपनी (भाडामा दिन मिल्ने क्षेत्रफल) र अविकसित तथा ग्रिनवेल्ट ४२६ दशमलब ५२ रोपनी जङ्गल क्षेत्र पर्दछ ।

कूल जग्गा क्षेत्रफलमध्ये हाल भाडामा दिएको दुई हजार १७८ रोपनी, खाली जमिन २६ दशमलब ५२ रोपनी र युटिलिटी सेवाले ओगटेको सडक सञ्जाल, विद्युतीकरण, ढल निकासलगायत संरचना निमार्ण क्षेत्रफल ५९७ रोपनी रहेको छ ।

औद्योगिक क्षेत्रभित्र कार्यालयबाट निर्मित औद्योगिक भवन १०, गोदाम ११ र अन्य भवन ३४ वटा रहेका छन् । औद्योगिक क्षेत्रभित्र विद्युत् क्षमता १० एमभिए, पानी क्षमता एक हजार १५३ ९प्रति दिन० र फोहर पानी प्रशोधन संयन्त्र क्षमता ११ लाख लिटर (प्रति दिन) रहेको छ ।

औद्योगिक क्षेत्रभित्र हाल २० वटा जग्गा भाडा सम्झौता भएका र निर्माणधीन अवस्थामा रहेकासहित उत्पादनमूलक उद्योग १३२ वटा , गैह्र उत्पादनमूलक ११ वटा र सेवामूलक सङ्घ÷संस्था पाँच रहेका छन् । औद्योगिक क्षेत्रको हातभित्र न्यूनतम दुई÷तीन रोपनीदेखि ७५ रोपनीसम्म उद्योग प्रतिष्ठानले जग्गा भाडामा लिई कारोवार सञ्चालन गर्दै आएका हुन् ।

औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले औद्योगिक क्षेत्रहाताभित्र रहेका उद्योग प्रतिष्ठानको आवश्यकता र मागका आधारमा औद्योगिक भवन, गोदाम, क्वाटर भवन र जग्गाको भाडा लिँदै आएको छ । औद्योगिक क्षेत्रभित्र साविकको पुरानो क्षेत्र र विस्तारी औद्योगिक क्षेत्रमा गैर उत्पादनमूलक उद्योगले फरक–फरक मूल्यमा जग्गा र भवन भाडामा लिँदै आएका छन् ।

चालीस जना कर्मचारी दरबन्दी रहेको यस हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयमा हाल ३९ जना कर्मचारी कार्यरत छन् । औद्योगिक क्षेत्रभित्र सञ्चालनमा रहेका सबै उद्योग प्रतिष्ठानका लागि बाहिरी व्यवस्थापन कामसहित भाडा लिने काम हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले गर्दै आइरहेको छ ।

कार्यालयका अनुसार हेटौँडा औद्योगिक क्षेत्र सञ्चालनमा रहेका उद्योग प्रतिष्ठान जग्गा भाडाबाट वार्षिक करिब रु एक करोड नाफा गर्दै आएको छ । कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०७७ ÷७८ मा आम्दानी तर्फ वार्षिक रु ३९ करोड ३१ लाख र खर्च तर्फ ३८ करोड ४७ लाख अनुमान गरिएको छ ।

कार्यालयका अनुसार आम्दानी करिब रु ३९ करोड ३१ लाख आम्दानीमध्ये जमिन बहालतर्फ रु दुई करोड ३५ लाख, भवन बहाल रु ६२ लाख ३० हजार, विद्युत् वितरण रु ३४ करोड ४ लाख, पानी वितरण रु एक करोड ५० लाख र विविधतर्फ ८० लाख खर्च हुने अनुमान छ ।

यसैगरी खर्च कूल रु ३८ करोड ४७ लाखमध्ये बिजुलीतर्फ रु २९ करोड ६० लाख, मर्मतसम्भारतर्फ ६२ लाख ६६ हजार, कार्यालय सञ्चालन तलब÷भत्तातर्फ रु चार करोड ९३ लाख ७६ हजार र पूँजीगत विकास निमार्ण खर्चतर्फ रु तीन करोड २७ लाख खर्च हुने अनुमान गरिएको कार्यालयले जनाएको छ ।

औद्योगिक क्षेत्रभित्र निर्माण सामग्री उद्योग ६, प्लाष्टिक सामग्री तर्फको उद्योग २८, विद्युत् तथा विद्युतीय सामान ३, खाद्यन्न तथा पेयपदार्थ १५, फर्निचार सामान÷काठ चिरान १०, इन्जिनीयरिङ १४, प्याकेजिङ सामान ४, केमिकल सामग्री रङरोगन १०, पाल्ट्री तथा दाना उद्योग २ , टेक्साटाइल्स उद्योग १, खानीजन्य उद्योग १०, अन्य उद्योग चुरोट, ईन्धन, डिपो, बोन प्रोसेसिङ, टायर रिसोलिङ, रेग्जिङ गरी १० हाल ११२ उद्योग प्रतिष्ठान रहेका छन् । अन्य कार्यालय तथा सङ्घ संस्था १३, जग्गा सम्झौता र निर्माणाधीन उद्योग २० रहेका छन् ।

वर्षोैदेखि हेटौँडा कपडा उद्योगसहित अन्य २ वटा उद्योग बन्द छन् । अमेरिका सरकारको आर्थिक सहयोगमा विसं २०२० मङ्सिर २० गते हेटौँडा औद्योगिक क्षेत्रको स्थापना गरिएको थियो ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies