Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

पासवर्ड अनुमान गरेरै राष्ट्रपति ट्रम्पको ट्विटर ह्याक

एजेन्सी । नेदरल्यान्ड्समा एक ह्याकरले पासवर्ड अनुमान गरेरै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको ट्विटर खाताभित्र प्रवेश गर्न सकेको सरकारी अधिकारीहरूले बताएका छन्। ट्रम्पको पासवर्ड \"maga2020!\" भएको बताइएको छ।

तर नैतिकतापूर्वक काम गरेकाले भिक्टर गेभर्सलाई नेदरल्यान्ड्समा कारबाही नगरिने सरकारी अभियोजनकर्ताहरूको भनाइ छ।

अमेरिकामा राष्ट्रपतीय निर्वाचनको अन्तिम चरणताका गेभर्सले अक्टोबर २२ मा ट्रम्पको ट्विटरभित्र छिरेर लिएका स्क्रीनशटहरू सार्वजनिक गरेका थिए।

त्यतिबेला ह्वाइट हाउसले ह्याकसम्बन्धी दाबीको खण्डन गरेको थियो। ट्विटरले पनि त्यस्तो दाबी पुष्टि गर्ने कुनै प्रमाण आफूसँग नभएको बताएको थियो।

गेभर्सले पहिला सार्वजनिक गरेको यो स्क्रीनशटमा डोनल्ड ट्रम्पको ट्विटर प्रोफाइल सम्पादन गर्न लागेको देखिन्छ

गेभर्स साइबर सुरक्षाको क्षेत्रमा अनुसन्धान गर्छन्।

यो मेरो मात्र कामको कुरा हैन, इन्टरनेटमा भएका कमजोर पक्षहरू हेर्ने सबै स्वयंसेवकको हो, उनले भने। उनका अनुसार अमेरिकाको राष्ट्रपतीय निर्वाचनका बेला ठूला उम्मेदवारहरूको ट्विटर खाता आफूले बेलाबेलामा निगरानी गर्ने गरेका थिए।

त्यही क्रममा अक्टोबर १६ मा ट्रम्पको पासवर्ड मिलेको उनको भनाइ छ।

भिक्टर गेभर्स २२ वर्षदेखि साइबर सुरक्षाको क्षेत्रमा कार्यरत छन्

डच प्रहरीका अनुसार गेभर्स आफैँले उक्त घटनाबारे जानकारी दिएका हुन्।

राष्ट्रपतीय निर्वाचनको मुखैमा उक्त ट्विटर अकाउन्ट हात पार्न सकिन्छ कि भनेर ठूलो चासो भएकाले आफूले त्यसको पासवर्ड कति सबल छ भनेर अनुसन्धान गरेको उनले पछि प्रहरीलाई बताए।

डच प्रहरीले आफूसँग भएको जानकारी अमेरिकी निकायलाई पठाएको थियो।

गेभर्सले उक्त ह्याकिङबारे सरकारी अधिकारीहरूलाई आफूसँग थप प्रमाण भएको बताएका थिए।
सिद्धान्ततः उनले ट्रम्पका निजी तस्बिर र सन्देश, ट्रम्पले मात्र देखिन सक्नेगरी बुकमार्क गरिएका ट्वीटहरू, अनि क-कसलाई ब्लक गरिएको छ त्यो देख्न सक्थे।

झन्डै ८.९ करोड फलोवर भएको ट्रम्पको ट्विटर अहिले सुरक्षित भइसकेको छ।

उक्त खातामा के अहिले थप सुरक्षा वा शङ्कास्पद प्रवेशबारे सङ्केत गर्ने लग छ भन्ने बीबीसी न्यूजको प्रश्नको ट्विटरले सीधा उत्तर दिन अस्वीकार गरेको छ।

यो वर्षको आरम्भतिर गेभर्सले आफू र अन्य साइबर सुरक्षा अनुसन्धाताहरूले सन् २०१६ मा पनि \"yourefired\" पासवर्ड प्रयोग गरेर ट्रम्पको ट्विटरभित्र छिरेको दाबी गरेका थिए।

ट्रम्पका अन्य सामाजिक सञ्जालहरूका पासवर्ड चुहाइएको एउटा घटनामा यो पनि सार्वजनिक भएको थियो।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies